निर्णय नं. १८६० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८६० - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१०/०२ २२०९ निर्णय नं. १८६० ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रि.नं. १३५६ आदेश भएको मिति : २०४०।१०।२।२ मा निवेदक : का.जि.का.न.पं.वडा नं.२५ शुक्रपथ बस्ने राममाया जोशी विरूद्ध विपक्षी : का.न.पं.का प्र.पं.श्री कमल चित्रकार का.न.पं.कार्यालयसमेत विषय : उत्प्रेषण (१) बाटो सार्वजनिक वा निजामती के हो भन्ने विवाद उत्पन्न भएपछि अदालतमा जान सुनाउनुपर्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री होराप्रसाद जोशी आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायत वा उपयुक्त आदेश जारी गरिपाउँ भनी २०३९।११।१९ मा रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य तथा निवेदन जिकिर : राममाया जोशीको हक भोगचलन दर्ता जोतपोतको न.पं.वडा नं.११ अन्तर्गत त्रिपुरेश्वर स्थित जग्गामा घर बनाउन नक्सा दर्खास्त दिएकोमा प्रेममाया तिमला र दानमाया शाक्यको उजूरी निवेदनबाट कारवाही चली का.न.पं.को प्र.पं.कमल चित्रकारले सार्वजनिक बाटो माथि कनेकटीङ बृज हाल्न दिन नमिल्ने हुँदा निवेदीकाको नक्सा खारेज हुने र नक्सामा सिमेण्टेडसेड बनाइसकेको रिमार्क भएको हुँदा भत्काई दिने ठहर्छ २०३०।१०।६ मा फैसला गरेको रहेछ । घर बनाउन नक्सा दर्खास्त गर्ने मेरो हक भोगचलन र दर्ता जोतपोतको जग्गाले खाएको र साझा बाटोमा साझा पानी टंकी रहेको घर बनाउने जग्गा नै एकलौटी र साझा भन्ने विवाद हुन आई तेरो मेरो परी सबूत प्रमाणको मूल्याड्ढन गरी हक बेहक छुट्याउन पर्ने अवस्था विद्यमान रहेभएको स्थितिमा न.पं.ऐनको दफा ४९(२) बमोजिम अदालतबाट हक बेहक छुट्याई आएपछि मात्र नक्सा पासको कारवाई गरी सूचना दिनुपर्नेमा सार्वजनिक बाटो माथि कनेकटीङ बृज हाल्न दिन नमिल्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णय उक्त ऐनको प्रतिकूल छ मेरो दर्ता जोतपोतको जग्गाबाट प्रेममाया र दानमायालाई आवत जावत गर्न सम्म दिएको बाटोलाई सार्वजनिक भनी नक्सा खारेज हुने ठहर्याएको र २० वर्ष अघि नक्सा पास गराई बनाएको पानी टंकी राख्ने सिमेण्टको खम्बालाई सिमेण्टेड घर भनी फैसला गरेको अनाधिकार तथा गैरकानुनी भएको हुँदा उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ । ३. यसमा के कसो भएको हो ? सम्बन्धित विपक्षीहरूबाट लिखितजवाफ मगई आएपछि नियमबमोजिम गरी पेश गर्नुभन्ने २०३९।११।२० को सिंगलबेञ्चको आदेश रहेछ । ४. ११, १५ को बाटो माथि सार्वजनिक बाटो मिची घर बनाउन पाउने विपक्षीलाई घर बनाउनेको ३ नं.ले पनि मिल्ने कुरा होइन सडक विपक्षीको नभई सार्वजनिक सम्पत्ति हो । यस्ता जग्गा माथि नक्सा पास नहुने ठहर भए उपर विपक्षीलाई अ.बं.८२ नं.बमोजिम उजूर गर्न हकदैया छैन वस्तुस्थिति हेरी नक्सा पास गर्न मिल्ने नमिल्ने गर्न अ.बं.४९ नं.बमोजिम यस पञ्चायतलाई अधिकार छ । नक्सा पास गरी नदिएमा जि.पं.मा उजूर गर्ने व्यवस्था समेत भएको हुँदा विपक्षीको अनाधिकृत, आधारहीन, अनुचित रिट निवेदन खारेज हुनुपर्दछ भन्ने समेत का.न.पं.का प्र.पं.कमल चित्रकारको लिखितजवाफ । ५. मेरो जग्गाको साँधसँगै विपक्षी राममाया जोशीले घर बनाउन नक्सा दर्खास्त दिनुभएको रहेछ सो नक्सा दर्खास्त झुठ्ठा व्यहोराको भई नमिल्ने हुँदा मेरो बाधा विरोध उजूरी परेको हो साझा वा सार्वजनिक बाटोको खण्डमा निर्माण शुरू गर