निर्णय नं. १८५४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८५४ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०८/१३ २६०९ निर्णय नं. १८५४ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. ८१५ आदेश भएको मिति : २०४०।८।१३।३ मा निवेदक : विराटनगर स्थित नविन मेटल काष्टिग उद्योगको प्रोप्राइटर सजनकुमार अग्रवाल विरूद्ध विपक्षी : अन्तःशुल्क कार्यालय विराटनगर अन्तःशुल्क विभाग, काठमाडौं विषय : उत्प्रेषण (१) तत्काल प्रचलित औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भएबमोजिम आयकरको सुविधा लिइसकेको देखिनाले औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १४(२) अनुसार प्रस्तुत ऐनको सुविधा पाउन नसक्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भनी २०३९।४।३२ मा रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य : निवेदकले श्री ५ को सरकार घरेलु तथा ग्रामीण उद्योग विभागबाट नविन मेटल काष्टिग उद्योगको स्थापना गर्न ०३६।१।१७ मा इजाजत प्राप्त प्राइभेट फर्म रजिष्ट्रेशन ऐन बमोजिम घरेलु तथा ग्रामीण उद्योग विभागमा दर्ता भई उत्पादन कार्य गरी रहेको अवस्था औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९(१)(क)(३) बमोजिम र औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग)(१) बमोजिम अन्तःशुल्क छुट माग भएकोमा आर्थिक ऐन, २०३८ बमोजिम स्टेनलेस स्टिलका टुक्राटाक्री पगाली कटलरी बनाउने उद्योग समेतलाई घरेलु तथा ग्रामीण उद्योगले पाउने सुविधामा प्रतिबन्ध लागेको हुँदा त्यस उद्योगको माग बमोजिम अन्तःशुल्क छुट दिन नमिल्ने भन्ने अन्तःशुल्क कार्यालय विराटनगरको निर्णय रहेछ । ३. औद्योगिक व्यवसाय ऐन, २०३८ ले विभिन्न सुविधाहरू उद्यमीलाई प्रदान गरेको छ । घरेलु उद्योगको निमित्त अन्तःशुल्क सुविधा र आयकर सुविधा मुख्य छन् । कर विभागले यस नविन मेटल काष्टिग उद्योगलाई ५ वर्षको लागि आयकर सुविधा दिने निर्णय गरेको छ । अन्तःशुल्क सुविधाको सम्बन्धमा भने प्रतिबन्ध लागेको भन्ने आधार प्रयोग गरी छुट नदिने निर्णय गरिएको प्रत्यक्षतः त्रुटिपूर्ण छ । औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग)(४) मा श्री ५ को सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अन्तःशुल्क छुट नदिने उद्योगहरू तोकेको छ । त्यस सूचनाले मेरो उद्योगलाई असर पुर्‍याएको छैन । आर्थिक ऐन, २०३८ ले औद्यौगिक व्यवसाय ऐन, २०३८ को प्रावधानलाई कुण्ठीत गर्दैन आर्थिक ऐनले अन्तःशुल्क कर लिने नियमित गर्ने र दर निर्धारण गर्ने मात्र हो । आर्थिक ऐन मेरो उद्योगले पाउने सुविधामा निष्प्रयोजन छ । अतः विपक्षीहरूले सुविधा इन्कार गरेको हुँदा अन्तःशुल्क सुविधा प्रदान गरी त्यसको रकम फिर्ता गरी दिनु भन्ने परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन रहेछ । ४. यसमा के कसो भएको हो । सम्बन्धित विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नुभन्ने २०३९।५।२ को सिंगलबेञ्को आदेश । ५. निवेदकको उद्योगले ०३६।८।२ देखि उत्पादन शुरू गरेको देखिन्छ । औद्योगिक व्यवसाय ऐन, २०३० मा व्यवस्था भएबमोजिम अन्तःशुल्क छुट सुविधा पाउने भनी तोकिएको उद्योगहरूको वर्गीकरणमा परेको प्रमाण पुर्‍याउनसकेको छ