निर्णय नं. ६२८२ - ज्यान डांका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२८२ - ज्यान डांका भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2053/11/30 २७२० निर्णय नं. ६२८२ ने.का.प.०५३ अङ्क ११ पुर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०४९ सालको फौ.पु.ई.नं.३४ फैसला मितिः २०५३।११।३०।५ मुद्दाः ज्यान डांका । पुनरावेदक वादीः जि.स. धुर्कौली गा.वि.स.वडा नं. ६ वस्ने कृष्णँलाल लामाको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी प्रतिवादीः जि.स. धुर्कौली गा.वि.स.वडा नं.९ वस्ने शेख खुरसेत मिया समेत जम्मा १० । § अधिकार प्राप्त अधिकारी समक्ष सावित रही अरु समेतलार्ई पोल गर्ने प्रतिवादीहरु मेध वहादुर, राम खेलावन, राम विलास र फुल महमद अदालतमा आई बयान गर्दा आरोपित कसुरमा इन्कार रही प्रहरीले कुटपीट गरी बयान गराएकोले घाजांच गरी पाउं भनी जिकिर लिए अनुसार घांजाच गराइएकोमा प्र. मेघ वहादुरको घांजाच प्रतिवेदनमा No External Injury Found भन्ने र प्र.राम विलास, प्र. राम खेलावन, प्र. फुल महमदको घाजांच प्रतिवेदनमा Healed Wound भन्ने उल्लेख भएवाट आलो घाउ नभएवाट Healed Wound पहिलेकै भन्ने मान्नु पर्ने हुंदा निज प्रतिवादीहरुलार्ई प्रहरीले कुटपीट गरी वाध्यात्मक वयान गराएको थियो भन्ने मान्न मिल्ने अवस्था नरहने । (प्र.नं.३१) पुनरावेक वादी तर्फवाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी. विपक्षीतर्फवाटः अबलम्बित नजीरः फैसला न्या.मोहन प्रसाद शर्माः संयुक्त इजलासमा माननीय न्यायाधीशहरुका वीच रायवाझी भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. २०३९।११।१ गते राती अं. ११ वजेको समयमा परिचित शिवा महतो शेख खुर्सेद मिया, मेघ वहादुर नुर महमद, धुरन महतो, राम खेलावन, राम विलास समेतका मानिसहरुले हात हातमा लाठी भाला गडासा समेत लिई मेरा वावु कान्छा लाल र आमा उर्ली सुतेर वसेका ,झ्याल तोडी फोडी निज वावु आमालार्ई कर्तव्य गरी गोली हानी मारी विगो रु.५५,५७५। को धनमाल डांका गरी डांकाहरु भागी गए । डांकाहरु पत्ता लगाई कार्वाही गरीपाउं भन्ने समेत व्यहोराको मिति ०३९।११।२ को कृष्णलाल लामाको जाहेरी दर्खास्त । ३. घटनास्थलको प्रकृति र लाशमा भएको चोटहरु समेतको विवरण खुलार्ई ओम वराल समेतका व्यक्तिहरुले गरी दिएको मिति २०३९।११।२ गतेको घटनास्थल लास प्रकृति मुचुल्का । ४. २०३९।११।१ गते राती अन्दाजी ११.३० वजे रामखेलावन महतो कोइरी समेतका डांकाहरुले तपसिलमा उल्लेख भए वमोजिम धनमालको हुने विगो रु.७,९३९। डांका गरी लगेकाले सो विगो भराई कानुन वमोजिम सजाय समेत गरी पाउंभन्ने समेत व्यहोराको सुकुमाया मूक्तानको ०३९।११।२ को जाहेरी । ५. जाहेरवालाहरुको घरमा गाउंकै शिवा महतो र शेख खुर्सेद मिंयाले डांका गर्न जाउं निजका घरमा धन सम्पति र पुरानो धेरै पैसा आउने मुर्ति छ । भारत तर्फवाट पनि डांकाहरुलार्ई मगाई राखेको छ भनेकाले म समेतका मानिसहरु सो डांकामा गएका हौं । जाहेरवाला घरमा डांका गर्दा नुर महमद, मेघ वहादुर तामाङ सुकुमायाको घरमा गएका र शिव महतो सेख खुर्सेद समेत कान्छालाल लामाका घरमा पसेका हुन शेख खुर्सेदले कान्छा लाललार्ई र शिवा महतोले उर्ली लमिनीलार्ई वन्दुकको गोलीले हानी मारी निजहरुको घरमा भएको धनसम्पती र मुर्ति समेत डांका गरी लिएका हौं । रु.५।५ सयका दरले मात्र भाग हिस्सा लि खाएका हो अरु मूर्ति समेतका सामान भारतीय मानिसहरुले लगेका हुन । हामीले डांका गरेक