निर्णय नं. १८५२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८५२ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/१४ २३५९ निर्णय नं. १८५२ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. १०३६ आदेश भएको मिति : २०४०।१२।१४।३ मा निवेदक : हिम निर्माण सेवाका प्रोप्राईटर का.जि.का.न.पं.वा.नं.२७ बस्ने हिरण्यमान प्रधान विरूद्ध विपक्षी : अञ्चलाधिश बागमती अञ्चलसमेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) अधिकारक्षेत्र बाहिर गई गराएको कागज गैरकानुनी हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. ७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत विपक्षीतर्फबाट : विद्वान स.अ.श्री वलिरामकुमार आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. म रिट निवेदक नेपाल विद्युत कर्पोरेशनको सुनकोशीको डिभिजनसँग मिति ०३८।१।११ मा ठेक्का सम्झौता गरी कार्य आदेश ०३८।१।१९ मा प्राप्त गरी ऐ.लामुसाँगु सिभिल निर्माण कार्यको ठेक्काको कार्य शुरू गरी कामको लागि विपक्षी मध्येका लालसिंह लामालाई ०३८।४।२७ मा पिटी कन्ट्र्याक्टमा केही काम गर्न दिएकोमा काम अधुरो राखी बीचमा काम छोडेबाट अन्य व्यक्तिबाट काम सम्पन्न गराएको र मेरो कर्मचारी मध्ये महेन्द्रलाल श्रेष्ठले ०३९।९।९ सम्म हाजिर रही काम छाडी गए पछि निजलाई हात लिई अनेकन जालसाजी कागज खडा गरी काम सुम्पेको अघिको मिति ०३७।१२।१२ देखि काम गरेको भनी मसँग रूपैयाँ माग्न आएकोले विपक्षीले काम गरेको भन्दा बढी पेश्की लगिसकेको हुँदा कति पनि दिन बाँकी नरहेको कुरा बताएकोमा मिति २०३९।३।९ मा विपक्षी कार्यालयबाट केही कुरा बुझ्नु परेकोले भनी मलाई उपस्थित हुन पत्र लेखेबमोजिम उपस्थित भएकोमा सोही विषयमा सोधनी हुँदा विपक्षीलाई केही दिन बुझाउन बाँकी छैन अरू विपक्षीले काम छोडी गएबाट विपक्षीले लिएको पेश्कीबाटै मलाई फिर्ता आउनुपर्ने भनी मैले बयान समेत गरेकोमा पनि आफूलाई अधिकारै नभएको विषयमा विपक्षी अञ्चलाधिश कार्यालयले अधिकारक्षेत्र बाहिर गई मबाट लालसिंहलाई अनाधिकार पूर्ण तरीकाले रूपैयाँ भराउने जस्तो डर त्रास दिएबाट बाध्य भई मैले विपक्षीहरू विरूद्ध निषेधाज्ञाको लागि मिति ०३९।६।२९ मा बा.अं.अ.मा निवेदन गरे पछि मिति ०३९।७।१ मा लिखित जवाफ मगाउने आदेश भएकै दिन विपक्षी कार्यालयबाट मलाई पुनः प्रहरी पक्राउ गरी उपस्थित गराई डर धाक र बल प्रयोग गरी कागज हिसाबमा जस्तोसुकै लेखिए तापनि कार्तिक ५ गते रु.५,०००। र ऐ.१५ गते रु.५,०००। बुझाउने गरी कागज गराएपछि ती कुरा लोप गरी शान्तिसुरक्षाको दृष्टिकोंणले मेलमिलापतर्फ दुवैपक्ष राखी सम्झाई बुझाई गर्न मात्र उपस्थित गराएको हो, निज हिरण्यमान प्रधानको नगद सम्पत्ति दिने दिलाउने तर्फ कुनै कुरा यस कार्यालयबाट भए गरेको छैन भनी झुठ्ठा व्यहोराको मिति ०३९।७।३ मा लिखितजवाफ पेश गरे पनि त्यस्तो किसिमले जबरजस्ती किसिमले रु.१०,०००। को मबाट विपक्षी कार्यालयले कागज गरिएपछि पनि मलाई पक्राउ गरी रूपैयाँ असूल गराउन विभिन्न प्रहरी चौकीमा पत्र लेखी प्रहरीहरूद्वारा पक्राउन प्रयास गरिरहेकोले विपक्षीको पन्जाबाट उम्की भागी हिँडेको हुँदा लेनादेना हरहिसाब सम्बन्धी विवाद सम्बन्धित जिल्ला अदालतलाई हुने अधिकार