निर्णय नं. ६२८७ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२८७ - जिउ मास्ने बेच्ने भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2053/04/29 २५४१ निर्णय नं. ६२८७ ने.का.प २०५३ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५१ सालको फौ.पु.नं..............९७४ फैसला मितिः २०५३।४।२९।३ मुद्दाः जिउ मास्ने बेच्ने । पुनरावेदक प्रतिवादीः जि.कं. दैजी गा.वि.स. अन्र्तगत वस्ने धन सिंह नेगी । विरुद्ध प्रत्यर्थी वादीः मोहन सिंहको जाहेरीले श्री ५ को सरकार । § खोज्न जाने भनिएका व्यक्तिहरुमा नै विवाद देखिन्छ भने निजहरुले प्रहरीमा गरेको कागज तथा अदालतमा गरेको वकपत्रमा एकरुपता रहेको पाइदैन । यस्तो सामन्जस्यता नरहेको भनाइ वकाइलार्ई प्रमाणमा लिन मिल्ने नदेखिने । (प्र.नं.२१) § सामन्जस्यता नभएको खोज्न जानेहरुको भनाइ कै आधारमा लेखिएको सर्जमिनको कथनलार्ई भरपर्दो प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्र.नं.२१) § जाहेरवालाकी श्रीमती भारतमा विक्री भएको तथ्यको प्रमाणिकताको अभाव छ यस स्थितिमा प्रतिवादीलार्ई दावीको अभियोग कायम गरी सजाय गरेको शुरुको सदर गरेको पुनरावेदन अदालत महेन्द्रनगरको फैसला मिलेको नदेखिंदा उल्टी हुने । (प्र.नं. २१) पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री कुमार राज जोशी । प्रत्यर्थी तर्फवाटः विद्वान उप सरकारी अधिवक्ता श्री पवन कुमार शर्मा । अबलम्वित नजीरः न्या.केशव प्रसाद उपाध्यायः मेरो प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः १. मेरो र धनसिंहको गाईगोरु चराउने जंगल एउटै भएको हुंदा गाई चराउने मेरी श्रीमती विर्मा देवीलार्ई मिति ०३६।५।३१ गते जंगलवाट भगाई लगेको र खोजतलास गर्दा धनसिंह नेगीले विर्मा देवीलार्ई भारत हल्दानीमा लगी पन्जावी सरदारसंग विक्री गरेको भन्ने खवर पाई जांदा धनसिंह नेगीले रु.१०००। मा विक्री गरेको मेरो साथमा गहना मानसिंहले राखेको भनी निजले भन्दा जाहेर गर्न आएकी हुं, निज २ जनालार्ई मुलुकी ऐन जिउ मास्ने वेच्ने महलको ४,२ नं. वमोजिम सजाय गरी गहनाको विगो रु.११,१००। भराई पाउं भन्ने समेत व्यहोराको मिति ०३५।११।१६ को मोहनसिंह कुंवरको जाहेरी दर्खास्त । २. जाहेरवालाकी श्रीमतीलार्ई ललाई फकाई र गहना धनमाल सहित निजलाई धनसिंह र मैले भारत हल्दानीमा लगी सरदार संग रु.१०००। मा विक्री गरेको समेत हैन । आभथलाका मानिसहरुले हामीहरुलार्ई पक्राउ गर्न खोज्दा भाई धनसिंह भागी गएको कारणवाट जाहेरवालाकी श्रीमतीलार्ई निजले नै भगाएर लगेको हो की जस्तो लाग्छ भन्ने समेत व्यहोराको मान सिंह नेगीको ०३९।११।२६ को प्रहरीमा गरेको वयान । ३. जाहेरवालाकी श्रीमती हराई खोजतलास गर्दै रहेको अवस्था भारत हल्दानीमा छ भन्ने खवर पाउंदा खोज्न जांदा मानसिंह नेगीले फकाएको धनसिंह नेगीले ३ महिना सम्म स्वास्नी तुल्याई अनि सरदारसंग रु.१०००। मा विक्री गरेको गहना मानसिंहले लगेको हो भनी जाहेरवालाकी स्वास्नी विर्माले भनेको हो भन्ने समेतको धन वहादुर कुंवर समेतका सर्जमिनका मानिसहरुले गरेको सर्जमिन मुचुल्का । ४. विर्मा देवी धनसिंह नेगीको साथ लागी भारत हल्दानीमा पुगी हाल प्रतिवादी काहां वसेको कुरा मान्नु पर्ने आएता पनि वेच्ने उद्देश्यले मानसिंहले ललार्ई फकाई गरेको भन्ने कुरा ३,४ महिना सम्म स्वास्नी तुल्याई राखेको भन्ने देखिन आएकोले सांचो मान्नु भएन । जहांसम्म लोग्ने स्वास्नी भै भारत वसेको कुरा छ तवसम्म मानिसलार्ई गहना वुझाउने प्रयोजन पनि देखिन्न । तसर्थ मानसिंह माथि मुद्दा चलाउनु पर