निर्णय नं. ७४८२ - उत्प्रेषणयुक्त परमादेश समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४८२ - उत्प्रेषणयुक्त परमादेश समेत । भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :२०६१/०८/२९ ३१२२ निर्णय नं.७४८२ ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्वत् २०६१ सालको रिट नं. –३६४४ आदेश मितिः २०६१।८।२९।३ विषय :– उत्प्रेषणयुक्त परमादेश समेत । निवेदकः अछाम जिल्ला जनालीकोट गा.वि.स. वडा नं. ५ घर भई महालेखा नियन्त्रक कार्यालयको उपमहालेखा नियन्त्रक पदमा कार्यरत नारायणप्रसाद रेग्मी विरुद्व विपक्षीः मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौं समेत § कार्यसम्पादन मूल्यांकन अनधिकृत व्यक्तिवाट भएको अवस्थामा त्यस्तो कार्यसम्पादन मूल्यांकनले मान्यता प्राप्त गर्न नसक्नेमा सो आ.व. २०५७।५८ र २०५८।५९ को का.स.मु.लाई समेत मान्यता दिई वढुवाको प्रयोजनको लागि निवेदकको अँक गणना गरेको कुरा कानूनसम्मत भन्न नमिल्ने । (प्रकरण नं. १७) § रिट निवेदकको कुनै गल्तीको कारण नभै कार्यसम्पादन मूल्यांकन गर्ने पदाधिकारीहरुको त्रुटिपूर्ण एबं कानून विपरीतको कामकारवाही अर्थात निवेदकको उक्त दुई आर्थिक वर्षको त्रुटिपूर्ण कार्यसम्पादन मूल्यांकनलाई बढुवा समितीले मान्यता दिएकै कारण निवेदक वढुवा सिफारिसमा नपरेको अवस्था देखिदा निवेदकलाई पनि सो वढुवामा सामेल गर्नु भनी लोकसेवा आयोग समेतका विपक्षीहरुका नाममा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. १८) निवेदक तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती र श्री प्रकास वस्ती विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजीरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. मिति २०६०।८।२४ को गोरखापत्रमा प्रकाशित सूचना बमोजिम आयोगवाट वढुवा नं. २८।२०६०।६१ को विज्ञापनमा नेपाल प्रशासन सेवा रा.प.प्रथम श्रेणीको पद संख्या ९ र पछि मिति २०६०।९।१६ को गोरखापत्रमा प्रकाशित सूचनावाट थप संख्या ४ समेत जम्मा १३ वटा पद कार्यक्षमताको मूल्याँकन वढुवाद्धारा पूर्ति गर्ने गरी सम्भाव्य उम्मेदवारवाट दर्खास्त माग गरिएको हुनाले म निवेदकले पनि सम्भाव्य उम्मेदवारको हैसियतले वढुवा दर्खास्त फारम वुझाई वढुवाको सिफारिस सूचिमा आफ्नो नाम समेत प्रकाशित हुने विश्वासमा रहेको मा सामान्य प्रशासन मन्त्रालयको उक्त पदको वढुवा सिफारिस सम्वन्धी सूचना हेर्दा त्यसमा म निवेदक वाहेककै १३ जना व्यक्तिको नाम वढुवाको लागि सिफारिस भएको देखिएको र मेरो आ.व.२०५७।०५८ को का.स.मु.असम्वन्धित र अनधिकृत व्यक्तिले मूल्यांकन गरेकोमा आयोगले समेत सोही निर्णयलाई सदर गरेको छ । निजामती सेवा नियमावलीको नियम ७८ को उप नियम (२) मा स्पष्टरुपले निजामती कर्मचारीको कार्यसम्पादनको मूल्याकंनको लागि मूल्याँकन गरिने कर्मचारी भन्दा कम्तिमा एक श्रेणी माथिको सम्वन्धित कर्मचारी सुपरिवेक्षक हुनेछ । सुपरिवेक्षक भन्दा एक श्रेणी सम्वन्धित कर्मचारी पुनरावलोकनकर्ता हुनेछ भनी उल्लेख गरेको छ । यस्तो अवस्थामा सडक विभागको आर्थिक प्रशासन शाखा प्रमुख भई काम गर्ने म निवेदकको कार्यसम्पादन मूल्याँकन फाराममा सुपरिवेक्षक भई मूल्यांकन गर्ने अधिकार सो विभागका महानिर्देशक (रा.प.प्रथम श्रेणीको) हुने र पुनरावलोकनकर्ता सुपरिवेक्षण भन्दा एक श्रेणी माथिको सम्वन्धित अधिकारी भौतिक योजना तथा निर्