निर्णय नं. ८२७४ - पुनरावलोकन गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७४ - पुनरावलोकन गरिपाऊँ । भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :2066/11/06 ३५७९ निर्णय नं. ८२७४ २०६६ चैत अङ्क १२ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी पु.नि.नं.२०६५–NF–०००३ फैसला मितिः २०६६।११।६।५ विषयः– पुनरावलोकन गरिपाऊँ । निवेदक/वादीः भक्तपुर जिल्ला भ.पु.न.पा.वडा नं. १ बस्ने विष्णुप्रसाद प्रजापति विरुद्ध विपक्षी/प्रतिवादीः ऐ.ऐ. बस्ने हर्षकुमार प्रजापति मुद्दा :– लिखत पारित । शुरु निर्णय गर्ने :– मा.मु.न्या. श्री मीनबहादुर रायमाझी मा.न्या. श्री गोबिन्दकुमार श्रेष्ठ § विवादित लिखत, अदालतको फैसला र पास पूर्जीभन्दा बाहिर गई वडा नं. संशोधन गरी जग्गा पारित गर्नसक्ने अधिकार मालपोत कार्यालयलाई भएको नदेखिने । § दाबी खारेज हुने ठहरिई तह–तह भएको फैसला यस अदालतबाट सदर भै अन्तिम भै बसेको महत्त्वपूर्ण तथ्य ढाँटी परेको निवेदनको रोहबाट यस अदालतबाट पुनरावलोकनको निस्सा भएको देखिदा तथ्यको भ्रमबाट भएको निस्सा आदेशलाई बिचार गरिरहनु नपर्ने । (प्रकरण नं.६) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरूः श्री शेखरकुमार जोशी, श्री विश्वप्रकाश सिग्देल, श्री कुमुदकुमार भट्टराई र श्री बिजयप्रसाद मिश्र प्रत्यर्थीका तर्फबाटः विद्वान अधिवक्ता श्री रामलोचन झा अवलम्वित नजीरः § नेकाप २०२९ नि.नं. ६५६ पृष्ठ ३ सम्बद्ध कानूनः आदेश प्र.न्या.अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम यस अदालत संयुक्त इजलासबाट मिति २०६२।७।७ मा भएको फैसला पुनरावलोकन गरी हेरिपाऊँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट मिति २०६५।४।१३ मा पुनरावलोकन गरी हेर्ने निस्सा भै पेश हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– भ.पु.न.पा.वडा नं. १ तोलाछें बस्ने हर्षकुमार प्रजापतिले भ.पु.न.पा.वडा नं. ४(ड) कि.नं.९९ को क्षे.फ.०—१५—० जग्गा मिति २०२९।१०।२१ मा राजीनामा गरिदिएकोमा सो लिखत पारित नगरिदएकोले लिखत पारितमा मेरो फिराद परी भ.पु.जि.अ.बाट मिति २०३०।९।६ मा लिखत पारित हुने ठहरी फैसला भएकोले सो फैसलाअनुसार पास पूर्जी पाउन मिति २०३१।२।३१ मा निवेदन दर्ता गरेकोमा मा.पो.का. भक्तपुरबाट २०३८।१०।५ मा निवेदन तामेलीमा राखी दिने निर्णय भएको हुँदा उक्त तामेली मिसिल साथै राखी लिखत पारित गराई पाऊँ भन्ने समेत बिकुलाल प्रजापतिको मालपोत कार्यालय, भक्तपुरमा परेको निवेदन पत्र । निवेदकको मागअनुसार मा.पो.का. भक्तपुरबाट तामेलीमा रहेको मिसिल झिकाई हेर्दा ०२९।१०।२१ को लिखत पारित हुने ठहर्‍याई भ.पु.जि.अ.बाट ०३०।९।६ मा फैसला भएको र सो फैसलाबमोजिम ०३१।२।७ मा पास पूर्जी भै तत्कालीन भु.प्र.का.मा ०३१।२।३१ मा निवेदन दर्ता गरी सोही मितिदेखि ०३२।९।१४ सम्म तोरखमा रुजु हाजिर भै ०३२।९।२५ देखि तारेख गुजारी बसेकोबाट मा.पो.का. भक्तपुरले ०३८।१०।५ मा निवेदन तामेलीमा राख्ने निर्णय भएकोमा विकुलाल प्रजापतिको ०५४।१२।३० को निवेदनअनुसार भ.पु.जि.अ.को फैसलाअनुसार पास पूर्जी दिनुपर्ने दायित्व मालपोत कार्यालयको भएपनि उक्त लिखत पारित नगरी तारेख समेत गुजारी बसेकोमा निवेदकको निवेदन तामेलीमा राख्ने निर्णय भएकोले हाल उक्त लिखत पारित गर्न मिल्छ, मिल्दैन कानूनी परामर्शको लागि सरकारी वकील कार्यालय, भक्तपुरमा सक्कलै मिसिल पठाई राय माग गर्ने भन्ने मा.पो.का. भक्तपुरको ०५५।१।१३ को आदेशानुसार कानूनी राय माग गरिएकोमा जिल्ला सरकारी