निर्णय नं. ७४८५ - नखनाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४८५ - नखनाई पाउँ भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :2061/12/05 २७१० निर्णय नं.७४८५ ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत् २०५८ सालको दे.पु नं. –७७२२ फैसला मितिः २०६१।१२।५।६ मुद्दाः निखनाई पाउँ । पुनरावेदकरवादीःका.जि.का.म.न. पा. वडा नं. २५ वस्ने सुरेन्द्रमान श्रेष्ठ समेत विरुद्ध विपक्षीरप्रतिवादीः का.जि.का.म.न.पा.वडा नं. २४ वस्ने राजकुमार श्रेष्ठ समेत § प्रतिवादीका दाताले आफ्नो हकको घर हिस्सा विक्री गरेको देखिंदा त्यस्तो घर वादीले निखनी लिन चाहेमा लेनदेन व्यवहारको १२ नं. को देहाय २(१) अनुसार दावी लिई फिराद दायर गर्नुपर्नेमा सो अनुसारको दावी नलिई दानवकसको ३ नं. अनुसारको दावी लिई परेको प्रस्तुत फिरादमा दानवकसको ३ नं. ले निर्धारण गरेको सर्तहरुको विद्यमानता रहे भएको नदेखिने । (प्रकरण नं.१८) § अलग अलग घरधनीका हक भोगमा रहेका घर जग्गाका अलग अलग धनीवाट अलग अलग व्यहोराले वादी प्रतिवादीहरुमा हक हस्तान्तरण भएको देखिएको अवस्थामा दान वकसको ३ नं. ले अगाडि दिने घरधनी र पछाडि घर दिने घरधनी एउटै भई अगाडि दिएको घरको वाँकी भागनै पछाडि दिएको हुनुपर्ने र दुवै दानवकस गरी दिएको समेतका पुर्वावस्था रहे भएको नदेखिए पछि वादी दावी नपुग्ने गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालतको फैसलामा दानवकसको ३ नं. को व्याख्यात्मक त्रुटी रहे भएको नदेखिने । (प्रकरण नं.१९) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र हिरा रेग्मी प्रत्यर्थी प्रतिवादी तर्फवाट विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ताद्वय श्री नारायण वल्लभ पन्त र अर्जुनप्रसाद कडेल अवलम्वित नजीरः फैसला न्या.चन्द्रप्रसाद पराजुलीः पुनरावेदन अदालत पाटनको मिति ०५५।४।१८ को फैसला उपर दोहोर्‍याई पाँउ भनी दिएको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. का.जि.का.न.पा.वडा नं. २४ को कि.नं. १२४८ को घर जग्गा मध्येवाटै कित्ताकाट भई कायम भएको कि.नं. १४५६ र कि.नं. १४५७ को जग्गा हामी वादीहरुले दाता पुष्करप्रसाद राजभण्डारी र वटुकप्रसाद राजभण्डारीवाट २०४८।९।१७ मा राजिनामा गरी लिएको र सो कि.नं. १२४८ को घर मध्येको उत्तर तर्फको ४ कवल पसल वसन्ती देविले साहुलाई वुझाउनु पर्ने रकम नवुझाई लिलाममा चढी हाम्रो एकाघरका पिता नारायणमान श्रेष्ठले लिलाम सकार गरी कित्ताकाट हुंदा कि.नं. १४१५ कायम भएको थियो । जम्मा ८ कवल घर पसल एउटै घरको रुपमा भोगेको थिए । पिताले लिलाम सकारी लिएको कवल लिलाम वदर भै उक्त जग्गा आनन्द प्रसाद र वसन्ती देविको नाउंमा दर्ता भै निजहरुले र.नं. १३२८३ मिति २०५२।३।२२ मा कि.नं. १४१५ को घर मुल्य रु ३,५१,०००। हालै देखिको वकसपत्र गरी राजकुमार श्रेष्ठलाई दिनु भएछ । विवादित जग्गा हामीले एकै घरको रुपमा भोग चलन गरी आएका थियौ । उक्त घर हामीलाई निखन्न दिनु होस भनी विपक्षीलाई भन्दा सन्धी सर्पन परे पनि निखन्न दिन्नौ जानेको गर भनी जवाफ दिनु भएकोले अदालतको शरणमा आएका छौ । रजिष्ट्रेशन दस्तुर धरौट राखी निखनाई लिन पाउं । कुनै एउटा घर, पसल एक भाग वाट टुक्रा टुक्रा भई विभाजन गर्नु भन्दा जोडेर एउटै कायम गराउने विधायीकाको मनसाय भएको र हामीलाई पनी सन्धी सर्पर्ण पर्ने भएकोले का.न.पा.वडा न