निर्णय नं. ६३०२ - निखनाई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६३०२ - निखनाई पाऊँ भाग: ३८ साल: २०५३ महिना: चैत्र अंक: १२ फैसला मिति :2053/12/19 २८८१ निर्णय नं. ६३०२ ने.का.प.२ ०५३ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय संवत् २०५३ सालको दे.पु.नं. ... ३८६२ फैसला मितिः २०५३।१२।१९।३ मुद्दा : निखनाई पाउं । पुनरावेदक वादीः का..जि. का.म.न.पा. वडा नं. १३ छाउनी बस्ने वर्ष ५९ को शिव प्रसाद श्रेष्ठ विरुद्ध विपक्षी प्रतिवादीः का.जि. का.म.न.पा. वडा नं. २४ वटु गुच्चा टोल बस्ने शरद श्रेष्ठ § क्षेत्राधिकार नभएको अदालतद्वारा मुद्दाको औचित्यमा प्रवेश गरी निर्णय दिन क्षेत्राधिकारको अभाव देखाई खारेज गरेको कारणले क्षेत्राधिकार सम्पन्न अदालतलाई सो खारेजी फैसला प्राङन्यायको रुपमा प्रभावी हुन्छ भन्न नमिल्ने । (प्र.नं. ९) § अ.वं. ८५ नं. ले अड्डामा मुद्दा परि फैसला भएपछि भन्ने वाक्यांशमा अडृाको फैसलाको अर्थ र अवधारण अधिकार विहिन अड्डाको फैसलालाई होईन अधिकारयुक्त अड्डाको फैसलालाई जनाउने । (प्र.नं. ९) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फवाटः अवलम्बित नजीरः फैसला न्या.केदारनाथ उपाध्याय: पुनरावेदन अदालत, पाटनको मिति ०५३।१।११ गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. का.जि. का.न.पं. वडा नं. २४ कि.नं. १४०५ को ०-०-१-२ जग्गा र सो जग्गामा बनेको पक्की घर र घरले चर्चेको लगापात समेत छ जवानका नाउंमा साझा हक कायम भएको उक्त घरको ५ खण्डको १ खण्ड दर्तावाला मध्येकै ज्ञान प्रसाद श्रेष्ठले ०४४।७।१३ मा र.नं. १६९३ (क) वाट मालपोत कार्यालय काठमाडौंबाट मोल रु.३,४००। मा विपक्षी शरद श्रेष्ठलाई हालैको वक्सपत्र पारित गरी दिएको कुरा थाहापाई रु.३,४००। र रजिष्ट्रेशन दस्तुर रु.५००। समेत धरौटी राखी मालपोत कार्यालय काठमाडौंमा हक निखनाई पाउं भनी उजुरी दिएकोमा अधिकार क्षेत्र भित्र पर्दैन भनी फैसला भएको र सो फैसलालाई वा.अं.अ. र म.क्षे.अ.ले सदर गरेकोले फिराद गर्न आएको छु। सो लिखत वमोजिमको घर दानवक्सको महलको ३ नं. वमोजिम लिखत वमोजिमको थैली विपक्षीलाई बूझाई म फिरादीको नाममा हक निखनाई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. उल्लेखित कि.नं. १४०५ को घर मिति ०४३।१०।१४ मा का.जि.अ. को आदेश मुताविक विपक्षी शिव प्रसाद लगायत दाता ज्ञान प्रसाद, लोक प्रसाद, राजेन्द्र प्रसाद, र नगेन्द्र प्रसाद गरी ५ जवानले संयुक्त चलन पाई संयुक्त ज.ध.प्र.पुर्जा समेत पाएतापनि विपक्षी लगायत ५ जवान दाजूभाइ उक्त घरमा नवसी धेरै अघिदेखि अन्यत्र बसी आएका छन । विपक्षी शिव प्रसाद का.जि. छाउनीमा घर बनाई बसी आएका छन् भने अन्य दाजूभाई कपिलवस्तूमा वसेका छन् । विपक्षी लगायतका पाचै जनाले उक्त घर आफ्नो आफ्नो भागको जति भाडामा दिई आएको हुंदा मैले भाडामा लिई बसी आएकोमा दाता ज्ञान प्रसादले ०४४।७।१३ मा र लोक प्रसादले ०४५।९।२३ मा आ आफ्नो भाग जति हा.व. मा पारित गरी दिएका हुन । विपक्षीका छ दाजुभाइ धेरै पहिले देखि आ आफ्नो अंश भाग लिई अलग वसी आएका हुंदा आफ्नो भाग जति आफ्नो खुशी गर्न पाउने कुरामा विवाद छैन । विपक्षीलाई प्रस्तुत फिराद गर्ने हकदैया छैन । विपक्षीको हचुवा झुठा र गैरकानूनी फिराद खारेज गरी हचूवा गैरकानूनी फिरादबाट अलग फुर्सद दिलाई पाउं भन्ने समेत व्यहोराको प्रतिवादी शरद श्रेष्ठको प्रतिउत्तर पत्र । ४. प्रतिवादी ज्ञा