निर्णय नं. ६२९४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२९४ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: फागुन अंक: ११ फैसला मिति :2053/04/14 २८०२ निर्णय नं. ६२९४ ने.का.प.०५३ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५१ सालको रिट नं...........२३५५ फैसला मितिः २०५३।४।१४।२ मुद्दाः उत्प्रेषण । निवेदकः उदयपुर जिल्ला रिस्कु गा.वि.स. वडा नं. ८ हाल परिवर्तित ऐजन कटारी गा.वि.स. वडा नं. ८ वस्ने काशीराज राई । विरुद्ध प्रत्यर्थीः उदयपुर जिल्ला अदालत समेत ४ । § विधिवत अंशवण्डा भइसकेकोमा मानु जोडिएकोमा पारीत लिखतको अभावमा तमसुकमा एकासगोलको वावु भन्ने लेखिदैमा निजको सम्पत्तिवाट छुटृी भिन्न भएको छोराले लिएको ऋणको दायित्व पुरा गराउन नमिल्ने । (प्र.नं. ९) § वावु आमासंग अंश लिई भिन्न भई सकेको छोराले लिएको ऋण निजको आमाको नाउंवाट वावुको नाउंमा नामसारी भै गएको जग्गावाट भरी भराउ गर्ने जिल्ला अदालतको कारवाहीलार्ई वदर गरेको पुनरावेदन अदालत राजविराजको आदेश कानून विपरीत भएको नदेखिंदा निवेदकको माग वमोजिम रिट जारी गर्न नमिल्ने । (प्र.नं. ९) निवेदक तर्फवाटः विव्दान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फवाटः अबलम्बित नजीरः फैसला न्या. गोविन्द वहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(२) वमोजिम रिट निवेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. प्रत्यर्थी मध्ये लाल वहादुर खड्काले निवेदकसंग मिति २०४१।१२।११ मा निजको एकाघरको वावु शमशेर वहादुर साक्षी वसी रु. १६,०००। तथा मिति २०४१।१२।१२ मा धान मुरी ४८ समेत लिई ०४३ साल माघ महिना सम्ममा सावा रकम वुझाउने र वुझाउन नसकेमा निजको नाउंमा दर्ता रहेको उदयपुर जिल्ला रुपाटार गा.वि.स. वडा नं. ८(ग) कि.नं. १९६ को ज.रो. ७।३।।१ र २ ऐ कि नं. २२८ को ज.रो. ५-३-२.१ र २ जग्गा पारीत गरी दिने शर्त गरी घरसारमा दुवै लिखत गरी दिनु भएको थियो । सो दुवै लिखतहरु बमोजिमको सावा व्याज रु.५४,८६२।७६ र कोर्ट फि समेत दिलार्ई भराई पाउन उदयपुर जिल्ला अदालतमा लेनदेन फिराद गर्दाको अवस्थामा सावा रु.१६,०००। धान मुरी ४८ को रु.१९,०००। समेत रु.३५,०००। र कोर्ट फि समेत रु.१३३१। दिलार्ई भराई पाउने ठहरी मिति २०४८।४।२९ मा भएको फैसला अन्तिम भइरहेको छ । सो फैसला वमोजिम विगो भराई पाउने प्रत्यर्थी लाल वहादुर खड्का निजको पिता शमशेर वहादुर खड्का तथा प्रत्यर्थी लाल वहादुर खडकाको आमा मनमाया खड्काको जायजात देखाई दण्ड सजायको ४२ नं. वमोजिम दरखास्त उदयपुर जिल्ला अदालतमा पेश गरी कारवाही भई प्रत्यर्थी लाल वहादुरलार्ई म्याद सूचना पठाउंदा म्यादमा विगो दाखिल नगरेकोले लेनदेनको लिखतमा उल्लेख भएको तथा दरखास्तमा देखाइएको मनमायाको नाउंको सम्पत्तिवाट विगो भराउन जनाउ दिंदाको अवस्थामा निज मनमाया खडकाको मिति २०४८।६।११ मा मृत्यु भएको तथा निजको नाउंका सम्पत्ति मिति २०५०।६।१३ मा शमशेर वहादुरको नाउंमा नामसारी भएको एं प्रत्यर्थी लाल वहादुर खड्का ०४० सालमा नै वण्डा भई अलग वसेको हुनाले रोक्का राख्ने आदेश वदर गरी पाउं भन्ने निवेदनमा उदयपुर जिल्ला अदालतवाट कानून वमोजिम गर्नु भन्ने आदेश भयो । सो आदेश उपर प्रत्यर्थीको पुनरावेदन अदालत राजविराजमा अ.वं. १७ नं. को निवेदन पर्दा पुनरावेदन अदालत राजविराजले उदयपुर जिल्ला अदालतको आदेश वदर गरी शमशेर वहादुरवाट अंश पाउने छोरा लाल वहादुरले भाई नर वहादुरको भाग समेत पाउने र आमा मनमायाको अंशमा निजको हक नलाग्ने गरी २०४०।९।१३ मा व