निर्णय नं. १८५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/२४ २५१९ (मूल किताबमा नि.नं. १८६६ लेखिएको भए तापनि बिषय सूचिमा १८५९ नै भएअनुसार गरिएको–संयोजक) निर्णय नं. १८५९ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रिट नं. १२८६ आदेश भएको मिति : ०४०।१२।२४।६ मा निवेदक : महोत्तरी जिल्ला भमरपुरा गा.पं.वार्ड नं.३ बस्ने कूलदिप राउत भूमिहार विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय महोत्तरीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अंश मुद्दा चल्दाचल्दैको अवस्थामा बाली भराई मोही निष्काशन गरिपाउँ भन्ने मुद्दामा भूमिसुधार कार्यालय महोत्तरीबाट भएको निर्णय कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विद्वान अधिवक्ता श्री कमलनारायण दास आदेश न्या.त्रिलोकप्रताप राणा १. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : म फिरादीको नाममा दर्ता रहेको जि.म.भमरपुरा गा.पं.वडा नं.१(क) कि.नं.२१ कि.नं.१७१ ऐ.ऐ वडा नं.३(क) कि.नं.१८०, २०३, २४९, ३४२, ३७५ र वार्ड नं.३(ख) को कि.नं.१८२ वार्ड नं.५(क) को कि.नं.९३ वार्ड नं.५(ख) को कि.नं.१५७, १८४ को समेत गरी जम्मा जग्गा बिगहा ५–४–३ को फिरादी अधिकार प्राप्त मोही भई जग्गा जोती कमाई आएकोमा यो ०२८ सालको हुने कूत धान मन जम्मा ५५–४–० म जग्गाधनीलाई बुझाउनुपर्ने सो म्यादभित्र नबुझाइकन कुनै सम्बन्धित कार्यालयमा धरौट समेत नराखेकोले उक्त धानको निर्धारित दर रु.८०।६२ प्रति मनका दरले हुने .४,४०८।५० मात्र विपक्षीबाट दिलाई मोही निष्काशन समेत गरिपाउँ भन्ने वादीको मुख्य फिराद दावी रहेछ र वादीले दावी गरेको जग्गाको म प्रतिवादी जग्गाधनी नै थियो र अंश मुद्दा शुरू हुनुभन्दा अगावै सोरैआना बाली पनि खाइरहेको थिएँ । वादीसँग अंश छुट्याई पाउँ भन्ने वादीको नाममा मुद्दा दायर गर्दा तह तह अब सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ । जो कारवाहीयुक्त अवस्थामा छ र मैले वादीको नाउँमा चलाएको अंश मुद्दाको मिति देखि उपरोक्त जग्गा जोते भोगेको छैन । वादी आफैंं जोत आवाद गरी बाली खाई रहेको छ । असत्य व्यहोराको झुठ्ठा नालेश गरी हैरानी मात्र पार्न निमित्त षडयन्त्र गरी राखेको छ । अतः वादीको दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिवादी । वादीले मोही हो भनी दावी गरे तापनि प्रतिवादीले मोही नभई अंशियार भई जोती भोगी आएको भनी दावी लिएको र प्रतिवादीले मोही होइन भनी इन्कार गरेपछि मोही हो भनी बाली भराउनु न्यायसंगत नहुने हुँदा र यो मुद्दाको जग्गा अंश सम्बन्धी भएको हुँदा वादी दावी अनुसार अंश सम्बन्धी जग्गामा बाली भराई रहनुपर्ने ठहर्दैन भन्ने समेत विपक्षी भूमिसुधार कार्यालय महोत्तरीले मिति २०३९।७।१६।२ मा निर्णय गरेको रहेछ । २. म निवेदक जग्गाधनी र विपक्षी मोही रहेको कुरा यसै निवेदनपत्र साथ संलग्न रहेकै विपक्षीले ०२८ सालमा प्राप्त गरेको मोहियानी हकको स्थायी प्रमाणपत्रको फोटोकपीले स्पष्ट गर्दछ। कानुन बमोजिम मोहियानी हक प्राप्त गरेको विपक्षीले कूत बुझाउन पर्नेमा कूत नबुझाई एकलौटी खान थालेकोले २०३० सालदेखि सालसालै म निवेदकले कूत दिलाई पाउँ भनी दिएको उजूरी (जम्मा २०३० देखि ०३७ साल सम्मको) हालसम्म पनि प्रत्यर्थी भूमिसुधार कार्यालयमा अन्य मुद्दाको कारण मुलतवीमा रही आएको छ । अघिल्ला सा