निर्णय नं. ६३०० - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६३०० - लागू औषध भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२ फैसला मिति :2053/03/12 २९६७ निर्णय नं. ६३०० ने.का.प. २०५३ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय संवत् २०५० सालको फौ.पु.नं. ... ७९४ फैसला मितिः२०५३।३।१२।४ मुद्दा : लागु औषध । पुनरावेदक वादीः वाजुरा जिल्ला अस्पतालको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादीः जि. वाजुरा वाई गा.वि.स. वडा नं. ३ जेरा गाउं बस्ने नन्द लाल गिरी । § प्रमाणको लागि आएको यीनै प्रतिवादी नन्दलाल गिरी प्रतिवादी भएको नकवजनी चोरी मुद्दामा धेरै परिणाममा अन्य औषधी सहित ३० एम्पुल पेथेडिन पलिया खेरी अवस्थित गिल मेडिकल स्टोरबाट रु. ५,९४०। मा खरीद गरी सो मेडिकल स्टोरको विल समेत पेश भएको देखिनाले अन्य औषधी लगायत छुट्टै परिमाणमा खरीद गरेको नीजि प्रयोगको निम्ति हो भन्न सकिने स्थिति नदेखिने । (प्र.नं. २५) § बाजुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेट राम चन्द्र यादवले प्रतिवादीलाई जाच्दा (Vain) भेनमा ईन्जेक्शन लगाएको पाइएकोले लागु औषध सेवन गरेको लक्षण चिन्ह पाइयो भनी बन्द सवालको नं. ५ मा जवाफ दिएकोवाट औषधी सेवन गरेको एकिन भन्न नसकि लक्षण चिन्ह भन्नुको तात्पर्य हो होइन यकिन हुन नसक्ने भै शंकास्पद देखिन आउने राय भन्नु पर्ने । (प्र.नं. २५) § दुई चिकित्सकको २ विभिन्न एक अर्का देखि आपसमा विरोधाभास राय भएको देखिएको अवस्था त्यस्तो राय शंकास्पद मान्नु पर्ने भै प्रतिवादीको विरुद्ध सो प्रमाण ग्रहण गर्न कानुनले मिल्ने नदेखिने । (प्र.नं. २५) पुनरावेदक तर्फवाटःविद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ विपक्षी तर्फवाटः अवलम्बित नजीरः फैसला न्या.ओमभक्त श्रेष्ठ: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) अनुसार यस अदालत समक्ष पर्न आएको पुनरावेदनको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकारको छ । २. स्टोरबाट पेथडिन ईन्जेक्सन चोरी भैरहने गरेको मिति २०४७।११।५ गते ११.०० वजे औषधी झिक्न स्टोर किपर जांदा पछाडीको झ्याल खुल्ला भएको औषधी छरिएकोले चोरी भएको शंका लागि जिन्सी खाता अनुसार औषधी गन्ति गर्दा २८३ वट्टा पेथडिन एम्पुल र १० मि.लि. को सिरिन्च थान १ निडिल समेत चोरेर लगेको हुंदा हेल्थपोष्टमा काम गर्ने नन्दलाल गिरीले पेथडिन इन्जेक्शन लगाउने गर्दै थियो भन्ने समेत सुनिएको हुंदा निजलेनै लगेको पुरा शंका लागेको हुंदा कार्यवाही गरी पाउं भन्ने समेत वाजुरा अस्पतालको च.नं. १९५ मिति २०४७।११।५ को पत्र । ३. स्टोर कोठाको उत्तर तर्फको झ्यालको छेस्किनी भांचिएको भित्र भागमा तारको जाली अडाएको काठ भांची मानिस पस्न सक्ने बनाएको फोडिएको झ्याल नजिक बाकसमा सिरिन्जहरु राखिएको ९ वटा मध्ये ८ वटा भएको सो नजिकै खुल्ला काठको वाकसमा आई.भि. सेटहरु राखिएको एउटा आई.भि. सेटको ल्पास्टिक च्याती निडिल १ झिकेको अन्य सोही स्थानमा रहेको सोही कोटाको दक्षिणतर्फको कुनामा वेडलकर ३१२ वटा पेथेडिन इन्जेक्शन भएकोमा २८३ वटा चोरी भएको अन्य यथास्थितिमा रहेको भन्ने २०४७।११।८ को घटनास्थल प्रकृति मुचूल्का । ४. २०४२ साल देखि हेल्थपोष्ट मार्तडीमा रहेको हुंदा हे.पो.मा पनि पेथेडिन इन्जेक्शन निकाशा भै आउने गरेको हुंदा उक्त इन्जेक्शन लगाएपछि जिउमा आराम भै निन्द्रा लगाउने गर्छ भन्ने सुनेकोले पहिले २०४६ साल भाद्रमा लगाएको १।२ पटक प्रयोग गरेपछि लत् वसेकोले पाएसम्म खोजेर प्रयोग गर्ने गरेको अस्पतालमा डा. गंगाराम चौधरी ज्यूले स्टोरबाट पेथेड