निर्णय नं. ७४८९ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७४८९ - अंश चलन भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :2062/01/21 ४८४५ निर्णय नं.७४८९ ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री परमानन्द झा सम्वत् २०५७ सालको दे.पु.नं.....६८२२ फैसला मितिः २०६२।१।२१।४ मुद्दाः– अंश चलन । पुनरावेदक/प्रतिवादीः जिल्ला मोरङ्ग विराटनगर उपमहानगरपालिका वडा नं. ९ वस्ने रेवतमल घाडेवा मरी मुद्दा सकार गर्ने निजकी श्रीमती वनारसी देवी घाडेवा मरी मुद्दा सकार गर्ने निजको एका सगोलको छोरा ऐ. ऐ. वस्ने युवराज घाडेवा विरुद्ध प्रत्यर्थी/वादीः ऐ. ऐ. वस्ने त्रिलोक चन्द्र घाडेवा मरी मुद्दा सकार गर्ने निजको छोरा ऐ. ऐ. वस्ने संजयकुमार घाडेवा § कुनै मुद्दामा सक्षम अदालतवाट एकपटक फैसला भइसकेको अवस्थामा सोही विवादको सम्वन्धमा अघिल्लो मुद्दाको पक्षले दिएको फिराद लाग्न नसक्ने र फिराद दर्ता भइसकेको भए पनि खारेज गर्नुपर्ने हुन्छ । सो व्यवस्था आकर्षित हुनको लागि अघि परेको मुद्दामा फैसला भएको हुनुपर्ने हुन्छ । फैसला नभएको अवस्थामा अ.व.८५ नं. को व्यवस्था आकर्षित हुन नसक्ने । § अ.व. ८५ नं. मा फैसला भन्ने शब्द सम्म परेको देखिदा फैसलाको परिभाषा कुनै कानूनले गरेको नदेखिइ कुनै विवादको सम्वन्धमा सक्षम अदालतमा दायर भएको मुद्दामा सो मुद्दाका पक्ष विपक्षहरुले उठाएको विवादको निरुपण निमित्त भएको निर्णयलाई फैसला मान्नुपर्ने । § मुद्दामा उठेको बिबादको अन्तिम निरुपण नगरी फैसला भनी नामाकरण गर्दैमा त्यसलाई अ.बं.८५ नं.को सन्दर्भमा फैसला भएको मान्न मिल्दैन । अ.वं. ८५ मा परेको फैसला भन्ने शव्दको अर्थ यहि रुपमा वुझ्नु पर्ने । § प्रस्तुत मुद्दामा अ.बं.८५ नं.ले गरेको ब्यबस्था अर्थात प्राङन्यायको सिद्वान्त (Principles of Res judicata) आकर्शित हुन सक्ने अबस्था नभएबाट प्रस्तुत मुद्दामा इन्साफ गरेको पुनराबेदन अदालत बिराटनगरको फैसलामा अ.बं.८५ नं.को त्रुटि बिद्यमान रहेको भन्ने आधारमा यस अदालतबाट भएको बिपक्षी झिकाउने आदेशसंग सहमत हुन नसकिने । (प्रकरण नं.१८, १९) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान बरिष्ठ अधिबक्ता श्री राधेश्याम अधिकारी प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री देबेन्द्र कोइराला अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः पुनरावेदन अदालत विराटनगरको मिति २०५५।८।२२ को फैसला उपर प्रतिवादी पक्षको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. बिपक्षी मध्येका रेवतमल र नेमचन्द्र दाजु भाइ, मुलचन्द्रकी पत्नी बिजयादेबी भाइ बुहारी,रामलालकी पत्नी राजकुमारी भाउजु नाताका ब्यक्ति हुन । हामी सबै सगोलमा बसी आएकोमा म फिरादी र मुलचन्द्र नाबालख अबस्थामा रहेको बेला बिपक्षी मध्येका दाजु रेवतमल,नेमचन्द्र,रामलाल समेतले पिता जिबित रहेको अबस्थामा आ–आफ्नो अंश भाग लिनको लागि पिताबाट २००८ सालमा घरसारमा बण्डापत्रको लिखत खडा गरेको । सो समयमा के कति धनमाल थियो सम्पूर्ण कुरा पिता र दाजुहरुलाई थाहा थियो । घरसारको बण्डा बमोजिम दाजुहरुले आ–आफ्नो भाग लिई म फिरादी र मुलचन्द्रको अंश भाग पिता इश्वरीचन्द्रको जिम्मामा रहेको थियो । आफुले पाएको चल अचल भाग रेवतमलले हिनामिना गरी हामी दुई भाइको सम्पत्ति खान लाग्दा पिताले श्री ५ महाराजधिराज सरकारको जुनाफमा बिन्तिपत्र चढाई हु.प्र.बक्स भई आए बमोजिम मो.बि. अपिलबाट नाबालखको चल अचल सम्पत्ति इश्वरीच