निर्णय नं. १८५८ - जग्गा पजनी टाँस टाँसो खिचोला गरे

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८५८ - जग्गा पजनी टाँस टाँसो खिचोला गरे भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/०९/१९ ३३३४ निर्णय नं. १८५८ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४९ सालको दे.पु.नं. ४९२ फैसला भएको मिति : २०४०।९।१९।३ मा पुनरावेदक/प्रतिवादी : गूठी संस्थान केन्द्रीय कार्यालय रामशाहपथ विरूद्ध विपक्षी/वादी : जि.म.प्र.अ.मौज निगौल बस्ने ब्रम्हदेव ठाकुर भूमिहारसमेत मुद्दा : जग्गा पजनी टाँस टाँसो खिचोला गरे (१) गूठी संस्थान ऐन, २०२१ को दफा १७ बमोजिम विवादको जग्गामा संस्थानले अन्यथा गर्न मञ्जूर गरेकोमा सम्म सोही बमोजिम हुने हो तर सो दफा १७ बमोजिम अन्यथा गर्न गूठी संस्थानले मञ्जूर गरेको छ भन्ने वादीहरूले कुनै प्रमाण दिन वा भन्न सम्म पनि सक्नुभएको छैन । यस्तो अवस्थामा विवादको जग्गामा गूठी संस्थानको हक कायम रहन गएको छैन भन्न मिलेन । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।९।९ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादी गूठी संस्थान केन्द्रीय कार्यालय रामशाहपथको तर्फबाट परेको निवेदनमा ०३८।१०।२१।४ का डिभिजनबेञ्चका आदेशानुसार अनुमति प्राप्त भई प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : चिकनास्थान तालुक जि.म.प्र.अ.मा नै रामनगर विर्ताको महन्त रामचन्द्र दासको पाला जि.प.सवालको ३० दफा अनुसार १९९७ सालमा हामीहरूको साथ बन्दोबस्त गरी दिएको जग्गा भोगी आएकोमा रामचन्द्र दासले खिचोला गरेमा मुद्दा परी महोत्तरी गूठी माल र म.स.गोश्वाराको फैसलाले हामीले भोग गर्न पाउने महन्तले खोसमोस गर्न नपाउने ठहरी फैसला भएको जि.प.सवालको ३८ दफा जग्गा पजनीको ६ नं.भू.सु.ऐन, २०१४ को १०, ११, २९ नं.ले हाम्रो मञ्जूर बेगर लागेको कूत हामीले तिरे बुझाएसम्म पजनी गर्न नपाउनेमा २०२१ सालको बालीमा जबरजस्ती रोक्का गर्ने, गर्न लगाउने र सो जग्गा अरूको साथ बन्दोबस्त गर्ने २०२२।१२।२८ गतेको तारेख मुकरर भएको थाहा हुनआयो । विपक्षी आफैं तालुकदार भई आफैंले खामी खाने प्रपञ्चबाट अरूको साथ मनखप बटैया, हुण्डा, अरू कुनै किसिमबाट बन्दोबस्त गर्न नपाउने विपक्षीहरूले हामीहरूको हकभोगको ४९–१७–१४ जग्गा उपर गरेको खिचोला छोडाई अवैधानिक कार्यवाही बदर वातिल गरिपाउँ भन्ने समेत व्यहोराको २०२४।१।२६ गतेको असर्फी महासेठ सुडी समेत जना ४२ को फिरादपत्र । ३. चिकनास्थानको नगदी जिन्सी आयस्ताबाट पूजा धर्म सरारत चलाई शेष कसर खानु भन्ने सरकारबाट रैतानी जग्गा र जिरायत जग्गा समेतको १९९९ सालमा दरबन्दी कायम भई सो दरबन्दी बमोजिम रैतानी मालपोतको नगदी रकम र जिरायतको जिन्सी आयस्ता समेतको रकमबाट पूजा धर्म सदावर्त चलाई शेष कसर सम्म खान पाउने सम्म अधिकार मात्र भएको जिन्सी आयस्ता आउने जिरायत जग्गा नगदीमा बन्दोबस्त गर्न पाउने अधिकारै नभएको महन्त रामचन्द्र दासलाई बन्दोबस्त गर्न अधिकारै नभएकोमा बन्दोबस्त गरे पनि सदरै नहुने १९९७ सालमा बन्दोबस्त गरिसकेको जग्गा १९९९ सालमा दरबन्दी हुँदा वादी लेखाइको जग्गा जिरायत कायम भएको जग्गा १९९७ सालमा बन्दोबस्तीमा लिएको भन्ने वादी लेखाई त्यसै झुठ्ठा देखिने, जिमिदारी सरहको सो मौजा नभई गूठी विर्ता जग्गामा जिरायत कायम भएको जग