निर्णय नं. ४०३५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०३५ - उत्प्रेषण भाग: ३२ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/१६ २७४८ निर्णय नं. ४०३५ ने.का.प. २०४७ (क) अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.पू.ई.नं. ३० आदेश भएको मिति: २०४६।१२।१६।५ मा निवेदक : हुलाश वायर इण्डष्ट्रिज प्रा.लि. विराटनगरको तर्फबाट सञ्चालक ज्ञानचन्द्र दुगड विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय विषय : उत्प्रेषण (१) सूचनालाई अर्को सूचनाले खारेज वा परिवर्तन नगरेसम्म सो बमोजिमको सुविधा पाउन सक्ने । (प्रकरण नं. ९) (२) कर सम्बन्धी विषयमा थप दायित्व लाग्ने गरी राजपत्रमा सूचना प्रकाशित गरिएको अवस्थामा जुन मितिमा राजपत्रमा सो सूचना प्रकाशित हुन्छ सोही मिति देखि क्रियाशील हुने । (प्रकरण नं. ९) (३) पाई आएको सुविधामा असर पर्ने गरी भन्सार महसूल दर बढाई भूतलक्षी हुने गरी सूचना प्रकाशित गर्ने अधिकार भन्सार ऐन, २०१९ को दफा ९ को उपदफा (१) ले श्री ५ को सरकारलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली तथा विद्वान अधिवक्ता श्री सुशिलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. प्रस्तुत रिटनिवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएकोमा तथ्य यस प्रकार छ :– २. निवेदक हुलास वायर इण्डष्ट्रिज प्रा.लि.जि. आई.वायर, एच.वि. वायर र एनील्ड उत्पादन गर्ने बहुमुखी उद्योग हो । यस उद्योगले मिति २०४२।५।९ देखि उत्पादन शुरु गरी आएको छ । यस उद्योगको लागि आवश्यक कच्चा पदार्थ एम.एस.वायर रड्स समेत औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ख)(२) अनुसार १ प्रतिशत भन्सार महसूल तिरी आयात गर्दै आएकोमा मिति २०४३।१।१५ को नेपाल राजपत्रमा प्रकाशित श्री ५ को सरकार, उद्योग मन्त्रालयको सूचनाद्वारा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ख)(२) प्रयोजनको लागि भनी एम.एस.वायरमा आधारित उद्योग समेतका लागि आवश्यक पर्ने कोरामाल, सहायक कोरामाल तथा रासायनिक पदार्थको पैठारीमा प्रचलित भन्सार महसूल लाग्ने गरी तोकियो । अर्कोतिर श्री ५ को सरकारले भन्सार ऐन, २०१९ को दफा ९(१) ले दिएको अधिकार प्रयोग गरी उक्त मिति २०४३।१।१५ को राजपत्रमा प्रकाशित उद्योग मन्त्रालयको सूचना अनुसार प्रचलित भन्सार महसूल लाग्ने गरी तोकिएको उद्योगहरुले उद्योग विभाग वा घरेलु विभागको सिफारिशमा आफ्नो उत्पादनको लागि आवश्यक पर्ने देहायका कोरामाल, सहायक कोरामाल तथा रासायनिक पदार्थ अन्य मुलुकबाट पैठारी गर्दा लाग्ने प्रचलित भन्सार दरबन्दीमा आंशिक छूट दिई देहाय बमोजिम भन्सार दरबन्दी कायम गरेको भनी संकेत नं. ७३–१०(क) कच्चा पदार्थ एम. एस. वायर रड समुन्द्र पारका मुलुकबाट आयात हुने कच्चा पदार्थमा १ प्रतिशत कायम गरियो । सो अनुसार १ प्रतिशत मात्र भन्सार लाग्ने गरी दरबन्दी तोकेको हो । भन्सार ऐन अन्तर्गत निकालिएको उक्त सूचनाले कच्चा पदार्थ एम.एस. वायर रडको पैठारीमा १ प्रतिशत मात्र भन्सार महसूल लाग्नेमा भन्सार कार्यालय रानी विराटनगरबाट १० प्रतिशत भन्सार महसूल धरौटी लिएको र श्री ५ को सरकार भन्सार विभाग समक्ष पटक पटक अनुरोध गर्दा मिति ०४३।६।१३ को पत्रद्वारा उद्योग