निर्णय नं. ४०३४ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०३४ - अंश भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/१६ २२३९ निर्णय नं. ४०३४ ने.का.प. २०४७ (क) अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको दे.पू.इ.नं. ९२ फैसला भएको मिति: २०४६।१२।१६।५ मा निवेदक/वादी: जिल्ला कैलाली धनगढी न.पं. वा.नं. १ बस्ने भंगी राना थारु विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.न.पं. वा.नं. ११ बस्ने भंगड राना थारु मुद्दा : अंश (१) बुझिएका साक्षीहरु सबैले वादी प्रतिवादी काका भतिजा हुन् अंश पाउनु पर्ने हो भनेको छ तर सबै साक्षीहरुले पुस्तावारी खुलाई बकपत्र गर्न सकेको छैन । यसबाट सो साक्षीको बकाई विश्वसनीय मान्न नमिल्ने । (प्रकरण नं. १८) (२) वादी आफैंले प्रतिवादीको भतिजा भनी स्वीकारेको अवस्थामा ७ नं. फाराममा छोरा भनी लेखिएको कुरालाई मान्यता दिई प्रमाणमा लिन नमिल्ने स्थितिमा नाता कायम गरी अंश दिलाई पाउँ भनी वादीको निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री पीताम्बर सिलवाल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणि रिसाल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. श्री ५ महाराजाधिराज सरकारका हजुरमा सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।३।२३ मा भएको निर्णय दोहोराई पाउँ भनी भंगीराना थारुले न्यायिक समिति मार्फत चढाउनु भएको मिति २०४३।४।२६ गतेको र २०४३।५।२९ गतेको बिन्तिपत्र तथा न्यायिक समितिको मिति २०४४।२।२९ गतेको पत्र तथा संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४४।३।२ मा लेखि आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. बाजे बन्धा रानाका २ छोरा मध्ये जेठा मेरा बुबा पुन्नाराना थारु आफ्नो कालगतिले २००५ सालमा म नाबालक हुँदा नै परलोक भएका र मेरा अन्यायी काकासंग बसी आएकोमा मलाई खान लाउन नदिई अंश माग्दा अंश समेत नदिई डरधाक देखाई मिति २०३८।१०।१२ गते घरबाट समेत निकाली दिएकाले अन्यायी काका नै घरमा मुख्य मालिक हुँदा अंशबण्डाको २१, २२ र २३ नं. को प्रकृया अपनाई सम्पूर्ण सम्पत्तिको तायदाती लिई दुई अंश मध्ये एक अंश दिलाई पाउँ भन्ने फिराद । ३. वादी दावी सम्पूर्ण झुठ्ठा हो फिरादी र म एक कूल बंशको होइनांै । निजको बाबु भिखाराना हो बन्धा होइन । भिखा रानाका २ भाइ छोरा हुन् जेठा पून्ना र कान्छा झुनीराना हुन् जेठा पुन्नाका ३ छोराहरुमा जेठा हरिद्वारी माहिलो बाबुराम, कान्छो यी फिरादी भंगीराना र कान्छा झुन्नीका ५ भाइ छोरा हुन् । फिरादीले आफ्नो फिराद दावीमा देखाएका बन्धा रानाका म र मेरो भाइ लाबरी हो लाबरी पहिले नै परलोक भएकोमा निजको कुनै सन्तान छैन फिरादीले नभएको बनावटी कुरा सृजना गरी दावी लिई आएका हुन सो तर्फ पनि कुनै कुरा खुल्न आएमा छुट्टै बयान वा नालेश जो जे गर्नु पर्ने गर्दछु । फिरादी मेरो अंशियार होइन मैले अंश दिनु पर्ने होइन भन्ने प्रतिउत्तरपत्र । ४. साक्षी प्रमाण बुझ्ने कैलाली जिल्ला अदालतको आदेश । ५. मेरो बाजेको अरु पूर्खेली पुस्तेवारीको सम्बन्धमा मलाई केही थाहा छैन मेरो बाजेको मेरा बाबु पुन्नाराना एक र विपक्षी भंगडराना दुई छोरा हुन मेरो बुबा पुन्नाराना म सानोमा नै मरेकोले म र काका भंगड सगोलमा नै बसी आएका