निर्णय नं. ६२८८ - विगो र क्षतिपुर्ति दिलाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२८८ - विगो र क्षतिपुर्ति दिलाई पाऊँ भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2053/11/22 २७२१ निर्णय नं. ६२८८ ने.का.प.०५३ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५२ सालको देवानी पुनरावेदन नं. १८०५ फैसला मितिः २०५३।११।२२।४ मुद्दाः विगो र क्षेतिपुर्ति दिलार्ई पाउं । वादी पुनरावेदकः अष्ट्रिया ए. १२०० दिनको स्टर्डनुइ बूरगर आसे ७१।३२ घर भई नेपाल भ्रमण आउनु भएका कार्ल सोवेस बर्गर । विरुद्ध विपक्षी प्रतिवादीः गण्डकी अंचल कास्की जिल्ला पोखरा नगरपालिका वडा नं. ८ राष्ट्रिय वाल उद्यान स्कुलका संचालक सोम वहादुर वोगटी । § करारको पक्ष वादीले निवेदन दिएपछि निजले सोही मितिवाट नै करारमा उल्लेखित शर्तलार्ई नमानेको मान्नु पर्ने । (प्र.नं. ११) § करारको शर्तलार्ई नमानेको स्थितिमा करार बमोजिम प्रतिदिन रु.१००। का दरले क्षेतिपुर्ति पाउं भन्ने करारको निरन्तरता छदैछ भन्न नमिली सोही मितिवाट करार ऐन २०२३ को दफा १८(२)(ग) को म्याद ३ महिना भित्र नालेश गर्नु पर्नेमा सो म्याद नघाई आएको नालेशवाट करार वमोजिम गरी दिन मिल्ने नदेखिंने । (प्र.नं. ११) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अबलम्बित नजीरः फैसला न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको मिति २०४९।२।४ गतेको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. म अष्ट्रियन नागरिक नेपाल आउंदा Mercedes in D Model Eny को मिनिवस लिएर आएको थिएं । मिनिवस र पार्टसपुर्जाहरु विपक्षीले कास्की पोखरा नगरपालिका वडा नं. ८ स्थित राष्ट्रिय वाल उद्यान वोर्डिङ स्कुल संचालन गर्नका निम्ति म संगवाट रु.१७,०२८५। मा किन्न मन्जुर गरी ५०,०००। निज विपक्षीवाट वुझी करार भएको छ । मिति २०४३।१२।१४ मा रु.१५,०००। विभिन्न मितिमा रु.५००।, रु.१०००। रु.६००। समेत गरी जम्मा रु.१,४३,५००। मात्र भुक्तानी निजवाट मैले पाएको हुं । यसरी अव वांकी हुन आएका रकम २७,७८५। को १० प्रतिशतका दरले हुन आउने व्याज रु.३,४७३।१० र निजको भएको २०४३।१२।११ को करार अनुरुप मैले पाउने क्षेतिपुर्ति रु.४५,०००। समेत गरी जम्मा रु.७६,२५८।१० पैसा विपक्षीवाट दिलार्ई पाउं भन्ने समेत कार्ल सोवेस वरगरको फिरादपत्र । ३. मिनिवसको मुल्य रु.१,३२,०००। मा किनी विपक्षीसंग मिनिवस किन्ने वेच्ने सम्वन्धमा करार भएको हो । करार हुंदा रु.५०,०००। सोही दिन दिने रु.३०,०००। करार भएको ३ दिनमा दिने र वांकी रकम रु.५२,०००। वि.सं. २०४४।६।८ मा तिर्नुपर्ने शर्तमा करार भएको थियो । करार अनुसार पहिलो किस्ता सोही दिन रु.५०,०००। र दोस्रो किस्ता २०४३।१२।१३ गते रु.३०,००० हाम्रो इमान जमान अनुसार विपक्षीलार्ई विना भरपाइ दिएको थिए । मैले शर्त अनुसार विपक्षीलार्ई रकम विना भरपाइ विपक्षी माग आएका समय सम्ममा वुझाई सकेको थिएं । मैले मिनिवस वाहेक अन्य सामानवाट पुर्जाहरु किनेको पनि छैन र राखेको पनि छैन । विपक्षीले नै मिति २०४४।१०।२७ गतेमा पैसा माग्न आउंदा रु.२८,०००। दिंदा अव पैसा चुक्ता भयो भनेकोले पैसा पुरा भएको थाहा पाएं । विपक्षीले आफ्नो फिरादीले व्याज रु.३,४७३।१० र क्षेतिपुर्ति रु.३५,०००। पाउनु पर्ने भनी उल्लेख गरेको छ तर हाम्रो करारमा कहि कतै पनि व्याजको उल्लेख भएको छैन । मिति २०४३।१२।११ गतेको करार अनुसारको रकम मैले विपक्षीवाट दिइसकेको छु । मैले शर्त अनुसार क्षेतिपुर्ति दिनु पर्ने होइन । विपक्षीको फिराद हदम्याद भित्रको पनि