निर्णय नं. ६२८६ - भ्रष्टाचार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२८६ - भ्रष्टाचार भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2053/02/28 ३५८८ निर्णय नं. ६२८६ ने.का.प.२०५३ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्व्त २०५२ सालको फौ.पु.नं...........१४२१ फैसला मितिः २०५३।४।२८।२ मुद्दाः भ्रष्टाचार पुनरावेदक वादीः जि.प्र.का. सुर्खेतका प्र.जि.अ. नानी काजी विष्टको प्रतिवेदनले श्री ५ को सरकार । विरुद्ध विपक्षी प्रतिवादीः लक्ष्मण कुमार हमाल समेत जम्मा ६ । § कारणवाट मात्र भ्रष्टाचार गरेको भन्ने अभियोग दावी मनासिव छ भन्न नमिल्ने । रासन वोर्डले केरमेट भएको वोलपत्रमा कैफियत खुलार्ई मुचुल्का गर्न छुट्याएको र सच्चिएको अंक वमोजिमको अर्नेष्ट भनी वापतको रकम वैंक दाखिला नभएकै (प्र. नं. २५) § भ्रष्टाचार हुनलार्ई वदनियतसाथ कार्य गरेको हुनु पर्दछ र सो कार्यवाट कसैलार्ई फाइदा वा नोक्सान भएको देखिनु पर्ने । (प्र.नं. २५) § प्रस्तुत मुद्दामा वदनियत साथ सच्याउने कार्य गरेको भन्ने कुरा तथ्यगत रुपवाट शंकारहित तवरले पुष्टी हुन सकेको देखिदैन । सच्चाउने कार्यवाट के कसले के कति अनुचित लाभ प्राप्त गरेको हो सो कुरा कहि कतैवाट खुल्न आउदैन । भ्रष्टाचार जस्तो फौज्दारी अपराधमा केवल शंका र अनुमानको भरमा कसुरदार ठहराउन नमिल्ने । (प्र.नं. २५) § सच्याएको कुरा वोलपत्र दिनेले नै स्वीकार गरेको र अन्य प्रतिवादीहरुको मिलेमतो वा दवाववाट गरेको भन्ने प्रमाणित देखिन नआएको अवस्थामा केवल सच्याएको अंकको अर्नेष्ट भनी वापतको रकम वैंक दाखिला नभएकै कारणवाट प्रतिवादीहरु कसुरदार हो भन्न नसकिने । (प्र.नं. २५) फैसला न्या.केशवप्रसाद उपाध्यायःप्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । महालेखा परीक्षकको विभाग (गृह तथा रक्षा निर्देशनालय) ले श्री सचिवज्यू गृह मन्त्रालयलार्ई लेखेको कारवाईको जानकारी दिने विषयको प.सं.२।४।७।०४०।४९।२३७।७११ मिति २०४९।१०।२८ को पत्रमा जिल्ला प्रहरी कार्यालय डोल्पाको आ.व. २०४८।०४९ को लेखा परीक्षणको सिलसिलामा २०४८ माघ १ गते देखि ०४९ साल पौष मसान्त तकको राशन ठेक्कापटृा गर्दा प्रहरी अधिकृत र जवान गरी ५८ जनाको लागि एक र ८३ जवानको लागि १ गरी २ वेग्ला वेग्लै वोलपत्र आव्हान भएकोमा पर्न आएको छ वोलपत्र मध्ये घटी दरवाला विजय कुमार हिराचनको ५८ जवानको लागि रु.१६,८१,७७४। र ८३ जवानको लागि रु.२०,१८,९४२।७५ को वोलपत्र विना आधार प्रमाण केरमेट गरी आइटम नं. १ चामलको दर प्रति किलो रु.२६। लार्ई रु.४५। तथा रु. २१। लार्ई रु.३५। वनाई क्रमशः ५८ जवानको लागि प्रेषित वोलपत्रको जम्मा रु. २०,६२,८३४। र ८३ जवानको लागि प्रेषित वोलपत्रको जम्मा रु. २५,५०,६२०। वनाई वोलकवोल अंक वढाइएको तर अक्षरमा भने केरिएकै अंक क्रमशः रु.१६,८१,७७४। मात्र र २०,१८,९४२।७५ यथावतै देखिने र अरनेष्ट भनी वापत केरिएकै अंकको नियमानुसार हुने रकम वैंक दाखिल गरेको एवं उपरोक्त अनुसार केरमेट गरी साविक ठे. वकिल वहादुर के.सी. ले कवोल गरेको अंक ५८ जवानको लागि रु.१९,८५,७८२।५० र ८३ जवानको लागि रु.२४,८८,७५२।५० लार्ई सवैभन्दा कम दरवाला ठहराई निजसंग ठेक्का वन्दोवस्त गर्ने गरी श्री ५ को सरकारलार्ई रु.७,७३,८१८।२५ हानी नोक्सानी पारेको देखिएकोले नियमानुसार कारवाही गरी गराई सो को जानकारी यस विभागलार्ई दिने व्यवस्था गरि दिने भनी वि.प्र.वि. बाट प्राप्त प्रमाणको मिसिलवाट देखिन्छ । २. राशन वोर्डको लालचवाट दर रेटवालालार्ई डरत्रास दिई टेण्डर केरमेट गर्न लगा