निर्णय नं. ६२९७ - खिचोला समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२९७ - खिचोला समेत भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२ फैसला मिति :2053/12/21 २८७३ निर्णय नं. ६२९७ ने.का.प २०५३ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय संवत् २०५१ सालको दे.पु.ई.नं. .... ६१ आदेश मितिः २०५३।१२।२१।५ मुद्दाः खिचोला समेत । पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला ठिमी बालकुमारी गा.वि.स. वाड.नं. ३ बस्ने जनक सुन्दर श्रेष्ठ विरुद्ध विपक्षी वादी : ऐ.ऐ. वा.नं. १८ बस्ने पन्च कुमारी देव श्रेष्ठ § गुठी जग्गाको मोहियानीको हक वेहक सम्वन्धमा निर्णय गर्ने अधिकार गुठी संस्थान वा भुमि सुधार कार्यालय कुनमा निहित छ ? भनी माथि उल्लेखित कुन रुलिङ वा प्रतिपादित सिद्धान्त कायम हुनु उपर्युक्त छ, निर्णय तर्फ विचार गर्दा यस्तै प्रश्न समावेश भएको यस अदालतको दुई भिन्दा भिन्दै संयुक्त इजलासबाट प्रतिपादित कानूनी सिद्धान्तहरु वाझिई पूर्ण इजलास समक्ष पेश भएको २०५१ सालको रि.पु.ई.नं. ५९ रिट निवेदक महेन्द्रनाथ उपाध्याय समेत विरुद्ध गुठी संस्थान केन्द्रिय कार्यालय समेत भएको उत्प्रेषणको रिट निवेदनमा यस अदालतको पूर्ण इजलासबाट २०५३।३।१३ मा गुठी जग्गाको हकमा समेत सवुद प्रमाण वुझी मोही सम्वन्धी तेरो मेरो प्रश्नमा निर्णय गर्ने अधिकार भुमिसुधार अधिकारीलाई भएको मान्नू पर्ने भनी कानूनी सिद्धान्त प्रतिपादित भईसकेको देखिंदा त्यसतर्फ पुनः विचार गरी रहनु पर्ने अवस्था नदेखिने । (प्र.नं. १२) § गुठी जग्गाको मोहियानी तेरो मेरो हेर्ने अधिकार भुमि सुधार अधिकारी कै हो भनी कानूनी सिद्दान्त मिति २०५३।३।१३ मा प्रतिपादित भइसकेको स्थितिमा प्रस्तुत मुद्दाको विवादित गुठी जग्गाको मोही ठहर गर्ने कानूनी अधिकार गुठी तहसिल तथा खर्च कार्यालयलाई नभई भुमिसुधार अधिकारीलाई भएको देखिने । (प्र.नं. १३) निवेदक तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री गणैशराज शर्मा । विपक्षी तर्फवाटः अवलम्बित नजीरः रि.पु.इ.नं. ५९ रिट निवेदक महेन्द्रनाथ उपाध्याय समेत विरुद्ध गुठी संस्थान केन्द्रिय कार्यालय समेत भएको उत्प्रेषण रिट निवेदनमा पूर्ण इजलासबाट २०५३।३।१३ मा सिद्धान्त प्रतिपादित । फैसला न्या.केशवप्रसाद उपाध्याय: सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ (ख) बमोजिम पूर्ण इजलासको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न अनुसार छ : २. भ.पु.जि. बालकुमारी गा.पं. वार्ड नं. २ कि.नं. २८६,२८९ को जग्गाधनी सानु जोताहा कृष्ण वहादुर परलोक भई छोरा काजिराम जनिई नापनक्सा भएको जोताहा कृष्ण वहादुर परलोक भई हकदार कोही नभएकोमा बिपक्षी जनक सुन्दरले उक्त जग्गा आफ्नो नाउंमा जोत नामसारी गर्न दिएको निवेदन अनुसार मेरो नाउंमा घछ दिने म्याद जारी भै म्याद भित्रै भ.पु. गुठी तहसिल खर्च कार्यालयमा क्षतिपुर्ति मैले बुझन नपर्ने विषयको लिखित जवाफ सहित हाजिर भएकोमा मेरो निवेदन मिसिल समेत नराखी २०४४।५।२९ गते भ.पु.गु.त.ख. कार्यालयले जनक सुन्दरका नाउंमा जोताहा जनाई गरेको निर्णयानुसार बिपक्षी जनकले मैले जोती कमाई आएको उल्लेखित जग्गामा मिति २०४५।१।२ मा खिचोला गर्न आएकोले उक्त खिचोला मेटाई कानून प्रतिकुल गुठी कार्यालय भ.पु.ले गरेको निर्णय वदर गरी उक्त जग्गा मेरो हक कायम गराई पाउं भन्ने समेतको फिराद दावी । ३. गुठी अधिनस्थ जग्गामा दर्तावाला मोहीले सम्पुर्ण हक समाप्त गरी खास जोताहा किसानले प्रचलित कानून वमोजिम मोहियानी हक कायम गर्ने भन्ने