निर्णय नं. ७५८३ - करार बमोजिम जग्गा पारित गराई पाउं ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५८३ - करार बमोजिम जग्गा पारित गराई पाउं । भाग: ४७ साल: २०६२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६२/०८/२० ४३८१ निर्णय नं.७५८३ ने.का.प.२०६२ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५८ सालको दे.पु.नं. ६९०८, ७२३८ फैसला मितिः २०६२।८।२०।२ मुद्दा :–करार बमोजिम जग्गा पारित गराई पाउं । पुनरावेदक/बादीः ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ९ बस्ने धनमाया महर्जन बिरुद्ध प्रत्यर्थी/प्रतिबादीः ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ७ बस्ने तुल्सी महर्जन समेत पुनराबेदक/प्रतिबादी ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ७ बस्ने तुल्सी महर्जन समेत बिरुद्ध प्रत्यर्थी/बादीः ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ९ बस्ने धनमाया महर्जन § प्रचलित करार सम्वन्धी ऐन, २०२३ ले करारको स्वरुप यस्तो ढांचामा हुनुपर्ने भनी किटानी व्यवस्था गरेको नपाइने । § विवादित लिखतमा कसले के, कस्तो शर्त कसरी पुरा गर्ने भन्ने सम्वन्धमा स्पष्टरुपमा उल्लेख गरी दुवैपक्षको सहमति स्वरुप ल्याप्चे सहिछाप समेत भएको देखिंदा सो लिखतमा करारको लागि आवश्यक मूलभूत तत्व समावेश भएको देखिन आएबाट लिखतलार्ई करारको लिखत मान्न मिल्ने । (प्रकरण नं.१६) § करारमा उल्लेख भएको शर्त पालन गर्नुपर्ने दायित्व करारको पक्षहरूको हुने भएकोले वादी र प्रतिविादीहरूवीच भएको करारको शर्तबमोजिम जग्गा पारितको लागि दावी लिएकोमा वादीले पारित गरिलिन नपाउने भन्न नमिल्ने । (प्रकरण नं.१७) § अदालतले जुन कुरामा दावी पर्छ उसैमा इन्साफ गर्ने हो । दावी नै नलिएको विषयमा अदालतले इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.१८) पुनरावेदक वादी तर्फवाटः विद्वान् अधिवक्ता श्री ध्रुवनाथ पन्त प्रत्यर्थी प्रतिवादी तर्फवाटः तर्फबाट विद्वान् अधिवक्ता श्री नारायणप्रसाद भट्टराई अवलम्वित नजीरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५७।१२।२९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) वमोजिम वादी प्रतिवादी दुवै पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. विपक्षीहरूको जेठा वावु जुजुमान पोपो महर्जनको नाममा दर्ता भएको ललितपुर जिल्ला हरिसिद्धी गा.वि.स. वडा नं. ७(क) कि.नं. २१२ को १–८–० जग्गामा जुजुमान पोपो महर्जन परलोक भएपछि निजको छोरा नारायण पोपो महर्जनको हक लाग्ने भएकोले उक्त जग्गा नारायण पोपो महर्जनको नाममा दर्ता भएको थियो । नारायण पोपो महर्जनलाई औषधि खर्च तथा पालनपोषण समेत गर्दा रु.५०,०००।– खर्च गरिदिए वापत सो जग्गा विपक्षीहरूको नाममा संयुक्त नामसारी भएको १५ दिन भित्र सो जग्गाको क्षेत्रफल १–८–० मध्ये पश्चिमतर्फबाट क्षेत्रफल ०–८–० जग्गा कित्ता काट गरी मलाई पास गरिदिनुपर्ने कुरामा विपक्षीहरू र म फिरादीको वीचमा मिति २०५५।२।६ मा करारनामा भएको छ । संयुक्त नामसारी दर्ता गरिलिएको १५ दिन भित्र करारनामाको शर्त वमोजिम भाखा भित्र पास नगरी दिएमा अदालतमा मुद्दा गरी पारीत गरी लिन पाउने हक करारनामामा प्रष्ट उल्लेख छ । विपक्षीहरूले मिति २०५५।६।८ मा संयुक्त नामसारी दर्ता गरी जग्गाधनी प्रमाणपूर्जा लिएको कुरा मिति २०५५।७।२९ मा नक्कल सारी लिई थाहा हुन आएकोले विपक्षीहरूलाई करार बमोजिम गरिदिन भन्दा आलटाल गरी करार वमोजिम नगरिदिएकोले करारनामा बमोजिम विपक्षीहरूको संयुक्त नामको उक्त जग्गाको क्षेत्रफल १–८–० मध्ये पश्चिम तर्फबाट ०–८–० जग्ग