निर्णय नं. ७४८३ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४८३ - उत्प्रेषण समेत भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :2061/12/19 २४२९ निर्णय नं.७४८३ ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी २०५८ सालको रिट नं. –––३९२४ आदेश मितिः २०६१।१२।१९।६ विषय :– उत्प्रेषण समेत । निवेदकः जिल्ला रौतहट गौर न.पा.वडा नं. ७ वस्ने रमाकान्त राय यादव विरुद्व विपक्षीः भूमिसुधार कार्यालय रौतहट गौर समेत § कानूनत: मोही कायम व्यक्तिलाई सर्जमिनको आधारमा मात्र अन्यथा हो भन्न नमिल्ने । § मोहियानी हकको पक्का श्रोत भनेको मोहियानीको प्रमाणपत्र हुने हुँदा प्रमाणपत्रवाला मोहीले दिएको निवेदनअनुसार जग्गा वांडफांड गर्न नमिल्ने भन्न नमिल्ने । § भूमीसम्बन्धी ऐन, २०२१ को दफा २६ख बमोजिम वांडफांड गरी दिनुपर्नेमा सर्जमिनको आधारमा वांडफांड गर्न नमिल्ने ठहर्याएको भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्रकरण न. ७) विनेदक तर्फवाटःविद्धान अधिवक्ता श्री युवराज भण्डारी विपक्षी तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्धान अधिवक्ताद्वय श्री शेष अव्वास र श्री वगला रेग्मी तथा विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्का अवलम्वित नजीरः आदेश न्या.राजेन्द्रकुमार भण्डारीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) अन्तर्गत परेको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा र आदेश यसप्रकार छ :– २. विपक्षी राम नारायण सहनीको नाममा दर्ता रहेको जि. रौतहट पुरेनवा वडा नं. ७ को कि.नं. ७३ को ०–१–७ र ऐ कि.नं. ७६ को ०–०–८ जग्गाको भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) बमोजिमको मोही हुँ । म निवेदकको मोहियानी हक रहेको तथ्य सँलग्न प्रमाणपत्रको फोटोकपीवाट पुष्टि हुन्छ । भूमिसम्बन्धी ऐन (चौथो सँशोधन सहित) २०२१ बमोजिम जग्गा वाँडफांड गरिपाऊँ भनी प्रत्यर्थी नं. १ समक्ष उजुरी प्रस्तुत गरेकोमा प्रत्यर्थी रामनारायण सहनीले वांडफांड गर्न इन्कार गर्दै म निवेदककै मोही लगत कट्टा गरिपाऊँ भन्ने छुट्टै उजुरी समेत दायर गर्नु भएको थियो । तत्पश्चात् प्र.नं. १ ले गैरकानूनी ढंगवाट सर्जमिन मुचुल्का समेत गराई अन्ततः मिति २०५७।१२।१० मा वांडफांड गर्न नमिल्ने ठहर्याई निर्णय गरिएको रहेछ । विपक्षी राम नारायण सहनीले मलाई मोहियानी हकवाट वन्चित गर्ने वद्नियत राखी मसंग वाली नवुझ्ने व्यवहार गरेकोले साल वसाली धरौट राख्दै आएको छु । यो तथ्य सँलग्न प्रमाणवाट परिपुष्टि हुनेछ । म निवेदकले जग्गा वांडफांड गरिपाऊँ भनी दिएको उजुरी निवेदन विचाराधिन रहेको समयमा विपक्षी राम नारायणले मेरो मोहियानी समाप्त गर्ने उद्देश्यवाट मोहियानी लगत कट्टा गरिपाऊँ भनी उजुर समेत दिनु भएको छ । वाँडफांडसम्बन्धी मुद्दामा म निवेदकको दावी बमोजिम वांडफांड गर्न नमिल्ने भनी जुन दिन ठहर गरिएको छ सोही मिति २०५७।१२।१० मा विपक्षी राम नारायणले दायर गरेको मोही लगत कट्टा मुद्दामा भने विपक्षीको उजुरी खारेज हुने ठहर्याई भु.सु.अधिकारीद्वारा निर्णय भएकोले म निवेदकको मोही लगत यथावत रही आएको छ । यसै गरी विपक्षी राम नारायणले यस अघि पनि म निवेदकको मोही लगत कट्टा गरिपाऊँ भनी दायर गरेको मुद्दामा भु.सु.अधिकारीवाट मोही लगत कट्टा नहुने ठहर्याई उजुरी खारेज गर्ने निर्णय भएकोमा पुनरावेदन अदालत हेटौंडावाट मिति २०५६।५।२ मा सोही शुरु फैसला सदर हुने ठहरी फैसला भएको छ । यसप्रकार अदालत र भूमिसुधार कार्यालयहरुवाट प