निर्णय नं. ६२९८ - लिखत बदर दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२९८ - लिखत बदर दर्ता बदर दर्ता कायम भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२ फैसला मिति :2053/12/14 २७६६ निर्णय नं. ६२९८ ने.का.प. २०५३ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५२ सालको दे.पु.ई.नं. .... ६९ आदेश मितिः २०५३।१२।१४।५ विषयः लिखत वदर दर्ता बदर दर्ता कायम । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी पश्चिम कुसाहा गा.पं. वार्ड नं ५ बस्ने विद्यानन्द साहुतेलीको हकमा आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने पुहुपलाल साहु तेली । विरुद्ध विपक्षी वादी : ऐ.ऐ. बस्ने परमेश्वर साहु तेली । § छोराको अपुताली वावुमा पनि जान सक्ने कुरा अपुतालीको ४ नं. को अध्ययनबाट देखिन्छ । भिन्न भएका वावु आमा र एकभन्दा बढी छोराहरु भएकोमा एकै छोरा मरी अपुताली परेको अवस्थामा वावु आमामा नै अपुताली जाने भनी स्पष्ट कानूनी व्यवस्थाको अभावमा उल्लेखित दे.पु.इ.नं. १५७ को मुद्दामा व्यक्त भएको रायको आधारमा समेत मर्ने छोरा नभए सरह उस्को अंश अपुताली सबै अंशियारहरुले भाग वण्डा पाउने गरिनु न्याय र विवेकको दृष्टिकोणले उपर्युक्त हुने । (प्र.नं. २२) § छुट्टि भिन्न भएका वावु आमा छोराहरुमा सहोदर तथा वेमातृक पट्टिका भाइ भाइ भएको अवस्थामा कुनै भाइ मरी अपुताली परेको अवस्थामा समान अंशियारहरु सबैले वांडी खान पाउंछ भन्दा बेमातृक पट्टिका भाइ पनि अंशियार हुने भएकोले अपुताली पाउने र साथै वावुले पाएको अपुताली निजपछि वा कुनै व्यहोराबाट बेमातृक पट्टिको भाइ छोरामा जान सक्ने अवस्था हुन्छ, जुनकुरा अपुतालीको १२ नं. को उल्लेखित व्यवस्था प्रतिकुल हुने । (प्र.नं. २२) § जुन कुरा प्रत्यक्ष प्राप्त गर्न पाईदैन सो कुरा परोक्ष रुपमा प्राप्त हुन जाने गरी गर्नु न्यायसंगत नहुने । (प्र.नं. २२) § एउटा कानूनको अर्थ गरींदा अर्को कानूनको व्यवस्थाको प्रतिकुल नहुने गरी गर्न वान्छनिय हुने। (प्र.नं.२२) प्रतिवादी तर्फवाटः विव्दान अधिवक्ता श्री अग्नी खरेल विपक्षी वादी तर्फवाटःविव्दान अधिवक्ता श्री श्याम प्रसाद खरेल अवलम्बित नजीरः ने.का.प. २०१८ पृष्ठ १५० निर्णय नंवर १५० मा सिद्धान्त प्रतिपादित । आदेश न्या. कृष्णजंग रायमाझीः २०४५।११।८।२ मा श्री ५ महाराजधिराज सरकारका जुनाफमा विन्तिपत्र परी र मिति २०४९।२।१३।३ तथा मिति ०५२।१।१८।३ मा यस अदालतको संयुक्त इजलासको आदेशानुसार पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. पुहुप लालका २ श्रीमती जेठी स्व. झूनरी देवी तर्फ विद्यानन्दका पिता जागेश्वर एक भाइ मात्र र कान्छी बुधनी पट्टि २ भाइ जेठो म फेरादी कान्छो रामेश्वर हौं । अंश लिइ आफ्नो आफ्नो व्यवहार गरी आएको छौं । कान्छा रामेश्वर अंशको आयस्ताबाट विद्या अध्ययन गर्ने हुंदा म फिरादी दाजुको संरक्षणमा रही विद्या आर्जन गरेको अवस्थामा रामेश्वर र पिता पुहुपलालले वुधनीको अंशको जग्गा विक्री गर्दा यसै अदालतमा लेखत दर्ता हुंदा दायर गरी कारवाही चलिरहेको अवस्थामा रामेश्वरले पिता पुहुप लाल उपर अनागरीक सम्वन्धी जि.का.सुनसरीमा कारवाही चलेकोले विरोधी भैरहेको थिए । मिति ०४१।१०।१९ गते भाइको मृत्यू भएकोले निजको काजकृया मैले गरी निजको अंश हकको सम्पत्ति अपुताली परि म फिरादीले पाउने हुंदा नामसारीका लागी सिफारिश गरी पाउं भनी स्थानीय गा.पं. मा निवेदन दिई कारवाही चलाई मालपोत कार्यालय सुनसरी तर्फ उजुरी परी कारवाही हुंदा मालपोत कार्यालय सुनसरीले मेरो उज