निर्णय नं. ८२७३ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७३ - लेनदेन भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :2066/12/15 ५४६८ निर्णय नं. ८२७३ २०६६ चैत अंङ्क १२ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ दे.पु.ई.नं. ०६६–DF–०००१ फैसला मितिः २०६६।९।९।५ मुद्दा : लेनदेन । पुनरावेदक/प्रतिवादीः जिल्ला सिरहा, लक्ष्मीपुर(प्र.म.) गा.वि.स.वडा नं. ३ बस्ने सीयाराम महतो विरुद्ध प्रत्यर्थी/वादीः जिल्ला सिरहा, सारस्वर गा.वि.स. वडा नं. ६ बस्ने पवित्रनारायण महतो § सबै अदालतमा आफैंले मुद्दा दायर गरेको अवस्थामा तथ्यहरूका बारेमा वादीमा शुरु अनभिज्ञताको स्थिति नै रहँदैन र मुद्दामा फैसला हुँदा मात्र आफू बेरुजू भएको भन्दैमा फैसलाको नक्कल लिन आफैंले निवेदन दिएपछि पनि फैसलाको जानकारी नभएको भनी पूरै अनभिज्ञताको जिकीर लिन नमिल्ने । (प्रकरण नं. ५) § हदम्याद र म्यादका पनि निश्चित सीमा हुन्छन्, यसमा अदालतले एकपक्षलाई सुविधा पुग्ने गरी व्याख्या गर्दा अर्को पक्ष अन्यायको शिकार हुन जाने संभावनातर्फ पनि अदालत सचेत रहनु पर्ने । (प्रकरण नं. ६) § फैसलाको जानकारी कुनै पनि तरिकाबाट (फैसला सुनेर वा फैसलाको नक्कल लिएर वा अदालतबाट म्याद जारी भएर) भएपछि सोही मितिबाट पुनरावेदनको म्याद प्रारम्भ हुन्छ भन्ने कुरामा विवाद उठाइन नहुने । (प्रकरण नं. ७) पुनरावेदक प्रतिवादीका तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा, श्री हरिप्रसाद उप्रेती र श्री जग्गनाथ महतो प्रत्यर्थी वादी तर्फबाटः उल्लिखित नजीरः § नेकाप २०६१, पृष्ठ २९१ नि.नं. ७३४५ § नेकाप २०५८, नि.नं. ६९७४, पृष्ठ ५४ सम्बद्ध कानूनः § अ.वं. १९३ नं. फैसला प्र.न्या.अनूपराज शर्माः पुनरावेदन अदालत राजविराजबाट भएको मिति २०५९।२।२० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी तर्फबाट पुनरावेदन परी पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलाससमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:- विपक्षीले मसँग २०४९।१।२९ गते रु. ५१,०००।– कर्जा लिई साँवा व्याज २०४९ साल असार मसान्तभित्र बुझाउने भाखा कवोल गरी कपाली तमसुक गरिदिएको र भाखामा साँवा व्याज बुझाउनु भएन, माग्दा आलटाल गरेकोले फिराद गरेको छु । प्रमाण वुझी विपक्षीबाट साँवा व्याज गरी जम्मा रु.९०,५१०।८४ दिलाई पाऊँ भन्ने समेत व्यहोराको मिति २०५६।१०।२८ को फिरादपत्र। वादी दावीको कर्जा लिई कपाली तमसुक बनाई दिएको छैन । दावीको रुपैया तिर्नुपर्ने होइन । विपक्षीले नै मबाट कर्जा लिएको नबुझाउँदा विपक्षीउपर लेनदेन मुद्दा दिई बिगो भराई लिन पाउने ठहरी भएको फैसलाअनुसार बिगो भराई दिएको मुद्दाको रिसइवीले मसँग २०५६।७।२९ मा करकाप कागज गराएकोले विपक्षीउपर फौ.नं.२५ को करकाप मुद्दा दिएको छु । दावीको सक्कल लिखत दाखिल गराई अ.वं. ७८ नं. अनुसार देखाई सुनाई पाऊँ । मैले कर्जा लिई लिखत गरिदिएको भए विपक्षीउपर दिएको लेनदेन मुद्दामा प्रतिवाद गर्नुपर्ने सो भन्न सकेको छैन । झूठ्ठा दावीबाट फुर्सद गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५६।१२।४ को प्रतिउत्तरपत्र । लिखतअनुसारको रकम लिएको छैन, स्वेच्छाले तमसुक गरिदिएको होइन, सो लिखित करकापबाट गराएको हो । साँवा व्याज बुझाउनु पर्ने हैन । २०५६।७।२९ मा म सिरहाबाट घर गइरहेको अवस्थामा ७:३० बजे साँझमा बाटोमा रोकी ५/६ जना