निर्णय नं. ७४८४ - उत्प्रेषणमिश्रत परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४८४ - उत्प्रेषणमिश्रत परमादेश भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :2061/06/22 २७६१ निर्णय नं.७४८४ ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री बलराम के.सी. सम्वत् २०५८ सालको रिट नं. ३१९३ आदेश मितिः २०६१।६।२२।६ विषयः–उत्प्रेषणमिश्रीत परमादेश । निवेदकः रौतहट जिल्ला मुडवलवा गा.वि.स.वडा नं. ४ वस्ने चन्देश्वर राय यादव विरुद्ध प्रत्यथीः रौतहट जिल्ला मुडवलवा गा.वि.स.वडा नं. ४ वस्ने वनारसी राय यादव समेत § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७५ को प्रकृयाबमोजिम दुनियाँको विगो असुल उपर गर्ने प्रयोजनको लागि लिलामको कार्य सम्पन्न भई सोही नियमको उपनियम ९ बमोजिम लिलाम विक्रीवाट आएको असुल गर्नुपर्ने भन्दा वढी रकम वाँकीवालालाई फिर्ता दिने गरी तामेली आदेश समेत भइसकेपछि मुद्दाको औपचारिक रुपमा टुङ्गो लागेको मान्नु पर्ने । § अन्तिम आदेश उपर मुलुकी ऐन दण्डसजायको महलको ६१ नं. बमोजिम जिल्ला न्यायाधीश समक्ष निवेदन दिन सकिने वाहेक त्यससम्बन्धमा अघि आदेश गर्ने तहसिलदार समक्ष नै अर्को निवेदन दिन सकिने र तहसिलदारले पनि अघि आफैंले गरेको आदेशलाई अन्यथा गरी पुनः अर्कै प्रकृतिको आदेश गर्न पाउने कानूनी व्यवस्था प्रचलित कानूनमा रहे भएको नदेखिने। § एकाको विगोमा लिलाम वढावढ भई मिसिल तामेलीमा राख्ने आदेश भएपछि उक्त मुद्दानै टुङ्गो लागिसकेको मान्नुपर्ने । § टुङ्गो लागिसकेको मुद्दाबाट सिर्जित अधिकारलाई हस्तक्षेप हुने गरि अर्को मुद्दाको आधार लिई भइसकेको कामकारवाही उपर निवेदन दिनको लागि कानूनी व्यवस्थाको अभाव रहने । § तहसिलदारले आफ्नै पूर्व आदेशको खण्डन हुने गरी अनधिकृत रुपमा गरेको आदेश र सोलाई सदर गर्ने गरेको पुनरावेदन अदालतको आदेशमा दण्डसजायको ६१ नं. को त्रुटी समेत विद्यमान देखिंदा दुवै आदेशहरु उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्रकरण नं.११) विनेदक तर्फवाटः विद्वान अधिवक्ता श्री भिमवहादुर ढकाल प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ता श्री शुरेश प्रधान अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार रहेको छ :– २. म निवेदकले घरको मुख्य भई व्यवहार चलाउने क्रममा हरिहर राय यादव संग मिति २०५०।१।१६ गते रु ५०,०००। रुपैया ऋण लिई भाखा भित्र ऋण तिर्न नसकी म निवेदक समेतको हक लाग्ने रौतहट जिल्ला मुडवलवा गा.वि.स.वडा नं. ८ कि.नं.३२५ को ०–२–० जग्गा ऐ.वडा नं. ९ कि.नं. २ को ०–०–१० जग्गा मिति २०५८।४।२८ गते लिलाम हुँदा लिलाम सकार गरेको विगो रु १,८६,३००। कायम भई हरिहर राय यादवको तिर्नु पर्ने साँवा तथा व्याज समेत रु.९४,४२९।१९ कट्टा गरी वाँकी रहेको रु. ९१,८७०।८१ प्रतिवादीलाई दिनु भन्ने मिति २०५८।५।१३ गतेका दिन तहसिलदारज्यूबाट तामेली पर्चा खडागरी वाँकी रहेको रकम रु ९१,८७०।८१ चेक मार्फत म निवेदकले वुझि लिई लेनदेन मुद्दाको कारवाही सम्पन्न भई सकेको अवस्था छ । यसरी लेनदेन मुद्दाको कारवाही अन्तिम भएर रहेपछि म निवेदकले विपक्षीहरुको विरुद्धमा दिएको अंश मुद्दामा रौतहट जिल्ला अदालतवाट ४ भागको १ भाग अंश पाउने ठहर्छ भनि गरेको मिति २०५७।९।२३ गतेको फैसलालाई आधारमानी लिलाम सकार गरेको रकम मध्ये अंश मुद्दामा ४ भागको १।१ भाग पाउने ठहर भए बमोजिम ४ भागको १÷१ भाग रकम पाउने आदेश गरिपाऊँ भनी विपक्षी वनारसी समेतले रौतहट जि