निर्णय नं. ६३०१ - उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश पुर्जि जारी गरी पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३०१ - उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश पुर्जि जारी गरी पाउं भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२ फैसला मिति :2053/12/20 २४०२ निर्णय नं. ६३०१ ने.का.प. २०५३ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने संवत् २०५३ सालको रिट नं.... २७४२ फैसला मितिः २०५३।१२।२०।४ विषयः उत्प्रेषणयुक्त परमादेश वा जो चाहिने आज्ञा आदेश पुर्जि जारी गरी पाउं । निवेदकः जि. कैलाली धनगढी न.पा. वा.नं. १ धनगढी बजार बस्ने वर्ष २८ को करुणाकर पाण्डे समेत जम्मा छ । विरुद्ध विपक्षीःजिल्ला शिक्षा कार्यालय, धनगढी कैलाली समेत जम्मा ५ । § करार सेवाबाट प्रवाहित हक अधिकारले करारको अवधी समाप्त भएपछि पनि काममा लगाइएको कारणले स्वतः कानून द्वारा व्यवस्थित सेवाको रुप नलिने । (प्र.नं. ७) § निवेदकहरुका तर्फबाट करार सेवा वाहेक शिक्षा नियमावली, २०४९ अन्तर्गत व्यवस्थित सार्वजनिक विद्यालयको शिक्षकमा नियुक्त भएको कुनै नियुक्ति पत्र वा प्रमाण पेश गर्न सक्नू भएको पाइदैन । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्र्तगत यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्र अन्तर्गत करार सम्वन्धी हकको प्रचलन गराउने नभै संविधान र कानून द्वारा संरक्षित हकको मात्र प्रचलन गराउने हुंदा निवेदकहरुद्वारा दावी जिकिर लिइएको प्रकृतिको हक प्रचलन गराउन नमिल्ने भएकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ७) रिट निवेदकका तर्फबाटःविद्वान अधिवक्ता श्री प्रकाश वस्ती । विपक्षी तर्फवाटः विद्वान सरकारी अधिवक्ता श्री नन्द वहादुर सुवेदी । अवलम्बित नजीरः फैसला न्या. केदारनाथ उपाध्याय: जेसीज एभरेष्ट इगंलिस स्कुल धनगढी शिक्षा ऐन, नियमावली अनुसार स्वीकृती प्राप्त निजी क्षेत्रको विद्यालय हो । हामी निवेदकहरु उक्त विद्यालयमा शैक्षिक शत्र ०४९।५० देखि सेवामा नियुक्त भएका शिक्षकहरु हौं । हामीले सफलता पुर्वक परिक्षणकाल पार गरी सकेकोमा जि.शि. का. को मिति ०५२।९।२४ को पत्रद्वारा विपक्षी जेसीज एभरेष्ट इंगलिस स्कुल तदर्थ समितिको निर्णय वमोजिम विनाकारण हाम्रो करारको म्याद सकिएको भन्ने सूचना दिई हामीलाई पदबाट अवकास दिएकाले यो निवेदन गरेका छौं । तदर्थ समतिको निर्णय अख्तियारविहीन भई त्रुटीपूर्ण छ । शिक्षा नियमावली, २०४९ को नियम १४(३) अनुसारको समितिमात्र आधिकारिक र त्यस्तो निर्णय गर्न सक्ने वैद्य समिति हुन्छ । सेवारत शिक्षकलाई २०५२ जेष्ठ मसान्तपछि म्याद थप गर्न नसकिने भनी पत्र नदिइनुबाट हाम्रो सेवाको स्वरुप करारबाट स्थायीमा परीणत भएको छ । प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकुल विना प्रतिवादको मौका सेवाबाट हटाइएकोले उक्त त्रुटीपूर्ण निर्णयबाट हामीलाई संविधानको धारा ११,१२(१), १२(२)(ङ) र नागरीक अधिकार ऐनको दफा ६(६), ६(७) र ९ एवं शिक्षा ऐन, र नियमावलीद्वारा प्रदत्त हकको हनन् भएकोले संविधानको धारा २३ तथा ८८(२) अनुसार सम्मानित अदालतबाट उत्प्रेषणको आदेशद्वारा उल्लेखित निर्णय वदर गरी पुर्ववत सेवामा बहाली गरी निश्काशन गरेकै मितिदेखि तलव भत्ता सुविधा दिनु भन्ने विपक्षी जेसीज एभरेष्ट इगंलिस स्कुलका नाममा परमादेश जारी गरी पाउं भन्ने समेत व्यहोराको निवेदन पत्र । २. यसमा के कसो भएको हो ? निवेदकको माग वमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुलाई लिखित जवाफ पठाउनु भनी सूचना पठाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति ०५२।१०।२५ को आदेश । ३. जेसीज एभरेष्ट इंगलि