निर्णय नं. ८६१३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६१३ - कर्तव्य ज्यान भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/१०/०५ ४८९० ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६१३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री अवधेशकुमार यादव पुनरावेदन नं. २०६६–CR–००७२, ०१०८ फैसला मितिः २०६७।१०।५।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः भोजपुर जिल्ला, चरम्वी गा.वि.स. वडा नं. २ घर भै कारागार शाखा भोजपुरमा थुनामा रहेकी मधुमाया तामाङ विरुद्ध प्रत्यर्थी वादीः गणेश आले मगरको जाहेरीले नेपाल सरकार पुनरावेदक वादीः गणेश आले मगरको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः भोजपुर जिल्ला, चरम्बी गा.वि.स. वडा नं. २ बस्ने नरेन्द्रबहादुर तामाङ शुरु फैसला गर्ने :– मा.न्या.श्री श्यामप्रसाद लावती पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री हरिप्रसाद घिमिरे मा.न्या.श्री ऋषिराज मिश्र § अपराध मनसाय प्रेरित वा जघन्य हुनु नै अ.बं. १८८ नं. को कानूनी व्यवस्था आकर्षित हुन नसक्ने निरपेक्ष आधार बन्न सक्ने देखिँदैन भने उमेर, अपराधको स्वीकारोक्ति, पक्राउ परेपछिको पछुतोभाव, अभियुक्तको अशिक्षित अवस्था जस्ता कुराहरू पनि सबै अवस्थामा अ.बं.१८८ नं. प्रयोग हुने आधार बन्न नसक्ने । § अ.बं. १८८ नं. को प्रयोग अक्सर गरी घटनाको अवस्था र प्रकृति, मृतकका क्रियाकलाप, वारदात घटाउन अभिप्रेरित गर्ने तत्व, वारदात घटाउँदा अपनाएको कार्य शैली, अभियुक्तको मानसिक अवस्था, मृतक र अभियुक्तबीच भएका क्रियाकलाप जस्ता कुराहरूमा अक्सर निर्भर रहने । § अपराध र सजायबीच सन्तुलन कायम गर्ने सम्बन्धमा अ.बं. १८८ नं. को प्रयोग मुनासिव आधारबिना अपराधिक मनसाय, तयारी र योजनाबद्ध ढंगले क्रूर कार्यशैली अपनाई गरिने हत्याका सम्बन्धमा सजाय घटाउने अस्त्रको रुपमा विकसित गर्नु उचित नहुने । (प्रकरण नं.६) § कसूर स्वीकार गर्नु र प्रायश्चित् गर्नुलाई मात्र अ.ब. १८८ नं. बमोजिम सजाय घटाउने राय व्यक्त गर्ने निरपेक्ष आधार बनाइनु मुनासिव नहुने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामनाथ राई प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम अवलम्बित नजीरः § नेकाप २०४५, नि.नं. ३५७२, पृष्ठ ८७२, § नेकाप २०६१, नि. नं. ७३९९, पृष्ठ ७६९ § नेकाप २०४४, नि. नं. ३१७८, पृष्ठ ८४० § नेकाप २०४४, नि.नं. ३२०५, पृष्ठ ९२९ § नेकाप २०४९, नि.नं. ४५२२, पृष्ठ ४०१ § नेकाप २०४५, नि.नं. ३३७१, पृष्ठ १६२ § नेकाप २०६०, नि.नं. ७२४६, पृष्ठ ५८७, § नेकाप २०४६, नि.नं. ३७१६, पृष्ठ १०४ § नेकाप २०४५, नि.नं. ३६८४, पृष्ठ १३१५ § नेकाप २०४७, नि.नं.४१५४, पृष्ठ ४६१ § नेकाप २०४५, नि.नं. ३५४०, पृष्ठ ७६४ § नेकाप २०४१, नि.नं. १९६०, पृष्ठ ३२७ § नेकाप २०६१, नि.नं. ७४६६, पृष्ठ १४८६ § नेकाप ०४८, नि. नं. ४३०६, पृष्ठ २७४ § नेकाप ०४६, नि.नं. ३९७९, पृष्ठ १०८९ § नेकाप २०५६, नि.नं. ६८२१, पृष्ठ ८३८ § नेकाप ०६७, नि.नं. ८४१५, पृष्ठ ११५९ § नेकाप २०४४, नि.नं. ३२७९, पृष्ठ ११९४ § नेकाप २०५७, नि.नं. ६९४३, पृष्ठ ७०४ सम्बद्ध कानूनः § ज्यानसम्बन्धी महलको १३(१), (४) § अ.व. १८८ नं. फैसला न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत धनकुटाको मिति २०६६। १।२।४ को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :– मेरो बुहारी तुलसा मगर (तामाङ्ग) लाई मिति २०६३।९।२६ गते ४:३० ब