निर्णय नं. ७५८४ - करार वमोजिमको जग्गा राजिनामा पारित गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५८४ - करार वमोजिमको जग्गा राजिनामा पारित गरिपाऊँ । भाग: ४७ साल: २०६२ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६२/०८/०९ ४९२३ निर्णय नं.७५८४ ने.का.प.२०६२ अङ्क ८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी संवत् २०५८ सालको दे.पु.नं.– ३१९९ फैसला मितिः २०६२।८।९। मुद्दाः– करार वमोजिमको जग्गा राजिनामा पारित गरिपाऊँ । पुनरावेदक / प्रतिवादी जिल्ला मकवानपुर हेटौडा नगरपालिका वडा नं.५ बस्ने शम्भुप्रसाद पुरी बिरुद्घ प्रत्यर्थी / वादीः ऐ.ऐ. बस्ने रुद्रप्रसाद अधिकारी § वादीले शुरु जिल्ला अदालतमा फिरादपत्र दिंदा करारवमोजिम जग्गा राजिनामा पारित गराई पाउँ भनि मुद्दाको नामाकरण गरेको तथा प्रकरण २ मा प्रतिवादीले जग्गा रजिष्ट्रेशन पारित नगरि दिएकोले फिराद लिई आएको भन्ने समेत उल्लेख गरेको सन्दर्भमा फिराद पत्रमा उल्लेखित कुनै एक वाक्याशंलाई मात्र उद्धरण गरी अन्य व्यहोरालाई ध्यान नदिई फिराद दावीको अर्थ गर्न कानून व्याख्याको सिद्धान्तले समेत नमिल्ने । § कुनैपनि लिखतको व्याख्या गर्दा लिखतको समग्रतालाई ध्यान दिई अर्थ तथा व्याख्या गर्नुपर्ने हुन्छ । तसर्थ लिखत रजिष्ट्रेशन गराई पाउँ भन्ने प्रस्तुत मुद्दामा लिखत रजिष्ट्रेशन गराई पाउँ भन्ने वादीको दावी नै थिएन भन्ने मान्न नमिल्ने । (प्रकरण नं.१७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने प्रत्यर्थी वादी तर्फवाटः विद्वान् अधिवक्तात्रय श्री एकराज बास्तोला, श्री हर्कबहादुर भट्टराई र आशिकराम कार्की अवलम्वित नजीरः ने.का.प.२०५०, अंक ९, नि.नं.४७९६, पृष्ठ ५५४, सम्बत २०६१ सालको दे.पु.इ.नं.३२(सरस्वती कुमारी राणा बिरुद्ध भूमिसुधार कार्यालय) आदेश न्या.राजेन्द्रकुमार भण्डारीः न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को (क) (ख) अन्तर्गत पुनरावेदन अदालत, हेटौडाको मिति २०५५।११।२७ गतेको फैसला उपर प्रतिवादीको निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ– २. अन्यायी प्रथम पक्ष र फिरादी दोश्रो पक्ष भै मिति २०५३।११।१०।६ मा लिखित करार गरेका थियौं । सो करार अनुसार बिपक्षीले निजको नाउँको जि.म.हेन.पा.वडा नं.५ को कि.नं.६२० को क्षेत्रफल ०–१–११ र ऐ.ऐ.को कि.नं.५९७ को क्षेत्रफल ०–१३–३ मध्ये पुर्व उत्तर तर्फबाट ज.बि.०–५–९ जग्गा समेत गरी जम्मा जग्गा ०–७–० जग्गाको मुल्य रु.३,५०,०००।– मबाट लिई उक्त जग्गा २०५३ साल चैत्र ३० गते भित्र रजिष्ट्रेशन गरी दिनेछु, नगरे यसै करारनामा वमोजिम गराई लिएमा मेरो मन्जुरी छ भनि करारनामा कागज गरी उक्त जग्गामा म फिरादीकै भोग चलनमा रहेकोमा बिपक्षीले उक्त जग्गा पारित गरी नदिएकोले सोबाट मलाई पर्न गएको क्षतिपुर्ति रु.८,०००।– भराई उक्त जग्गा बिपक्षीको नामबाट मेरो नाममा कित्ताकाट गरी दर्ता गरी मोठ श्रेस्ता कायम गरी शर्त अनुसार मेरो हक कायम गरिपाऊँ भन्ने व्यहोराको फिराद दावी । ३. वादी दावीको उक्त लिखत लेनदेनको कागज हो करार होइन । करार ऐन २०२३ को दफा ८(१) (झ) ले बदर भागी छ । मैले लिखतमा उल्लेखित रकम पुरै पाएको छैन करार २ प्रति हुनु पर्नेमा सो समेत नभएकोले उक्त लिखत करार नहुँदा वादी दावी खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. लिखतमा लागेको सही छाप मेरै हो । लिखत करारको होइन । लिखत वमोजिमको पुरै रकम मोल रु.१,००,०००।– लिन बाँकी नै छ । सही छाप सम्म साँचो भए पनि ७ कठ्ठा जग्ग