निर्णय नं. ६२९१ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२९१ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउं । भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2053/01/17 २७८७ निर्णय नं. ६२९१ ने.का.प.०५३ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५० सालको रिट नं. ३०७० आदेश मितिः २०५३।१।१७।२ विषयः उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउं । निवेदकः जि. सर्लाही रामगंज गा.वि.स वार्ड नं. ५ वस्ने वर्ष ३ को भरत वहादुर थापा । विरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय, सिंहदरवार समेत ४ । § लिलाममा वोलेर मात्र पुरा नहुने, लिलामको प्रकृया पुरा गरी स्वीकृत प्राप्त गरी चलनपुर्जी प्राप्त गर्ने दर्ता गर्ने, लगायतका कार्य सम्पन्न भएपछि लिलामको कार्य सम्पन्न हने । (प्र.नं.१० ) § मौकामै लिलाम रीतपुर्वकको नहुंदा स्वीकृत नगर्ने निर्णय भएको र त्यस्तो निर्णय मौकामै विभागले सम्वन्धित माल कार्यालयमा पठाएको भन्ने लिखित जवाफ भएको र आफुले पैसा समेत वुझाई सकेको लिलामका सम्वन्धमा मौकामा खोजी नीति गर्ने र चलनपुर्जि प्राप्त गर्नेतर्फ आवश्यक कारवाही चलाउनु पर्ने जग्गा जस्तो समय समयमा भोग चलन व्यवहार गर्नु पर्ने विषय भएकोले साविक जग्गावालाले नै भोगचलन गरेपछि मालपोत नियमावली, २०३६ को नियम ७(३) अनुसार मौकामै लिलाम रीतपुर्वक नभई स्वीकृत नभएको कुरा जानकारी हुने अवस्था भएको र लिलाम पुरा भई हक प्राप्त भै सकेको अवस्था नदेखिंदा समेत रिट जारी गर्न नमिल्ने । (प्र.नं.१०) निवेदक तर्फवाटः विपक्षी तर्फवाटः अबलम्बित नजीरः फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३(८८) २ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. विपक्षी मालपोत कार्यालयले सर्लाही जिल्ला अन्तर्गतका मालपोत वांकी राख्ने जग्गा धनीहरुका जग्गा लिलाम गर्ने सुचना प्रकाशित भएकोले व्रम्हस्थान नाउं दर्ता रहेको कित्ताको क्षेत्रफल ५-६-१९ र देवता महाकाली नाउ दर्ताको १२ कित्ताको क्षेत्रफल ११-५-० जग्गा लिलाम सकार गर्न वढावढमा भाग लिएको थिएं । ३. जग्गाधनी ब्रम्हस्थान भएको ७ कित्ताको क्षेत्रफल ५-६-१९ को लागि छ जनाले लिलाम बढाबढमा भाग लिएकोमा मेरो वोलकवोल सवै भन्दा वढी रु.५,१५१ भएको र देवता महाकली जग्गाधनी भएको १२ कित्ता जग्गा क्षेत्रफल ११-५-० को लागि ५ जनाले लिलाम वढावढमा भाग लिएकोमा त्यसमा पनि सवै भन्दा वढी वोलकवोल अंक रु. ९,२११। मेरो भएकोले सो रकम समेत मिति २०४३।५।२९ मा नै सत प्रतिशत दाखिला गरेको छु । उपरोक्त लिलामका सम्वन्धमा कसैको विरोध वा आपत्ति रहेको, उजूरी परेको मलार्ई जानकारी छैन । आफुलार्ई लिलाममा परेको जग्गाहरुको दर्ता तथा भोगचलनका लागि शुरु शुरुमा विभागीय स्वीकृतिका लागि माथि गएको छ भनी विपक्षी मालपोत कार्यालयले मौखिक आश्वासन दिएको थियो । सोही क्रममा मिति २०५०।७।२७ मा विपक्षी मालपोत कार्यालयमा सम्पर्क राख्दा उक्त जग्गाहरुका सम्वन्धमा विभागीय स्वीकृति प्राप्त हुन नसकेकोले कारवाही गर्न नमिल्ने भन्ने ठाडो जवाफ पाइएकोले लिलामी मुचूल्का समेतको नक्कल सारी मौलिकहक संरक्षणका लागि रिट निवेदन दिन आएको छु। ४. विपक्षी विभागले मालपोत कार्यालयलार्ई लेखेको मिति २०४३।८।२४ को पत्रमा एकातिर श्री ५ को सरकारवाट मिति ०४३।७।२४ मा निर्णय हुंदा वुझ्न पर्ने कुरा विभागको स्तरवाट वुझे हुने र कानूनी रीत नपुगेको अव