निर्णय नं. १८५७ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८५७ - उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/१७ ५४२६ निर्णय नं. १८५७ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रि.नं. १७२६ आदेश भएको मिति : २०४०।१२।१७।६ मा निवेदक : का.जि.का.न.पं.वा.नं.१८ रक्तकाली बस्ने पिउसराज पाण्डे विरूद्ध विपक्षी : कर कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरिपाउँ (१) कानुनी व्यक्ति सरह संगठित संस्था कम्पनीको काम कारोबारबाट कम्पनीको मेनेजिङ डाइरेक्टरको व्यक्तिगत सम्पत्ति रोक्का राख्न पाउने स्थिति नरहने । (प्रकरण नं. १०) (२) रोक्का रहेको सम्पत्ति चल नदेखिई अचल देखिँदा यस्तो अवस्थामा कम्पनीले तिर्नु पर्ने कर नबुझाएको भनी रिट निवेदक तथा निजका परिवारको नाममा रहेको अचल सम्पत्तिको रजिष्ट्रेशन रोक्का राख्न भनी लेखेको कर कार्यालयको पत्रलाई कानुन अनुरूप भन्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलीराम कुमार आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यसप्रकार रहेछ : २. यस कार्यालय अन्तर्गत आयकरदाता श्री नेपाल पेट्रोलियम कम्पनी प्रा.लि.ले आयकर ऐनको म्यादभित्र बुझाउनुपर्ने कर रकम नबुझाएको हुँदा उक्त फर्म तथा सो फर्मका मे.डा.श्री पिउसराज पाण्डे श्रीमती प्रेमकुमारी पाण्डे का.जि.रक्तकाली र निजका छोराहरूका नामबाट त्यस मालपोत कार्यालयबाट हुने रजिष्ट्रेशनहरू यस कार्यालयको अर्को सूचना प्राप्त नभए सम्मको लागि आयकर ऐन, २०३१ (संशोधन सहित) को दफा ३७(३)(क) को व्यवस्था अनुरूप रोक्का राखी दिनु भनी कर कार्यालय काठमाडौंले म निवेदकलाई बोधार्थ दिई मालपोत कार्यालय काठमाडौं, ललितपुर मा.का.पाटन र भक्तपुर मा.का.भक्तपुरलाई प.सं.३८।०३९ ख.२ च.नं.१०८९ मिति ०३८।११।२९ को अनाधिकार सम्पत्ति हाम्रो पत्रले उपभोग गर्ने बेचबिखन गर्ने, उठाउन पाउने स्वतन्त्रताको हकमा गैरकानुनी आघात पुर्‍याएको छ । करदाताको चल सम्पत्ति मात्र रोक्का गर्ने हो, अचल रोक्का गर्ने अधिकार दिएको छैन । करदाता नेपाल पेट्रोलियम कं.प्रा.लि.भएको कुरा कर कार्यालय काठमाडौंको पत्रमा स्वीकार गरेको हुँदा एकाको कर दायित्वमा अर्काको अचल सम्पत्ति रोक्का गर्न मिल्दैन । कर अधिकृतले बाँकी कर र लाग्ने शुल्क असूल गर्न सूचना सम्म तोकिएको अधिकृतलाई दिनुपर्ने दफा ३७(३) मा उल्लेख छ र तोकिएको अधिकृत वा कार्यालयले दफा ३७(३) को (क) देखि (घ) सम्मको तरीका अपनाउनुपर्ने हो कर अधिकृत वा कार्यालयले खण्ड (क) देखि (घ) सम्मको अधिकार प्रयोग गर्न पाउने पनि होइन । नेपाल पेट्रोलियम कं.प्रा.लि.सँगको आयकरको लेनामा निवेदकको नामको तथा श्रीमती र छोराहरू समेतको नामको अचल सम्पत्ति रोक्का गर्ने आदेश गर्ने अधिकार कर कार्यालय काठमाडौंको कर अधिकृतलाई नभएको हुँदा निजको अनाधिकारको गैरकानुनी रोक्का सम्बन्धी मिति ०३८।११।२९ को आदेशद्वारा रोक्का गर्ने कारवाही विपक्षी काठमाडौं मा.का.ललितपुर मा.का.भक्तपुर मा.का.समेतले गर्न लागेको कारवाही गैरकानुनी हुँदा यसबाट नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) १५ र ११(३) समेतको हक अधिकारमा आघात पुगेको हुँदा सो हक अधिकार ऐ.को धारा ७१ अन्तर्गत उ