निर्णय नं. ४०३८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०३८ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/०६ २२६१ निर्णय नं. ४०३८ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रि.नं. १२१२ आदेश भएको मिति: २०४६।१२।६।२ मा निवेदक : का.न.पं. वा.नं. २१ बस्ने ज्ञानमान शाक्य विरुद्ध विपक्षी : काठमाडौं न.पं. धर्मपथसमेत विषय : उत्प्रेषण (१) न.पं.को आदेशलाई कारवाही सम्बन्धी आदेश भनी मानेको अवस्थामा अ.बं. १७ नं. बमोजिम बेरीतको कारवाही भनी अञ्चल अदालतमा उजूरी निवेदन दिन सकिने हुन्छ त्यसको लागि पुनरावेदनको म्याद जारी गर्नु नपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. प्रस्तुत रिटनिवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ :– २. का.जि.टंकेश्वर ताहाचल गा.पं. वडा नं. ८ को हाल का.न.पं. वडा नं. १३ कि.नं. २२१ को क्षेत्रफल ४–१३–२ कायम भएको जग्गाको विपक्षी कृष्णमाया महर्जन मोही मात्र हुन् घर बनाई बसोवास गर्न मैले भाजुरत्नबाट २०३७।३।२८ मा खरीद गरी लिएको निज मोही कृष्णमायालाई भू.सु. ऐन, २०२१ को दफा २७(१) बमोजिम क्षतिपूर्ति दिई घरबारीको लागि मोहीबाट जग्गा झिकी पाउँ भन्ने २०३८।१।१२ मा विपक्षी काठमाडौं न.पं. मा निवेदन दिएको थिएँ । सरजमीन गरी आएपछि ज्ञानमान शाक्यले भाजुरत्नबाट जग्गा प्राप्त गरेको र मोही कृष्णमायाको सर्भे नक्शा बमोजिम पक्की घर बनाई भोग गरी आएको देखिन्छ । साविक कि.नं. ४७ मा जग्गा रोपनी ६–६–० देखिँदा ५ रोपनी सम्म घरबारीको रुपमा राख्न पाउने र मोही कृष्णमायाले घरबारीको रुपमा प्रयोग गरेको उक्त ५ रोपनीसम्म कट्टा गरी जम्मा बाँकी हुने १–६–० उत्तर पूर्वतर्फको प्रति रोपनी १ को ३ लाख कायम गरी १–६–० जग्गाको ४ खण्डको एक खण्ड वादीबाट क्षतिपूर्ति वापत धरौट राख्न लगाई पेश गर्नु भन्ने काठमाडौं न.पं. बैठकबाट ०४५।१०।३।२ मा आदेश गरेको छ । ३. घरबारीको लागि क्षतिपूर्ति दिई मोहीबाट जग्गा झिकिदिने विषय देखि बाहेक घरबारीको मोही हो वा घरबारी नभएको मोही हो भन्ने र जग्गा धनीको हो भन्ने जस्ता विषयमा निर्णय गर्न पाउने क्षेत्राधिकार प्रचलित कानुनले न.पं. लाई दिएको छैन । कि.नं. २२१ र २२२ को जग्गालाई एकै ठाउँमा जोडी ५ रोपनी जग्गा मोहीको घरबारीको ठहर्ने त्यस भन्दा बढी १–६–० जग्गा घरबारीको लागि झिक्न मिल्ने हुँदा क्षतिपूर्ति धरौट राख्न आदेश गर्न मिल्दैन । मूल्यांकन गैरकानुनी छ । घरबारीको जग्गा हो वा होइन भन्ने विवादको निर्णय गर्ने अधिकार नभएकोमा गरेको निर्णय बदरभागी छ, मैले खरीद गरेको ४–१३–२ हो । ज.ध.प्र.पूर्जामा विपक्षी कृष्णमायाको घरबारीको मोही भएको देखिँदैन । त्यसमा विपक्षीको कुनै घर छैन । मेरो निवेदन जिकिर भन्दा बाहिर गई घर कम्पाउण्डको व्याख्या गरी आदेश गरेको गैरकानुनी छ । उक्त निर्णयबाट मेरो कानुनी हक हनन् भएकोले विपक्षी प्र.पं. एवं काठमाडौं न.पं. बाट भएको २०४५।१०।३ को आदेश निर्णय र तत्सम्बन्धी कारवाहीहरु उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरी बदर गरी पाउँ भन्ने रिटनिवेदन जिकिर । ४. प्रत्यर्थीबाट लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत एक न्यायाधीशको इजालसको २०४५।११।११ को आदेश । ५. साविक कि.नं. ४७ बाट कि.का. भई २२१ र २२२ हुन आएको समेत देखिएको सा