निर्णय नं. ७५७९ - करार ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५७९ - करार । भाग: ४७ साल: २०६२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६२/०८/३२ ४०८३ निर्णय नं.७५७९ ने.का.प.२०६२ अङ्क ८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्रीमती गौरी ढकाल सम्वत २०६२ सालको दे.पू.इ.नं. ––३५,३६ फैसला मितिः२०६२।८।२३।५ मुद्दा :– करार । पुनरावेदक/प्रतिवादीः जिल्ला झापा शनिश्चरे गा.वि.स. वडा नं. ८ बस्ने दिलबहादुर तामाङ्ग विरुद्ध प्रत्यर्थी/वादीः ऐ.गौरीगञ्ज गा.वि.स.वडा नं.६ बस्ने इन्द्रचन्द्र अग्रवालको मु.स.गर्ने दीपेन्द्रकुमार अग्रवाल पुनरावेदकरप्रतिवादीः जिल्ला इलाम फिक्कल गा.वि.स. वडा नं. ६ बस्ने अर्जुनकुमार गुरुङ्ग विरुद्ध प्रत्यर्थीरवादी जिल्ला झापा गौरीगञ्ज गा.वि.स. वडा नं. ६ बस्ने इन्द्रचन्द्र अग्रवालको मु.स. गर्ने दीपेन्द्रकुमार अग्रवाल § तत्काल लागू रहेको करार सम्बन्धी ऐन, २०२३ को दफा १८(२)(ग) मा सो ऐन अन्तर्गत बदर हुने र बदर गराउन हुने भनी लेखिएको करारको हकमा बाहेक अन्य कुनै दावीको हकमा मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन महिनाभित्र नालिस नदिए सो हदम्याद पछि नालिस लाग्ने छैन भन्ने व्यवस्था छ । प्रस्तुत करार बदर हुने वा बदर गराउन हुने करारको वर्गमा पर्ने नभई अन्य कुनै दावीको वर्गमा पर्ने हुंदा प्रस्तुत विवादका सन्दर्भमा मुद्दा गर्नुपर्ने कारण परेको मितिले ३ महिना भित्र नालिस दिनुपर्ने । § करारको व्यवस्था र शर्त बमोजिम करार भंग हुने स्थितिमा पुगेकोमा प्रचलित कानूनले तोकेको हदम्याद भित्र साधिकार निकायमा प्रवेश गरी करार बमोजिमको आफ्नो हक कायम गराउने तर्फ नलागी अन्य निकायमा हक प्रचलनको लागि गएको भन्ने दावी आफैमा कानूनसम्मत देखिंदैन । तसर्थ करारको विषयमा उजुर सुन्ने निकाय जिल्ला प्रशासन कार्यालय नभएको र अधिकारक्षेत्र वाहेकको निकायमा उजुर गर्न गएको कारवाही र गराइएको कागजले हदम्यादको सिर्जना गर्छ भन्न नमिल्ने । (प्रकरण नं.१८) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान् अधिवक्ता श्री वालकृष्ण नेउपाने प्रत्यर्थी वादी तर्फबाटः विद्वान् अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत इलामबाट २०५१।३।१३मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम प्रतिवादीको दोहोर्‍याई पाउँ भनी यस अदालतमा परेको निवेदनमा निस्सा प्रदान भै संयुक्त इजलासमा पेश हुँदा रायबाझी हुन गई सर्बोच्च अदालत नियमावली,२०४९ को नियम ३(१)(क) बमोजिम यस इजलासमा पेश भएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ :– २. म फिरादी र विपक्षीहरूका बीचमा ०४५।६।२४ को इजाजतपत्र अनुसार दिक्षा टुरिङ टाकिजको नामबाट जिल्ला इलाम फिक्कल बजारमा विपक्षीहरू अर्जुन कुमारको बाबु बमबहादुरको नाममा दर्ता रहेको जग्गामा चलचित्र प्रदर्शन गर्नको लागि मेरो हकभोगको सम्पूर्ण सिनेमा सेटका सामान ०४५ साल मार्ग मसान्त सम्म निःशुल्क र ०४५ पौष १ देखि प्रतिमहिना ७७५१।– बुझाउने शर्त गरी ०४५।६।३० गतेका दिन म फिरादी र प्रतिवादीका बीच सम्झौता भै करारनामा लेखी विपक्षीहरूले चलचित्र प्रदर्शन गर्न शुरु गर्नुभयो । विपक्षीहरूले ०४५।९।१ देखि मासिक रु.७,७५१।–भाडा दिनुपर्नेमा ०४५।११।६ मा रु.५,०००।–, ०४५।११।२५ मा रु.५,०००।– , ०४६।१।५ मा रु.५,०००।–, ०४६।२।८ मा रु.२,०००।– र ०४६।३।२४ मा रु.२,०००।– समेत जम्मा रु.१९,०००।– भाडा दिनुभएको छ । विपक्षीहरूले ०४५।९।२९ गते मेसिन खराब भयो भनी , ०४६।३।१२ मा वर्षाले पिक्चर च