निर्णय नं. ७५८० - अंश चलन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५८० - अंश चलन । भाग: ४७ साल: २०६२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६२/०८/०१ ६४४९ निर्णय नं.७५८० ने.का.प.२०६२ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ संवत २०५७ सालको दे.पु.नं.......६८५३ फैसला मितिः २०६२।८।१।४ मुद्दा : अंश चलन । पुनरावेदक / बादीः का.जि.पांगा बालकुमारी गा.वि.स. वडा नं. ९ को हाल किर्तिपुर न.पा. वडा नं. १२ बस्ने जुद्दकुमारी विष्ट समेत बिरुद्ध प्रत्यर्थी / प्रतिबादीः का.जि.बालकुमारी गा.वि.स. वडा नं. ९ बस्ने रामबहादुर विष्ट समेत § बादी र प्रतिबादीहरूको भोगमा रहेको सम्पत्ति समान नदेखिई अस्वभाविक अन्तरको देखिएको हुँदा भाग शान्ति लिए पाएको भन्न सकिने अवस्था नदेखिने । § यो यो पैत्रिक सम्पत्ति बादी प्रतिबादीहरूले दाखिल खारेज गरेको तथा अंशमा पाएको सम्पत्ति यो यसरी अलग अलग भोग विक्री व्यवहार गरेको भन्ने कुराको प्रतिबादी पक्षबाट कुनै प्रमाण दिन गुजार्न सकेको समेत नदेखिंदा ७ नं. फाँटवारी अलग भरेको र फिल्डवूकमा लेखिएको व्यहोराका भरमा मात्र बादी र प्रतिबादीहरू व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको मान्न नसकिने । (प्रकरण नं.२९) § पुनरावेदक बादीको तायदातीमा उल्लेखित जग्गा बादी मध्येको सिताराम विष्टले शाही नेपाली सेनामा नोकरी गर्दा शान्ती सेनामा गई आर्जन गरेको रकमबाट खरिद गरेको भन्ने जिकिर लिएकोमा प्रतिबादीपक्षबाट सो को खण्डन नआएको हुँदा सो सम्पत्ति निजको निजि आर्जनको देखिने । (प्रकरण नं.४२) पुनरावेदक वादी तर्फवाटः विद्वान् अधिवक्ता श्री नगेन्द्रकुमार राई प्रत्यर्थी प्रतिबादीका तर्फबाटः विद्वान् अधिवक्ता श्री मातृकाप्रसाद निरौला अवलम्वित नजीरः फैसला न्या.केदारप्रसाद गिरीः न्याय प्रशासन ऐन,२०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०५५।५।४ को फैसला उपर बादीहरूको यस अदालतमा मुद्दा दोहोर्‍याई पाउँ भनी पर्न आएको निबेदनमा यस अदालतवाट मिति २०५७।२।२ मा मुद्दा दोहोरयाउने निस्सा भइ पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. विपक्षीहरूका र हामी फिरादीहरूका ससुरा एवं बाजे झपटमान सिह विष्ट हनु हुन्छ । उहाँ १९९० अगाडि नै परलोक भै सक्नु भएको र वहाँका छोराहरू मध्ये जेठा तिलक विक्रम विष्ट पट्टीका विपक्षी राम बहादुर विष्ट र शम्भु भन्ने शम्भुबहादुर विष्ट हुन् । माहिला तिलक वहादुर पट्टिका अंशियार मध्ये श्रीमती जुद्दकुमारी विष्ट, छोराहरू जयराम विष्ट, शिव कुमार विष्ट र सिताराम विष्ट हौं । जेठा जयराम विष्ट २०/२२ बर्ष अगाडि देखि रोजगारको लागि भारत गएका फर्कि आएका छैनन् । हाम्रा बाजे झपटमान सिंहका कान्छा छोरा कान्छा विष्ट र बुहारी कान्छी विष्टका सन्तान छैनन् र वहाँहरूको क्रमशः २०३९ र २०५१ सालमा परलोक भै सकेको छ । विपक्षीहरूका वावा आमा एवं हाम्रा जेठाजु, जेठानी, जेठा वावा आमाको क्रमशः २००७ र २०१० सालमा परलोक भै सकेको छ । हामी फिरादीहरूका पति एवं वावा तिलक बहादुर विष्ट मिति २०२९ सालमा परलोक हुनु भएको छ । अहिले अंशियारहरू मध्येका जेठा तिलक विक्रम पट्टीका विपक्षीहरू हुन् र माहिला तिलक बहादुर तर्फका हामी फिरादीहरू हौं । विपक्षीहरूका वावा र हाम्रा वावा एवं पति २०२१ साल अगाडि देखि नै मानो छुट्टिई अलग चुल्हो गरी आ–आफ्नो कमाई गरी खाई आएको थिए । बाजे झपटमानको मृत्यूपछि जेठाजु एवं जेठा वावा तिलक बिक्रमले सम्पूर्ण अवण्डा पैतृक सम्पत्तिको रेखदेख र हेर