निर्णय नं. ७४८६ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४८६ - ज्यान मार्ने उद्योग भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :2061/01/12 ३११८ निर्णय नं.७४८६ ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत् २०५७ सालको फौ.पु.नं. २६३३ फैसला मितिः२०६१।१।१२।२ मुद्दाः– ज्यान मार्ने उद्योग । पुनरावेदक/वादीः खगेन्द्र पोखरेलको जाहेरीले वादी श्री ५ को सरकार बिरुद्ध प्रत्यर्थी/प्रतिवादीः जिल्ला सुनसरी इटहरी न.पा. वडा नं. ८ मा वस्ने विनोद नेपाल § पछाडि तिरवाट पिठ्यूमा हिर्काएको २.५ से.मी लामो काटेको मांसपेशी, पाताको हाड, फोक्सोलाई ढाक्ने पातलो झिल्ली समेतलाई छेडेको छातीको दाहिने खोक्रो ठाउं (Chest cavity right) सम्म चोट परेको देखिन्छ । परीक्षण गर्ने चिकित्सकले धार भएको हतियारले चोट परेको उल्लेख गर्नुको साथै सो चोटवाट पीडित मर्न सम्भव भनी मर्न सक्ने राय समेत दिएको देखिदा घाउको विवरण एवं चिकित्सकको राय समेतवाट पिडितको घाउको स्थिती गम्भीर रहेको रघाउवाट ज्यानसम्वन्धीको १५ नं. बमोजिम मर्ने सम्मको घाउ भएको देखिन आउने । (प्रकरण नं.१९) § वारदातको प्रत्यक्षदर्शी शंकर भन्ने गणेश के.सी, नारायण साहु समेतको अधिकारप्राप्त अधिकारी समक्ष कागज तथा अदालतको वकपत्र समेतवाट प्रतिवादीले पीडितलाई छुरा प्रहार गरेपछि पुनः प्रहार गर्न खोज्दा गणेशले रोकेको भन्ने उल्लेख गरेका र सोही व्यहोराको किटानी जाहेरी समेत हुंदा प्रतिवादीले मार्ने उद्देश्यले नै छुरी हानी पुनः अर्को पटक हान्न खोज्दा बीचमा अर्को पक्षको अप्रत्याशित हस्तक्षेपवाट सो कार्य रोकिन गई पीडितको ज्यान मर्नवाट वच्न गएको भन्ने देखिन आउने । (प्रकरण नं.२०) § पीडितको मर्नेसम्मको घाउ परेको, प्रतिवादीले पुनः छुरी प्रहार गर्न खोज्दा तेश्रो पक्षको अप्रत्याशित हस्तक्षेपवाट प्रहार गर्न नपाइ ज्यान नमरेको, प्रतिवादीको ज्यान लिनुपर्नाको सम्मको पूर्व रिसइवि भई अपराधिक मनसाय भएको प्रतिवादीले वारदात दिन समयमा वारदातस्थलमा नभै वाहिर थिए भनि लिएको Alibi जिकिरको सवुदद्वारा पुष्टी गराउन नसकेको, वारदातमा प्रयोग गरेको छुरी आफ्नै हो भनी बरामदी मुचुल्कामा प्रतिवादीले सनाखत गरेको समेतवाट प्रतिवादी कसूरदार देखिंदा प्रतिवादीलाई ज्यानसम्वन्धीको १५ नं. वमोजिम ५ बर्ष कैद हुने । (प्रकरण नं.२१) पुनरावेदक वादी तर्फवाटः विद्धान सह न्यायाधीवक्ता श्री राज नारायण पाठक प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अर्जुनप्रसाद सिंहः पुनरावेदन अदालत विराटनगरको मिति ०५७।३।२२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) को देहाय (ग) वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. २०५४।७।१५ गतेका दिन अं वेलुका ६ वजेको समय तिहारमा गणेश के.सी. र विनोद नेपाल विचमा तासको निउंमा विवाद हुंदा मेरो भाई शिव पोखरेलले देखि २ झापट दिएर छुट्टाइ घरतर्फ पठाई दिएकोमा विनोदले तिमी मलाई हिर्काउने पर्ख तलाई कुनै दिन मारेर फाली दिन्छु भनि ज्यान मार्ने इविराखी छुरी समेत वोकी हिडने गरी रहेको थिए । यस्तैमा ०४५।११।२५ गते सांझ ७ वजेको समयमा भाई पिडित शिव पोखरेल इटहरी मनोज थापाको पान पसल अगाडी आई पुग्दा त्यहां निजका साथीहरु नारायण साहु समेत संग भेट भई फलैचामा वसी गफगरी रहेका थिए । यसै क्रममा विनोद नेपाल र अन्य नचिनेका ४ जनाकेटाहरु आई चारै तर्फवाट छेकी विनोद नेपालले भाई शिव पोखरेललाई ऐ अस्ती विनोदसंग झगडा ह