निर्णय नं. १८६१ - जग्गा नामसारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८६१ - जग्गा नामसारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: चैत्र अंक: १२ फैसला मिति :२०४०/१२/३० २७४६ निर्णय नं. १८६१ ने.का.प. २०४० अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको देवानी पु. ४७०, ४७१ फैसला भएको मिति : २०४०।१२।३०।५ मा पुनरावेदक/प्रतिवादी : महानन्दको मु.स.गर्ने श्रीमती बैतडी जिल्ला श्रीकोट बस्ने विजुलीदेवी जोशीसमेत विरूद्ध विपक्षी/वादी : जि.बैतडी श्रीकोट मौनाकोट आईरी गाउँ बस्ने नन्दराम जोशीसमेत पुनरावेदक/वादी : ऐ.बस्ने नन्दराम जोशीको मु.स.गने खेमराज जोशीसमेत विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ बस्ने महान्द जोशीसमेत मुद्दा : जग्गा नामसारी गरिपाउँ (१) अंशियारको जग्गा देखिएपछि दर्ताको नाताले मात्र दर्तावालाको हक हुन्छ भन्न मिल्ने देखिँदैन । (प्रकरण नं. १८) पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. जग्गा नामसारी गरिपाउँ भन्ने मुद्दामा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : २. डोटी जिल्लामा एक मोहीको नाउँमा दर्ता जग्गा राखी सबै अंशियारले भोगी आउने चलन अनुसार परमानन्दका नाउँमा दर्ता राखी भोग गरी आएको ९५ सालको नापीमा मानदेवका सन्तान नाति हामीहरू समेतको अंशको जग्गा परमानन्दको नाति ४ भाइका नाउँमा दर्ता राखेको जग्गा खोसमोस गर्ने होइन भन्ने व्यहोराको ४ भाइले ९६।१।२ मा कागज गरी दिएकोले निजहरूकै नामबाट भोगी आएको हाम्रा नाउँमा दर्ता नामसारी नगरी दिँदा श्री ५ को सरकारमा निवेदन दिई कारवाही हुँदै जाँदा छुट्टै फिराद गरे हुने भन्ने सर्वोच्च अदालतबाट फैसला भएको सो मुद्दामा हाम्रो हक नदेखाई बयान गरेको साक्षी प्रमाण बुझी निज महानन्द समेतको नाउँमा दर्ता भएको कि.नं.६ पोत रु.१।८० मध्ये ।४५ तिराको खेत समेत लेखिएको खेत पाखा जग्गा मु.महानन्द समेत ४ भाइको नाम कट्टा गरी हामी नन्दराम ईश्वरीदत्त पुने गौरीशंकर बाबु हरिलाई थामी नामसारी गरिपाउँ भन्ने समेत फिरादपत्र रहेछ । ३. हक नपुग्ने पट्टिका मानदेवका सन्तानले हाम्रो अंंशबण्डाको जग्गा नामसारी गरिपाउँ भन्ने झुठ्ठा उजूर गरेको हो भन्ने समेत मु.महानन्द जयानन्द पूर्णानन्द समेतको प्रतिउत्तरपत्र । ४. ९५ सालको सर्पट जाँचमा कृष्णानन्दको नाममा दर्ता भएको एकै बाबुको सन्तान भएकोले दाजु महानन्दले उजूर गरे हुने, बाबु बाजेले हारी सकेको जग्गामा छोरा नातिको हक नपुग्ने एकपटक हारी सकेकोमा उजूर दायर नहुने हक लाग्छ भनी झुठ्ठा फिराद गरेमा ९५ सालको सर्पट जाँचमा गोपाल विष्णुभक्त नन्दकिशोर कृष्णानन्दको साझा दर्ताको जग्गा मलाई नै थामी पाउँ भन्ने समेत कृष्णानन्दको प्रतिवादी । ५. परमानन्द, महानन्दले गरी दिएको बन्धी परमानन्दलाई गरी दिएको दोहरी समेत जालासाजी हो भन्ने समेत वादी नन्दरामको बयान जालसाजी होइन सद्दे साँचो हो भन्ने प्र.कृष्णानन्दको र प्र.महानन्द समेतको वा.समेतको पूर्णानन्दको बयान र पुने जैसी हुँ, साक्षी बसी भएको सद्दे साँचो हो भन्ने धनसिंह समेतको वा पूर्णानन्दको बयान । ६. म समेतले गरी दिए भनेको १९९६।१।२ को कागज जालसाजी कीर्ते हो भन्ने कृष्णानन्द सद्दे हो भन्ने समेत वादीको वा समेत नन्दरामको बयान । ७. भोग तिरो दर्ताको सबूत वादीबाट नआएको बाबु बा