निर्णय नं. ७४७९ - सट्टापट्टा ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४७९ - सट्टापट्टा । भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/०१/२२ ३९६५ निर्णय नं. ७४७९ ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री हरिजङ्ग सिजापती माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी संवत् २०६१ सालको दे.पू.ई.नं. .....२७ फैसला मितिः २०६२।१।२२।५ मुद्दा :– सट्टापट्टा । पुनरावेदकरवादीः जिल्ला नुवाकोट, बेलकोट गा.वि.स. वडा नं. ५ बस्ने चन्द्रशेखर पाण्डे विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.मदानपुर गा.वि.स.वडा नं. ६ बस्ने नवराज पाण्डे § मनासिव कारणहरु आवश्यक नपर्ने भए लेनदेन व्यवहारको ३६ नं.मा “चित्त नबुझ्ने” ले भन्ने शब्दावली रहनुपर्ने पनि थिएन । चित्त बुझेन भन्ने वित्तिकै सो चित्त नबुझ्नाका मनासिव कारणहरु अनिवार्य हुनुपर्ने । § उल्लिखित शव्दावलीवाट घरको मुख्यले गरेको सटृापटृा निजले फिर्ता लिनदिन सक्नेसम्म देखिन आएकोले वादीलाई प्रस्तुत फिराद गर्ने हकदैया नै छैन, घरको मुख्यले गरेको सटृापटृामा लेनदेन व्यवहारको ३६ नं. ले निजलाई पुनः फिर्ता दिने भन्ने विधिकर्ताको मनसाय होइन भन्ने प्रतिउत्तर जिकिर एवं प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीको वहस मनासिव नदेखिने । § आफ्नो एकाघरको छोराको नाममा रहंदाको अवस्थामा खेती भोगचलन गरी आएको जग्गाको प्रकृतिको वारेमा यी वादीलाई थाहा जानकारी थिएन होला भन्न सकिने अवस्था नदेखिदा फिरादीले फिरादमा उल्लेख गरेका कारणहरु मनासिव र तथ्यपरक हुन् भन्न नसकिने । (प्रकरण नं.१८ र १९) पुनरावेदक वादी तर्फवाटःविद्वान अधिवक्ता श्री हिरा रेग्मी प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री शम्भु थापा, श्री कृष्ण देवकोटा, श्री इन्द्र खरेल अवलम्वित नजिरः आदेश न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भै संयुक्त इजलासका माननीय न्यायाधीहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र निर्णय यसप्रकार छ :– २. विपक्षी नवराज पाण्डेको नाउंमा मालपोत कार्यालय नुवाकोटमा दर्ता भएकोमा नुवाकोट जिल्ला मदानपुर गा.वि.स.वडा नं. ६ कि.नं. ४९३ को क्षेत्रफल १४–१५–३–३ खेत किसिमको पुरै जग्गा म फिरादी चन्द्रशेखर पाण्डेको नाउंमा दर्ता हुने गरी र म फिरादीका नाउँमा दर्ता भएको नुवाकोट जिल्ला वेलकोट वा.वि.स.वडा नं. ५ कि.नं. १२११ को क्षेत्रफल १७–०–० खेत पुरै जग्गा विपक्षी प्रतिवादी नवराज पाण्डेको नाउंमा दर्ता हुने गरी हामी दुवैले मिति २०५३।२।१४ मा सट्टापट्टाको लिखत पारित गरीबसेकोमा मैले विपक्षीलाई दिएको जग्गामा कुलोपानीको सिंचाई भएकोले आषाढ महिनामा ७५ मुरी र मंसीरमा ६५ मुरी धान उव्जनी हुन्छ । विपक्षीले मलाई दिएको जग्गा मलिलो नभई सेपिलो र पश्चिम तर्फबाट करीव ६ रोपनी जग्गा वेतिनि खोलाको ढुंगैढुंगाको वगर परी सो वगर बनाउन सम्भव नभएको हुंदा उक्त जग्गामा आषाढमा ४० मुरी र मंसीरमा ३० मुरी धान उब्जनी हुन्छ । त्यस कारण उक्त जग्गाहरु आ–आफ्नो जग्गा आ–आफूले फिर्ता गरीलिनु भन्दा आज भोलि भनी आलटाल गरेको र मिति २०५३।३।१५ मा विपक्षी संग भन्दा जानेको गर भनी जवाफ दिएकोले फिराद गरेको छु । मिति २०५३।२।१४ मा पारित भएको सट्टापट्टाको मेरा नाउँको जग्गा प्रतिवादीको नाउंमा र प्रतिवादीको नाउंमा दर्ता भएको जग्गा मेरो नाउंमा दर्ता गरिपाऊँ भन्ने समेत व्यहोराको