निर्णय नं. १८५५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८५५ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१०/१७ २३३२ निर्णय नं. १८५५ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रि.नं. १०१९ आदेश भएको मिति : २०४०।१०।१७।३ मा निवेदक : जि.कपिलबस्तु ठुलोनन्द नगर गा.पं.वडा नं.२ बस्ने अमीन मुसलमान विरूद्ध विपक्षी : ऐ.ऐ बस्ने समि मुसलमानसमेत विषय : उत्प्रेषण (१) घरसारमा गराई फिर्ता लिएको राजीनामाको मान्यता नहुने गरी मालपोत कार्यालयले गरेको निर्णय मुलुकी ऐन रजिष्ट्रेशनको ३५(२) नं.को विपरीत निर्णय गरेको । (प्रकरण नं. १६) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान अ.श्री इच्छाहर्ष र विद्वान सरकारी अधिवक्ता श्री वलीराम कुमार आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण वा जुन उपयुक्त हुन्छ चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी संवैधानिक तथा कानुनी हकको संरक्षण तथा प्रचलन गराई पाउँ भनी ०३९।७।५ मा रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य तथा निवेदक जिकिर : अमीन मुसलमानको नाउँ दर्ताको ठूलोनन्द नगर गा.पं.वडा नं.२(क) कि.नं.१ को ज.बि.१–०–० कि.नं.११६ को ज.बि.१–५–५ ऐ.कि.नं.१२३ को जग्गा मध्ये ०–३–८ र ऐ.वडा नं.२(ख) को कि.नं.२५१ को जग्गा ०–५–१८ समेत जम्मा जग्गा २–१४–१२ रु.२०,००० मा नगेश्वर थारूलाई राजीनामा पारित गरी दिएकोमा बेगल बसेको हकवाला हुँदा रु.२०,०००। धरौट राख्न आएको छु निखनाई पाउँ भन्ने समिमुसमानको कपिलवस्तुमा पो.का.मा दर्खास्त परेको । ३. अमीन मुसलमानको छोरा श्रीमतीको सल्लाह भई मैले राजीनामा लिएको जग्गा अमीनलाई पुनः राजीनामा दिएको हुँदा धरौट उठाई रहनुपरेन भन्ने नगेश्वर थारूको मा.पो.का.मा बयान । ४. मैले जग्गा नगेश्वरलाई बिक्री गरेकोमा छोरा श्रीमतीको मञ्जूरी नहुँदा थैली बुझाई राजीनामा गराई सकेको छु लिखत पारितमा नालेश गरेको हुँदा थैली बुझ्नुपर्ने होइन भन्ने अमीन मुसलमानको बयान । ५. अंश नभएको अंशियारको मञ्जूरी नभएमा लेनदेन व्यवहारको १० नं.बमोजिम उजूरी हुनुपर्ने सट्टापट्टा भएकोमा चित्त नबुझे लेनदेन व्यवहारको ३६ नं.को म्यादभित्र आ–आफ्नो गर्नुपर्ने व्यवस्था भएको पक्षलाई हकदार होइन भन्न नसकेको र अंशबण्डाको लिखितको प्रतिलिपिबाट हकदार देखिँदा पारित गरी बिक्री गरेको जग्गा पुनः घरसारमा लिए दिएको बयान भए तापनि घरसारको राजीनामा मान्यता दिन नमिल्ने हुँदा नगेश्वर थारूले पारित गरी लिएको राजीनामा बमोजिमको जग्गा समि मुसलमानले रजिष्ट्रेशनको ३५ नं.बमोजिम हकसफा गरी लिन पाउने र नगेश्वरलाई थैली नबुझे बापत लेनदेन व्यवहारको ३८ नं.बमोजिम रु.५००। जरिवाना हुने भन्ने समेत मा.पो.का.कपिलवस्तुको ०३५।१२।२४ को निर्णय । ६. अमीन मुसलमान तथा नगेश्वरको अञ्चलाधिश कार्यालयमा परेको पुनरावेदन जिल्ला कार्यालयमा सरी आएको र राजीनामालाई मान्यता दिने नदिने सम्बन्धमा निर्णय गर्न मालपोत कार्यालयलाई अधिकार नहुँदा मा.पो.का.को निर्णय बदर गरी जिल्ला अदालतमा पठाउने गरी निर्णय गरी पाउन पुनरावेदन माग भएको रहेछ । ७. मालपोत कार्यालयको इन्साफ सदर भन्ने समेत प्र.जि.अ.कपिलबस्तुले ०३७।११।१६ मा गरेको पुनरावेदन फैसला । ८. उक्त फैसला त्रुटिपूर्ण हुँदा बदरभागी भएकोले पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ.मा परेको निवेदनमा साहु नगेश्वर ऋणि अमीनको बीचमा राजीनामा पारित भइसकेको जग्गा पु