निर्णय नं. ६२८९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२८९ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2052/12/13 २८३४ निर्णय नं. ६२८९ ने.का.प. २०५३ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५१ सालको रिट नं......२५२६ आदेश मितिः २०५२।१२।१३।३ विषयः उत्प्रेषण । निवेदकः नवीन रोलङ इन्डष्ट्रिज (प्रा) लिमिटेडको तर्फवाट ऐ.का अधिकार प्राप्त अध्यक्षका न.पा.वडा नं. २५ इन्द्रचोक वस्ने सुरेश चन्द्र अग्रवाल । विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिष्द सचिवालय समेत ३ । § अन्तःशुल्क कुनै उद्योगले उठाई खान पाउने नभई श्री ५ को सरकारलार्ई कानून वमोजिम वुझाउनु पर्ने अन्तःशुल्क वापतको रकम वुझाउन नपर्ने सुविधा सम्म हो यो कानूनले त्यस्तो अन्तःशुल्क छुट सुविधा उद्योगले आफुले क्रेतावाट उठाएर अन्तःशुल्क लिन खान पाउने भन्ने कानूनी आधारको अभाव भएको र अन्तशुल्कको विषयगत प्रकृतिवाट सो निष्कर्ष निकाल्न नमिल्ने हुंदा समेत निवेदकको कुनै कानूनद्वारा प्रदत्त हक हनन् भएको भन्न नमिल्ने । (प्र.नं. ११) निवेदक तर्फवाटः श्री विद्वान अधिवक्ता श्री कमल नारायण दास विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ । अबलम्बित नजीरः आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३(८८) २ वमोजिम पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छः २. श्री ५ को सरकार उद्योग विभागवाट मिति ०४०।१।२९ मा औद्योगिक इजाजत पाई ०४०।३।१९ मा कम्पनी दर्ता भई पटक पटक औद्योगिक इजाजतको म्याद थप पाई मिति ०४६।२।२७ देखि औद्योगिक इजाजत प्रारम्भ गरेको । मुल ऐन लागु छंदा नै औद्योगिक इजाजत पाइ इजाजत भित्रको म्याद भित्रै उत्पादन प्रारम्भ गरेको हुनाले मुल ऐनको दफा १०(ग)(२) र (३) तथा संशोधित ऐनको दफा १०(२) अन्र्तगत उत्पादन प्रारम्भ गरेको मिति २०४६।२।२७ देखि ८ वर्ष का लागि शत प्रतिशत अन्तशुल्क छुट दिन पर्नेमा अन्तशुल्क छुट नदिएकोले वाध्य भई सम्मानित अदालतमा सम्वत् २०४६ सालको रिट नं. ८२८ को उत्प्रेषणको निवेदन दिएकोमा सम्मानित अदालतको संयुक्त इजलासवाट ०४७।२।९।४ का दिन उल्लेखित अन्तशुल्क छुट सुविधा प्रदान गर्न र असुल गरेको अन्तशुल्क समेत फिर्ता गर्नका निमित्त पु.नं. ३ समेतको नाउंमा उत्प्रेषण परमादेशको आदेश जारी गरी पाउन प्रस्तुत रिट परेको । ३. देशको अरु रोलिङ मिलहरु अन्तशुल्क छुट सुविधाको औद्योगिक सुविधाको म्याद समाप्त गरी सकेको एक मात्र निवेदक उद्योग अन्तशुल्क औद्योगिक छुट सुविधा अवधि भित्र संचालित भइरहेको हुनाले यस उद्योगको उत्पादनमा अन्तशुल्क नलाग्ने तर अन्य यस्तै उद्योगहरुको उत्पादनमा अन्तशुल्क लाग्ने भएकोले निवेदक उद्योग आर्थिक सवलता तर्फ लम्किरहेको वेला श्री अर्थ राज्य मन्त्रिज्युद्वारा मिति ०५०।३।२७ का दिन संसदको पांचौं अधिवेशनमा प्रस्तुत वजेट वक्तव्यको दफा ८३ मा वनस्पती घिउ र तेल चाउचाउ विस्कुट सावुन तारपिनको तेल प्लाष्टिक व्याग र भाडाकुंडा पि.भी.सी कपर तथा आल्मूनियम वायर टायर ट्युव सिन्थेटिक कपडा पि.भि.सि. कम्पाउण्ड कृत्रिम छाला वारेडिनवाट तयार भएको वस्तु ५८ तथा प्लनसीट पाता तार वायर पाइपहरु, जीप फस्नर, क्यासेट टेप तथा विजूलीका व्याग स्वीचहरुमा लागि आएको अन्तशुल्क पूर्णरुपले हटाएको भनी वोली पर्नुका साथै ऐ. मितिमा नेपाल राजपत्र खण्ड ४३ अतिरिक्ताङ २१(३) मा सामयिक कर असुल ऐन, २०१२ को दफा ३ को अधिकार प्रयोग गरी प्रकाशित गरिएको प्र.नं.