निर्णय नं. ६२९२ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२९२ - अंश चलन भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2052/12/12 २९१५ निर्णय नं. ६२९२ ने.का.प.२०५३ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५१ सालको दे.पु.नं. २६०३ फैसला मितिः २०५२।१२।१२।२ मुद्दाः अंश चलन । निवेदक प्रतिवादीः का.जि. वालकुमारी गा.वि.स.वडा नं. ६ वस्ने गंगा वहादुर महर्जन । विरुद्ध विपक्षी वादीः ऐ.का.न.पा.वडा नं. १९ वस्ने राम महर्जन । § वादीले आफ्नो पिताको मृत्यु पश्चात आफ्नो नाममा नामसारी गराई आफ्नो भागको अचल सम्पति विक्री गरेको देखिंदा व्यवहार प्रमाणवाट वादी प्रतिवादी वीच वण्डा भइसकेको देखिन आउने। (प्र.नं. १५) § अंशवण्डाको ३० नं. ले आफ्नो अफ्नो भागको अचल छुटृाछुटै भाग विक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणवाट वण्डा भइसकेको ठहरेमा वण्डापत्र रजिष्ट्रेशन नभएको वा घटीवढी असल कमसल भएको भन्न नपाउने गरेको र वादी प्रतिवादीले आ-आफ्नो भागको अचल छुटृा छुटै भाग विक्री व्यवहार गरेको व्यवहार प्रमाणवाट पुष्टि भएको देखिंदा वादीले प्रतिवादीवाट अंश भाग छुट्याई लिन पाउने अवस्था देखिन नआउने । (प्र.नं. १६) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल । विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वन्जाडे । अबलम्वित नजीरः फैसला न्या. कृष्ण कुमार वर्माः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान भएको उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. वाजे जुद्धवीर महर्जनका दुइ छोरा जेठो म फिरादीको पिता तेजविर, कान्छो विपक्षी सैंचा महर्जन भएको मेरो पिता २०११ सालमा र आमा १९९० सालमा परलोक भएको निजहरुको अंश हक खाने म फिरादी एक मात्र भएको । वावु आमा म फिरादी सानै हुंदा परलोक भएकाले विपक्षी काका सैंचा महर्जन, निजको छोरा गंगा वहादुर, समेतले घरमा वस्न नदिएवाट वाध्य भई भारततर्फ गै २७ वर्षपछि २०४३ सालमा स्वदेश फर्की विपक्षीहरु कहां गई मेरो वावुको अंश भाग माग गर्दा नदिएकोले फिराद परेको अघिल्लो दिनलार्ई मानो छुटिृएको मिति कायम गरी विपक्षीहरुवाट सम्पुर्ण सम्पत्तिको तायदाती लिई २ भागको १ भाग अंश दिलार्ई चलन समेत चलार्ई पाउं भन्ने वादीको फिराद दावी । ३. म जुद्धबीरको नाती सैंचाको छोरा हुं मेरो अंशको श्रोत सैंचा हो भने विपक्षीको अंशको श्रोत तेजवीर हुन । वादीलार्ई म उपर फिराद गर्ने हकदैया छैन । म वावा सैंचा महर्जनवाट अगाडि नै अंश लिई भिन्न बसेको व्यक्ति हुं । बाबाले मलार्ई वालकुमारी गा.पं. वडा नं.१(ख) कि.नं. ८१ र ८३ को जग्गा ०३८।९।२० मा पास गरी दिनु भएवाट पनि म भिन्न भै वसेको भन्ने स्पष्ट देखिन्छ । हामीहरुको अंशमा परम्परा देखि चली आएको मुद्दा गुठी छ, त्यसमा भिन्न नभई पालो लिन पाइदैन। वादीको पिताको समयमा १९९३ सालमा नै उक्त गुठीमा प्रवेश गरी पालो लिएको कुरा गुठीको नाइके शेर वहादुर महर्जनलार्ई वुझेमा पनि प्रष्ट हुन्छ । यसवाट वादी अघि नै भिन्न बसेको भन्ने स्पष्ट हुन्छ । यस्तै वादीले आफ्नो नाउंमा जग्गा दर्ता नामसारी समेत गरी २०११।५।१७ मा मोहनलाल महर्जनलाई दिएका छन् । वादीले आफ्नो वावुको अंश सम्पति लिई खाई सकेपछि पुनः अरुको उस्कावटमा लागि झुटृा कुरा उल्लेख गरी दिएको फिराद खारेज गरी वादीलार्ई नै सजाय गरी पाउं भन्ने प्रतिवादी गंगा वहादुर महर्जनको प्रतिउत्तर पत्र । ४. वावा परलोक भएपछि विपक्षीका पिता र म हामी दाजुभाईको वीचमा आपसी