निर्णय नं. ६२९३ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२९३ - अंश नामसारी भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2053/02/15 ३०९८ निर्णय नं.६२९३ ने.का.प.०५३ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०४९ सालको दे.पु.नं............८५८,८५९ फैसला मितिः २०५३।२।१५।३ मुद्दाः अंश नामसारी । पुनरावेदक वादीः जिल्ला नवलपरासी पाल्ही गा.वि.स. वडा नं. ५ वस्ने राम नरेशदास पटनावार समेत २ । विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला नवलपरासी पाल्ही गा.वि.स. वडा नं. ५ वस्ने शिव मंगलदास पटनवार समेत। § प्रस्तुत मुद्दामा समेत वादी प्रतिवादीको मानो छुटिृएको मिति फिराद परेको अघिल्लो दिनलार्ई कायम गरी तायदाती फांटवारी माग गरिएको देखिन्छ । सो कुरालार्ई प्रतिवादीहरुले मौकामा उजुर गरी बदर गराएको समेत देखिन नआएको अवस्थामा पुनरावेदन तहमा मात्र आई सो कुराको जिकिर लिएको समेत मनासिव देखिन नआउने र अगाडिको मुद्दावाट समेत यी वादी प्रतिवादीहरुका बिचमा मानो छुटिृएको मिति कायम भएको नभई उक्त मुद्दामा वादी र प्रतिवादीहरुको वीचमा मानो छुटिृएको मिति कायम भएकोलार्ई लिखत सवुदको अभावमा यी वादी प्रतिवादीहरुको समेत सोही मितिमा मानो छुटिृएको रहेछ भन्न मिल्ने अवस्था समेत नदेखिने (प्र.नं. १३) § अंशियार नै साक्षी बसी राजिनामाको कैफियतमा माइती तर्फवाट पाएको रुपैयावाट खरिद गरेको व्यहोरा उल्लेख गरी लिएको सम्पत्ति दाइजो पेवाको होइन रहेछ भन्ने सकिने अवस्था नदेखिदा त्यस्तो सम्पति वण्डा हुनु पर्ने भनी वादीको पुनरावेदन जिकिर मनासिव नदेखिने । (प्र.नं.१४) § प्रस्तुत फिराद परेको अघिल्लो दिनलाई मानो छुटिृएको मिति कायम भएवाट सो भन्दा अगाडि यी वादी प्रतिवादी एका संगोलकै अंशियार मान्नु पर्ने हुंदा त्यस्तो सगोलको जुनसुकै अंशियारका नाउमा रहेको जग्गा अन्यथा प्रमाणित हुन नआएसम्म सगोल कै वण्डा लाग्ने सम्पति मान्नु पर्ने । (प्र.नं. १४) § पुनरावेदक प्रतिवादीहरु सत्यानन्द र रामवृन्दले त्यसरी सगोलमा रहेको अवस्थामा राजिनामावाट खरीद गरी लिएको जग्गा नीजि ज्ञानसीपवाट आर्जन गरी लिएको भन्नलार्ई त्यस्तो नीजि आर्जन श्रोतको कुनै लिखत प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको मिसिलवाट देखिन आएन । यस्तो सवुद प्रमाणको अभावमा सगोलमा रहेको अवस्था राजिनामावाट खरीद गरी लिएको त्यस्तो अचल सम्पति नीजि आर्जनको भन्न ठहराउन मिल्ने अवस्था समेत देखिन नआउंदा सो जग्गावाट वण्डा लाग्न नपर्ने भन्ने समेत प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने नदेखिने । § (प्र.नं. १४) पुनरावेदक तर्फवाटः प्रत्यर्थी तर्फवाटः अबलम्वित नजीरः फैसला न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत वुटवलको मिति २०४९।५।२१ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) अनुसार पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. मुल पुरुष गयादास पटनवारका ४ छोरामा जेठा विपक्षी शिवमंगल दास माहिला म वादी गोपीवनका वावु हर्षमान, साहिला म वादी रामनरेश दासको वावु रामचन्द्र दास र कान्छा म वादी प्रेम सागरको वावु जितई दास हुन, वाजे गयादास तथा हामी फिरादीका वावुको परलोक भै सकेको छ । विपक्षी मध्येका औधा पटनवारिन शिवमंगलको श्रीमती र अन्य बिपक्षी छोराहरु हुन । हामी जम्मा ४ अंशियारा छौं । हामीहरु वीच अंशवण्डा भएको छैन । बिपक्षी शिव मंगलदासको छोरा पुरुषोतम दासले वावु र सौतेनी आमा माथि यसै अदालतमा दिएको अंश मुद्दामा हामी समेत पेटवोलीवाट वुझिएका र