निर्णय नं. १८५३ - खुन डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८५३ - खुन डाँका भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१०/२० २६०७ निर्णय नं. १८५३ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३८ सालको फौ.पु.नं. २६९ फैसला भएको मिति : २०४०।१०।२०।६ मा पुनरावेदक/वादी : जोगेन्द्रयादवको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जि.स.हनुमानगर गा.पं.वडा नं.१ बस्ने भोला मलाहसमेत मुद्दा : खुन डाँका (१) प्रहरीमा भएको साविती कागजकै एकमात्र आधारमा खुन डाँका जस्तो मुद्दामा प्रहरी प्रतिवेदन बमोजिम सजाय गर्न मिल्ने देखिन नआउने । (प्रकरण नं. १७) पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. ०३४।३।३१ को रात अं.१२।१ बजे भारततर्फबाट करिब १५।२० जना मानिसहरू हातमा भाला बर्छी लाठी समेत लिई मेरो घरमा आई बाबु नसिवलाल यादव सुतिरहेको अवस्थामा भाला बर्छी समेत प्रयोग गरी कुटपिट गरे । सोही कुटाईको तारिमबाट बाबुको तत्कालै मृत्यु भयो । म डरले घरबाट निस्की गाउँमा गई गुहार भनी हल्ला गर्दा बदमासहरूसँग बन्दूक समेत हतियार होला भनी गाउँलेहरू जुट्न सकेनन् कुटपिट गरी बिगो रु.३४४। को धनमाल समेत डाँका गरी अपराधीहरू भागी गए । अपराधी मध्ये श्यामसुन्दर अमात, रजवा अमात, बैजनाथ मलाह, भोला मलाह, सहदेब मलाह समेतलाई टर्च बत्तीको उज्यालोबाट मौकैमा प्रष्ट देखेँ चिनँे अन्य अपराधीलाई चिनेको छैन चिनेका अपराधीलाई पक्राउ गरी अरू को को थिए निजहरूबाट खुलाउन लगाई कानुनबमोजिम सजाय गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. म समेत भई नसिवलाल यादवलाई मारी डाँका समेत गरेको हो भन्ने समेत सहदेव मलाहको ०३४।४।१४ मा प्रहरीमा गरेको बयान । ४. सहदेव, श्यामसुन्दर, रजवा बैजनाथ, म र अन्य १५।२० जना समेत भई नसिबलाई भाला बर्छी लाठ्ठी समेतले घोची काटी मारेको हौं भन्ने समेत ०३४।४।१४ मा भोला मलाहले प्रहरीमा गरेको बयान । ५. भोला, सहदेव, श्यामसुन्दर, रजावा, बैजनाथ गंगावा भन्ने बचुलाल समेत १५।२० जना भई नसिवलाल यादवलाई खुन गरी बिगो रु.३४४। धनमाल डाँका गरी लगे भन्ने अधिकांश सरजमीनको मानिसहरूले बकी लेखी दिएको सरजमीन मुचुल्का । ६. दरखास्तमा लेखिएबमोजिम भोला मलाह समेतले नसिवलाई मारी धनमाल समेत डाँका गरेको हुँदा निजहरूलाई ज्यानसम्बन्धीको १३(१) र चोरीको १४(४) नं.बमोजिम समेत सजाय हुन पक्राउ परेका भोला मलाह र सहदेव मलाह समेतलाई प्रस्तुत गरेका छौं भन्ने समेतको प्रहरी प्रतिवेदन । ७. जाहेरवाला र सरजमीन समेतका व्यक्तिसँग कुटपिट मुद्दा, जग्गा खिचोला, ज्यान बेपत्ता, कान्जी हाउस लुटे विषयको मुद्दा समेतमा म र मेरा बाबु समेतसँग परी रहेको हवीबाट फसाउन झुठ्ठा पोले पोलाएका हुन् जाहेरवालाको घरमा डाँका गरेको र निजको बाबुलाई मारेको समेत छैन प्रहरीले कुटपिट गरी साविती गराएका हुन् भन्ने समेत सहदेव मलाहले ०३८।४।२३ मा सप्तरी जि.अ.मा गरेको बयान । ८. जाहेरवाला र मेरो छोरा सहदेवको झगडा भई कुटपिट कपाली मुद्दा परी यसै अदालतबाट फैसला भएको छ । जाहेरवालाको काकासँग जग्गा खिचोला मुद्दा परेको समेत कारणबाट हनुमाननगरको कान्जी हाउसको ठेक्कामा परेको मालको महसूल नतिरी मेरो छोरा सहदेवलाई कुटपिट गरी मालहरू छुटाई लगे त्यस सम्बन्धमा