निर्णय नं. ६२९९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२९९ - उत्प्रेषण भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२ फैसला मिति :2053/05/24 ३१४५ निर्णय नं. ६२९९ ने.का.प. २०५३ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्र्य संवत् २०५० सालको रिट नं. ... ३४८९ आदेश मितिः २०५३।५।२४।२ विषय : उत्प्रेषण । निवेदकः ल.पु.जि.न.पा. वडा नं. ७ बस्ने न्हुच्छेलाल मर्हजन विरुद्ध विपक्षी : मालपोत कार्यालय ललितपुर । § पक्ष नै नबनाएको निर्णयमा पुनरावेदन गर्न जानु पर्छ भन्न नमिल्ने । (प्र.नं. ११) § रिट निवेदकले रिट निवेदनसाथ प्रेषित गरेको फोटोकपीको प्रतिलिपीबाट सो निर्णय २०४८ को हो वा ०४४ को हो स्पष्ट नदेखिनुको अतिरिक्त सक्कल निर्णयमा समेत उक्त निर्णय ०४४ वा ०४८ के हो छुट्याउन सकिने गरी स्पष्ट लेखिएको पाइन्न निवेदक मुल रुपमा अर्जुनवीर पाण्डेको नाउंमा विवादित कित्ता जग्गा दर्ता गरेको बिषयको निर्णय वदर गराउन यस अदालतमा आएकोले आफ्नो रिट निवेदनमा मालपोत कार्यालयबाट प्राप्त प्रतिलिपी जुन रिट निवेदनसाथ प्रेषित छ सो मा साल स्पष्ट नभएबाट निवेदनमा २०४४ भन्ने उल्लेख भएपनि वास्तवमा निवेदक आफुले रिट निवेदन साथ पेश गरेको उक्त मालपोत कार्यालयको निर्णय वदर गराउन आएको र त्यस्तो अस्पष्टताको लाभ निवेदकले पाउंदैन भन्न र त्यतिकैबाट रिट निवेदकको दावी नै छैन भन्न नमिल्ने । (प्र.नं. ११) § निवेदकको यसै विवादको कित्ता जग्गामा दर्ता गरी पाउं भन्ने भएको अघिल्लो निवेदनको कारवाई निर्णय कायमै राखी विपक्षीको सोही कित्ता जग्गाको सम्वन्धमा पछि परेको निवेदनबाट कारवाई गरी जग्गा दर्ता गरी दिने भनी गरेको सिफारिस र जग्गा दर्ता गरी दिने भन्ने लिखित जवाफमा लेखिएको र सम्वन्धित निर्णयमा रहेको मिति २०४८।१०।१७ र २०४८।१०।२३ को मालपोत कार्यालय, ललितपुरको निर्णय त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेश द्वारा वदर हुने । (प्र.नं. १२) रिट निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त र विद्वान अधिवक्ता श्री पुण्य प्रसाद अर्याल विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल र युवराज भण्डारी अवलम्बित नजीरः आदेश न्या.त्रिलोक प्रताप राणाः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३(८८(१) अन्तरगत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त जिकिर यस प्रकार छ : २. पाटन तर्फ १ नं.. कुस विर्ताको ७०७ नं. श्री गुरुराज पण्डित धर्माधिकार कुवलराज पण्डितज्यू काठमाडौं प्युंखा वटुटोल ४० को लगत हरीसिद्दिको अम्वल मजवु रोपनी ५।३ को जग्गा सर्भे नाप नक्सा हुंदा ल.पु.जि. हरीसिद्दि गा.वि.स. वडा नं. २ (ख) कि.नं. २ क्षेत्रफल १-५-० ऐ. गा.वि.स. वडा नं. २(ख) कि.नं. ३ मा क्षेत्रफल ०-१४-० जग्गा कायम भएकोमा साविक देखि मेरा पिता भिन्द्यी भन्ने वावुकाजी मोही हुनु भएकोले सो व्यहोरा जनाई प्रधानमन्त्री ज्यू समक्ष २०३४।१४।७ मा वावुकाजीका नाममा रैकरमा परिणत गरी दर्ता गरी पाउं भनी निवेदन दिई कारवाही हुंदा पिताको २०३७।३।१४ मा परलोक भएकोले निवेदकले मुद्दा सकार गरी मालपोत कार्यालय ललितपुरले तारेखमा राखी उक्त जग्गा मेरो नाउंमा रैकर परिणत गर्न कानूनी प्रकृया अपनाई रै.प. हुनुपर्ने भनी उल्लेख गरी टिप्पणीलाई समितिमा राख्ने भन्ने निर्णय २०४२।१०।२२ मा मलाई सुनाई ज.ध.प्र.पु.दिने निर्णय २०४२।१०।२९ मा गरेको छ । ज.ध.प्र.पु.दिन पर्नेमा नदिई भोली भोली भनी ज.ध.प्र.पु. दिएको थिएन । मेरा कानून व्यवसायीले सो जग्गा अर्जुनवीर पाण्डेको नाउंमा दर्ता गरेको छ भनी