निर्णय नं. ६२९० - प्रतिशेध, परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरीपाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२९० - प्रतिशेध, परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरीपाउं । भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2053/03/26 ३२८० निर्णय नं. ६२९० ने.का.प. २०५३ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५२ सालको रिट नं............२९४१ आदेश मितिः २०५३।३।२६।३ विषयः प्रतिशेध, परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरीपाउं । निवेदकः का.जि.का.न.पा. वडा नं. ३३ वस्ने वर्ष ३६ को लभ कुमार मैनाली । विरुद्ध विपक्षीः निर्माण तथा यातायत मन्त्रालय समेत ५ । § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७० को अधिकार काठमाडौं नगरपालिकाका प्रमुखलार्ई प्रत्यायोजन गरिएको भन्ने कुराको पुष्टी मिसिल संलग्न अंचल यातायात व्यवस्था कार्यालयको मिति ०५१।१०।१८ को पत्रवाट भएको छ । सःशुल्क र निशुल्क पार्किङ स्थल प्रत्यायोजित अधिकार वमोजिम नगरपालिकावाट भएको भन्नेमा विवाद नहुने । (प्र.नं. १४) § नगरपालिकाले नगरपालिका ऐन, २०४८ को दफा ४६ मा भएको व्यवस्था वमोजिम तोकिएको सवारी पार्किङ गरे वापतको शुल्क लिन पाउने व्यवस्था भएको र सोही ऐनको अधिकार प्रयोग गरी श्री ५ को सरकारले वनाई लागु भएको नगरपालिका कार्य व्यवस्था नियमावली, २०४९ को नियम ३९ ले सवारी पार्किङ गरे वापत सवारीको प्रकृति अनुसार सवारी पार्किङ शुल्कको अंक किटान गरी दिएको देखिन्छ । पार्किङ स्थल तोक्ने र त्यस्तो तोकिएको पार्किङ स्थलमा आफ्नो सवारी राख्नेलार्ई सो सवारी राखे वापत सवारीको प्रकृति अनुरुप सवै सवारीमा समानुपातिक रुपले पार्किङ शुल्क लगाई पार्किङ स्थलको व्यवस्थापन गर्न समेत रकम आवश्यक पर्ने नै हुन जान्छ । त्यसरी आफ्नो नगर क्षेत्र भित्रका सडकमा पार्किङ स्थलको व्यवस्था गरी उक्त तोकिएको स्थलमा सवारी राखे वापत निश्चित सेवा शुल्क लिने लिन लगाउने काम कार्यवाहीमा प्रष्ट रुपमा कानूनी त्रुटी भएको भन्ने देखिन नआएको अवस्थामा रिट जारी गर्नु उपयुक्त नहुने । (प्र.नं. १५) निवेदक तर्फवाटः श्री विद्वान अधिवक्ता श्री लभ कुमार मैनाली । विपक्षी तर्फवाटः अबलम्बित नजीरः फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८ वमोजिम पर्न आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. निवेदक मोटर साइकल हाक्ने गर्दछु, निवेदकको पेशासंग सम्वन्धित कार्यालय पुतली सडकमा छ, निवेदकले हाक्ने गरेको मोटर साइकल निर्दिष्ट स्थानमा अड्याए वापत कुनै दस्तुर तिर्नु परेको छैन । केहि दिन पहिले मोटर साइकल अड्याउने ठाउं पुतली सडकमा सःशुल्क पार्किङ स्थल भन्ने वोर्ड गाडिएको छ । सो वोर्ड गाडेको लगत्तै पछि मिति ०५२।१।३ गते को कान्तिपुर दैनिकको पृ.नं. २ मा अटो पार्किङ (प्रा) लि एवं का.न.पा. वीच सःशुल्क पार्किङ व्यवस्थापन गर्ने सम्वन्धमा सम्झौता सम्पन्न भएको र सो सम्झौता अनुसार निवेदकले आफ्नो सवारी साधन अड्याउने गरेको पुतली सडकमा समेत दस्तुर तिर्नु पर्ने खवर प्रकाशित भएको थियो । कान्तिपुर दैनिकमा प्रकाशित खवर अनुसारको यदि संझौता भएको हो भने सो कानून विपरीतको संझौता हुने भएको र निवेदकले आफ्नो सवारी साधन अड्याए वापत शुल्क तिर्नु पर्ने वाध्य गराउने निर्णय संझौता एवं कारवाहीवाट निवेदकको नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११,१२,१७ समेत द्वारा प्रदत्त मौलिकहकमा आघात पुग्न जानुको अलावा धारा ७३ (१) को समेत उल्लंघन हुन गएको हुंदा अन्य वैक