निर्णय नं. ७४८० - जालसाज ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४८० - जालसाज । भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/०१/२२ ४९८७ निर्णय नं.७४८० ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी सम्बत् २०६० सालको फौ.पु. ई.नं. .. १७ आदेश मितिः २०६२।१।२२।२ मुद्दा :– जालसाज । पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वार्ड नं. ६ वस्ने हरिप्रसाद खरेल विरुद्ध प्रत्यर्थी/ वादीः जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका वार्ड नं. ६ बस्ने भद्रप्रसाद खरेल समेत § अदालत व्यवस्थापन तथा न्याय प्रशासनसम्वन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐनको दफा २ को उपदफा (४) मा कहि पनि थाहापाएको मिति भन्ने वाक्यांश वा शब्द उल्लेख नै नभएको अवस्थामा संशोधन पूर्वको कीर्ते कागजको १८ नं. ले थाहापाएको मितिले मुद्दा दायर भएकोलाई हद म्याद भित्रै दायर भएको मानिने भन्ने वाक्यांश नै रहेको नदेखिने । § कानूनमा हुंदै नभएको शब्द छ भनि अर्थ गर्दा कानूनको व्याख्या नभएर कानूनको संशोधन हुन जाने । (प्रकरण नं.२४) § संशोधन आउनुपूर्व नै कीर्ते कागजको साविक १८ नं. को हदम्याद भए गरेको मिति नै कायम गरी अन्तिम रुपमा रहेको अवस्थामा स्पष्ट रुपले कानूनी व्यवस्थाको अभावमा काम भएगरेको मितिबाट शुरु हुने गरी कायम भै आएको हदम्यादलाई काम भएको थाहापाएको मितिबाट हदम्याद शुरु हुने मिति कायम भएको मान्न नमिल्ने । § अदालत व्यवस्थापन तथा न्याय प्रशासनसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५८ ले कीर्ते कागजको महलको १८ नं.मा गरेको संशोधित व्यवस्थाले सो संशोधन पूर्व परिरहेका काम भएगरेको कुरा थाहा पाएको मितिबाट परेको जालसाजी मुद्दाहरुलाई पनि हदम्याद भित्र परेको कथनसंग सहमत हुन नसकिने । (प्रकरण नं.२५) § मुलुकी ऐन कीर्ते कागजको महलमा भएको २०५८ सालको संशोधन सो ऐन जारी भएको मितिबाटै प्रारम्भ हुने भएबाट त्यसपछि पर्ने कीर्ते कागजको महल अन्तर्गतका विवादमा मात्र आकर्षित हुने देखिन आउने । (प्रकरण नं.२९) पुनरावेदन प्रतिवादी तर्फवाटः विद्वान अधिवक्तात्रय श्री अग्नी खरेल, श्री शतिशकृष्ण खरेल तथा हरिहर दाहाल प्रत्यर्थी वादी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान अधिवक्ता श्री शेरवहादुर के.सी. अवलम्वित नजीरः ने.का.प. २०५५, निर्णय नं. ६६२५, २०५८ सालको फौ.पु.नं. २८४९, २०५५ सालको फौ.पु.नं. १८९९ फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत विराटनगरको मिति ०५३।१२।२७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अन्तर्गत दोहोर्याउने निस्सा प्रदान भई संयुक्त इजलासवाट सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ को उप नियम (१) को देहाय (ख) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश अनुसार पेश हुन आएको प्रस्तुत पुनरावेदन सहित मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः- २. विपक्षीहरुलाई अंशियार देखाई निजहरु समेतबाट अंश पाउँ भनी हामीले दायर गरेको दे.नं. १०८८ को अंश मुद्दामा विपक्षीहरुले हामीलाई छुट्याई दिएको वण्डापत्रको लिखत पहिलेनै पास गराई सकेको भन्ने कुरा प्रतिवादी पिता हरिप्रसाद खरेलको प्रतिउत्तर परेपछि २०५०।६।२६ मा थाहा हुन आई मालपोत कार्यालय गै वझ्दा म वादी भद्रप्रसाद खरेलको उमेर ९ वर्ष र म वादी लेखनाथको उमेर २ वर्ष देखाई बिपक्षी पिता हरिप्रसाद खरेलले अरु बिपक्षीहरु तथा हामी वादी नावालकलाई समेत अंश दिएको र हाम्रो अंश हामी नावालक भएको कारणले