निर्णय नं. १८५६ - अंश दपोट बाली विगो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८५६ - अंश दपोट बाली विगो भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०८/१४ २६०८ निर्णय नं. १८५६ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको दे.पु.नं. ३०२ आदेश भएको मिति : २०४०।८।१४।४ मा पुनरावेदक/प्रतिवादी : भैरहवा न.पं.वार्ड नं.१ तौडीहवा बस्ने दिपनारायण सिंह क्षेत्रीसमेत विरूद्ध विपक्षी/वादी : ऐ.ऐ बस्ने परमजोती क्षेत्रीनीसमेत मुद्दा : अंश दपोट बाली विगो (१) कानुनमा व्यवस्था भएअनुसार मुद्दा क्षेत्रीय अदालतको डिभिजनबेञ्चबाट नै किनारा भएको देखिँदा र अरू क्षेत्रीय अदालतको निर्णयमा उल्लिखित बुँदा प्रमाणको आधारमा समेत दावी बमोजिमको बाली बिगो प्रतिवादीहरूबाट वादीले भरी पाउने ठहराई क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल आदेश न्या.बब्बरप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३७।२।८ को निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीहरूको निवेदन परी सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३८।१।२ मा अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार रहेछ । २. दयवीर सिंहको मृत्यु पछि पत्नी परम जोती, छोरा धर्मवीर, सूर्यवीर ३ अंशियारमा व्यवहार गर्ने सूर्यवीर सिंहले हामीलाई अंश नदिएकोले नालिस परी यसै अदालतबाट अंश पाउने ठहरी ०२४।६।४ मा फैसला भएको सूर्यवीर सिंहले तायदाती दाखिल गर्दा रु.जि.भै.न.पं.वार्ड नं.१ साविक कि.नं.१४७ समेत १७ कित्ताको ज.बि.७–३–१ पत्ता लागि ०२५।४।९ मा अंश दपोटमा दावी परी तह–तह हुँदै दबाएको सम्पत्ति हामी वादीले खान पाउने गरी स.अ.बाट ०३०।५।२२ मा फैसला भएको सो जग्गा हामीले भोग गर्न नपाउँदै विपक्षीहरूले हामी समेत उपर अंश मुद्दा दायर गरी आफैंले बाली समेत खाई आउनुभएको जग्गा मध्ये हाल सर्भेको भै.न.पं.वार्ड नं.१ (ख) कि.नं.२१७, २१८, २१९, २२५ ऐ.ऐ १(ग) कि.नं.१३७, ५९ ऐ.(ङ) कि.नं.१८२ समेत जम्मा जग्गा बिगहा १–१९–८ राजबहादुरले कमाएको बिगहा १ को दश क्वीनटलको दरले वार्षिक उब्जनीको हिसाबले ३ वर्षको ५९ क्वीन्टल १०० किलोको प्रति क्वीन्टलको रु.११०। ले हुने रु.६,५०१। र विपक्षी दिपनारायण सिंहले भोग गरेको हाल सर्भेको भई न.पं.वार्ड नं.१(ख) कि.नं.२१६, २००, २२१ र ऐ.ऐ (ङ) कि.नं.५३ मध्ये ज.बि.०–१६–० समेत जम्मा ज.बि.१–१९–० को ऐ.उब्जनी दरले ३ वर्षको धान क्वीन्टल ५८।। को ऐ.भाउले हुने रु.६,४३५। र रामबहादुर सिंहले भोगेको भई न.पं.वार्ड नं.१ (ख) कि.नं.२२३, १५८ ऐ.(ग) कि.नं.१२ ऐ.१७ (ग) समेत ज.बि.०–१८–११ को ऐ.दरले ३ वर्षको धान २७ क्वीन्टल ८२५ किलोको हुने ऐ.दरले रु.३०६०।६५ र विपक्षी सीताराम सिहं ले. भोग गरेको हाल कि.नं.५३ मध्ये ०–१६–० ऐ. वाडा नं. १(ख) कि.नं.२१४,१३८ ऐ.(ग) कि.नं.१३२, १३३, १३४ समेत जम्मा ज.बि.१–१७–१४ को वर्ष ३ को ऐ.दरले हुने धान क्वीन्टल ५६ र किलो ५५० को प्रचलित भाउले हुने रु.६,२२०। समेत जम्मा रु.२२,२१७।२५ दिलाई कोर्टफी समेत दिलाई भराई पाउँ भने समेत परमजोती समेतको फिरादपत्र । ३. दावीको जग्गावादीले जिती पाएको होइन । हाल कि.नं.२१८ समेतको जग्गा साविक कि.नं.१९९,२०० को नभई साविक ४२८ को हो कि.नं.१३७,–३६८ को होइन साविक ४८२ पनि ५३ को होइन । कि.नं.४८१ को जग्गा वादीहरूले कोमल यादवलाई बिक्री गरी सक्नुभएको छ । हामीले बाली खाएको भए अंशमा दावी गर्नुपर्ने अवस्था