निर्णय नं. ७४९० - उत्प्रेषण मिश्रित परमादेश ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७४९० - उत्प्रेषण मिश्रित परमादेश । भाग: ४७ साल: २०६२ महिना: बैशाख अंक: १ फैसला मिति :2061/12/15 ३२०३ निर्णय नं.७४९० ने.का.प.२०६२ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत २०५५ सालको रि. नं. .....३७४५ आदेश मितिः २०६१।१२।१५।२ बिषय :– उत्प्रेषणमिश्रित परमादेश समेत । निवेदकः जिल्ला भक्तपुर चित्तपोल गा. वि. स. वडा नं. ५ घर भै हाल भूमिसुधार तथा व्यवस्था मन्त्रालयको शा.अ. पदमा कार्यरत बच्चुराम कार्की बिरुद्ध विपक्षीः लोकसेवा आयोग केन्द्रिय कार्यालय, काठमाडौं समेत § पी.एच.डी.उपाधि वापत प्रथम श्रेणीकै अंक पाउने भनी भन्न नमिल्ने । (प्रकरण नं. १३) § निवेदकले अर्थशास्त्र बिषयमा द्धितीय श्रेणीमा एम.ए. उत्तीर्ण गरेको र सो वापत अंक पाइरहेको अबस्थामा सोको सट्टा पी.एच.डी. वापत द्धितीय श्रेणीको अंक प्रदान गर्दा निजको गणितीय हिसावले विद्यमान परिस्थितिमा कुनै अन्तर नआउने अर्थात निवेदकको हकमा बढुवा समितिको र लोकसेवा आयोगको निर्णय फरक पर्ने नदेखिदा माग बमोजिमको आदेश जारी हुने अबस्था नदेखिने । (प्रकरण नं. १४) निवेदक तर्फवाटःविद्वान अधिवक्ता बद्रीबहादुर कार्की विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक र उपन्यायाधि( वक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजीरः ने.का.प. २०५१, निर्णय नं. ४८८३, पृष्ठ १८७ आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ एवं ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः– २. म निवेदक रा.प.अनं.द्धि. (प्र.) को पदमा लोकसेवा आयोगबाट भएको सिफारिस अनुसार मिति २०३५।९।४ मा नियुक्ति भै वन विभागमा मिति २०३८। २।१३ गतेसम्म काम गरी आएकोमा मिति २०३८।२।१४ देखि ना.सु. पदमा नियुक्ति भै मिति २०४४।३।३२ सम्म उक्त ना.सु. पदमा रक्षा मन्त्रालय अन्तर्गत काम गरी आएको थिएँ । तत्पश्चात शाखा अधिकृत (रा.प.तृ.प्र.) को पदमा लोकसेवा आयोगको सिफारिसमा मिति २०४४।४।१ देखि नियुक्ति भै मिति २०४४।७।७ सम्म सामान्य प्रशासन मन्त्रालयमा मिति २०४४।७।८ देखि २०५२।१२।४ सम्म रक्षा मन्त्रालयमा सरुवा भै काम गरेको र मिति २०५२।१२।५ गते देखि भू.सु. तथा व्य. मन्त्रालयमा सरुवा भै सोही मन्त्रालय अन्तर्गत रही मालपोत कार्यालय पर्सामा समेत काम गरेकोमा हाल सोही मन्त्रालयमा रही गत २६ बर्ष देखि निरन्तररुपमा लगनशीलतासाथ कार्यरत छु । मेरो शैक्षिकयोग्यताको सम्बन्धमा त्रि.वि. वाट २०३९ सालमा वि.ए., २०४२ सालमा अर्थशास्त्रमा एम.ए., २०४५ सालमा वि. एल., २०५५ सालमा वि.एड उत्तीर्ण गर्नुको साथै २०५९ सालमा भारतको वा.भी. अम्वेदकर विहार विश्वविद्यालयवाट अर्थशास्त्रमा पि.एच.डी (विद्यावारीधि) उत्तीर्ण गरी उच्च शिक्षा हासिल गरीआएको छु । मिति २०६०।८।२४ को गोरखापत्रमा प्रकाशित लोकसेवा आयोगको सूचना नं. ११२/०६०/०६१ अन्तर्गत सि. नं. ९ बढुवासूचना नं. ३०/०६०/०६१ प्रशासन, सा. प्र., रा.प. द्ध. बमोजिमको रा.प. द्धितीय श्रेणीको प्रशासन सेवाको सूचनाअनुसार मैले पनि योग्य एवं अनुभवी संभाव्य उम्मेदवारको हैसियतले पि. एच. डी. (विद्यावारिधि) लगायतका आफूले प्राप्त गरेका शैक्षिकयोग्यताका प्रमाणपत्रहरु समेत संलग्न गरी रिक्त पदको निमित्त दरखास्त फाराम भरेको थिएँ । तर मिति २०६०।१२।३ मा गोरखापत्रमा प्रकाशित सामान्य प्रशासन मन्त्रालय बढुवा समितिको सचिवालयको सूचना अनुसार सो बढुवामा मेरो नाम सिफारिस न