निर्णय नं. ४०३६ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०३६ - उत्प्रेषणयुक्त परमादेश भाग: ३२ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/१५ २४८४ निर्णय नं. ४०३६ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. ७०६ आदेश भएको मिति: २०४६।१२।१५।४ मा रिट निवेदक: जि.सुनसरी स्थित पशुपति खाद्य तेल उद्योग (प्रा.) लि.को तर्फबाट ऐ.को अधिकार प्राप्त शिवरतन शारदा विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय, काठमाडौंसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) औद्योगिक व्यवसाय ऐन अन्तर्गत सुविधा पाउने उद्योगले सोही मुताविकको आयात इजाजतपत्रबाट आफूलाई चाहिने औद्योगिक कच्चा पदार्थ आयात गरी कानुन बमोजिम पाउन सक्ने छूट सुविधा लिन सक्ने । (प्रकरण नं. १०) (२) व्यापारिक तात्पर्यका लागि निकालिएको सूचना अनुसार बोल कबोलको आधारमा लिएको आयात इजाजतपत्रबाट आयातित वस्तुलाई निवेदकको उद्योगको लागि चाहिने कच्चा पदार्थको हैसियतमा आयात भएको भन्न नमिल्ने । उक्त बोल कबोल गर्दा निवेदकको फर्मले उक्त वस्तु रोजेको सम्म भन्नु पर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. निवेदक उद्योगको लागि चाहिने औद्योगिक कच्चा पदार्थ मध्ये क्रडडिगन्स सोयाविन आयल पैठारी गर्न आयात इजाजतपत्रको लागि बोल कबोल प्रथा अन्तर्गत मिति २०४४।१२।१५ को गो.प.मा प्रकाशित वाणिज्य विभागको सूचनाको देहाय खण्ड ५ मा उल्लेखित शर्तानुसार यस उद्योगले आवेदन गरी उक्त औद्योगिक कच्चा पदार्थ बिराटनगर भन्सार कार्यालय हुँदै मिति ०४५।८।१२, १३, १४, ०४५।९।२३ र ०४५।११।१४ मा पैठारी गर्‍यो । प्रचलित नेपाल कानुन बमोजिम लाग्ने १० प्रतिशत भन्सार महसूल सदर स्याहा गर्ने गरी प्रत्यर्थी कार्यालयले असूल गरी लिनको साथै कानुनले नलाग्ने अतिरिक्त महसूल समेत २५ प्रतिशतका दरले धरौटीको रुपमा लिएर मात्र पैठारी भएको सामान जाँचपास गरी छोड्ने काम भयो । यसरी औद्योगिक कच्चा पदार्थ पैठारी भएकोमा बिक्री कर नलाग्ने भई माफी प्रज्ञापनपत्रहरुमा जनिएको छ र बिक्री कर छूट भएको औद्योगिक कच्चा पदार्थमा अतिरिक्त महसूल नलाग्ने कानुनी प्रावधान मिति २०४४।९।१३ को नेपाल राजपत्रमा प्रकाशित अर्थ मन्त्रालयको सूचना नं. २ ले प्रष्ट रुपमा गरेको छ । सो बमोजिम सुविधा दिलाई धरौटी अतिरिक्त महसूल फिर्ता पाउँ भनी श्री ५ को सरकार उद्योग विभागमा निवेदन गर्दा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा ७ को प्रयोजनार्थ गठित औद्योगिक प्रवद्र्धन समितिको बैठकको निर्णय बमोजिम यस उद्योगले बोल कबोल प्रथा अन्तर्गत पैठारी गरेको कच्चा पदार्थमा धरौटीको रुपमा लिइराखेको अतिरिक्त महसूल फिर्ता दिनु भनी सिफारिश साथ अर्थ मन्त्रालयलाई उद्योग विभागको मिति २०४५।१०।९ को निर्णयानुसार अनुरोध भई गएको थियो । साथै विभिन्न मितिको सोही विभागको निर्णयानुसार प्रत्यर्थी भन्सार विभाग समेतमा अनुरोध भएको पनि थियो । तत्पश्चात विपक्षीहरुसंग रकम फिर्ता लिन पटक पटक सम्पर्क राख्दा हाल आएर तपाईको रकम फिर्ता नहुने निर्णय भइसकेको छ भन्ने मौखिक जवाफ दिइयो र उक्त निर्णयको नक्कल लगायत कुनै पनि पत्र लिखित रुपमा दिन अस्वीकार गरियो । ३. श्र