निर्णय नं. ४०४१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०४१ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/१२ २३३५ निर्णय नं. ४०४१ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. ७३१ आदेश भएको मिति: २०४६।१२।१२।१ मा रिट निवेदक : प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखामा कार्यरत प्र.स.नि. बसन्तकुमार लामा विरुद्ध विपक्षी : श्री ५ को सरकार गृहमन्त्रालय (प्रहरी जनसम्पर्क प्रशासन शाखा) सिंहदरबारसमेत विषय : उत्प्रेषण (१) निवेदक उपर लगाइएको आरोप तथा त्यस सम्बन्धमा दिइएको स्पष्टीकरणलाई हेरी सो स्पष्टीकरण सन्तोषजनक भए नभएको भनी निर्णय गर्ने अधिकारीले भन्न सक्ने । (प्ररकण नं. ९) रिट निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. म निवेदक २०२८।१२।१४ देखि प्रहरी सेवामा प्रवेश गरी विभिन्न ठाउँमा सेवा गर्दै २०४३ सालमा रामेछाप जिल्लाको चोप्राङ प्रहरी थानाको इन्चार्ज भई सेवारत थिएँ । सोही जिल्ला डिमी पोखरी गा.पं. अन्तर्गत गाल्फा डाँडा साप्ताहिक बजार लाग्ने ठाउँमा छेउमाया तामाङनीको रक्सीको भट्टी पसल छ । मिति २०४४।१।१ का दिन लागेको बजारमा रक्सी बिक्री बन्द गर्नुपर्‍यो भनी स्थानीय प्रशासनको निर्देशन अनुसार छेउमाया तामाङनीलाई अनुरोध गर्दा निज पसल छाडी बाहिर गई र निजकी बहिनी १४–१५ वर्षकी कान्छी तामाङनीले रक्सी पसल बन्द गर्न नमानी रक्सी बिक्री जारी नै राखेकोले बाध्य भई निजलाई सो दिन पक्राउ गरी सो दिन निजलाई कार्यालय कोठा भित्र राखी सुत्ने प्रबन्ध गरी भोलिपल्ट मिति २०४४।१।२ का दिन निज कान्छी तामाङनीको सम्बन्धी बागवीर तामाङलाई जिम्मा लगाई हिदायत दिई छाडिएको थियो । यसरी पक्राउ परेको दिन पूरा सुरक्षाका साथ राखी भोलिपल्ट जिम्मा दिई पठाएकी कान्छी तामाङनीलाई घोर वामपन्थीहरुले उचाली २०४४।१।११ मा प्र.प्र.का. मा उजूरी दिन लगाए । साथै डायरी पत्रिकामा मैले कान्छी तामाङनीलाई बलात्कार गरेको निराधार झुठ्ठा समाचार प्रकाशित गराइयो । सोही कुरालाई विवादको विषय बनाई सो ठाउँमा रहेका प्रहरी जवान र प्र.स.नि.समेतलाई बाध्य तुल्याई भए नभएका कुराहरु लेख्न लगाई जनकपुर अञ्चल प्रहरी कार्यालयले म माथि कान्छी तामाङनीलाई मैले मिति २०४४।१।१ को राती बलात्कार गरेको भनी २०४४।२।११ र २०४४।२।१४ मा स्पष्टीकरण सोधिएको । मध्यक्षेत्र प्रहरी कार्यालयले आतड्ढ र त्रास मच्चाएको तथा कान्छी तामाङनीलाई रातभर नाड्डै राखी अनुचित कार्य गरेको आदि आरोप लगाई २०४४।२।२६।३ मा स्पष्टीकरण सोधिएको तथा प्रहरी प्रधान कार्यालयबाट मिति २०४४।३।८ को पत्रबाट रातीको समयमा एक्लैले मात्र सोधपुछ गरेको, थुनुवालाई निर्दिष्ट स्थानमा नथुनेको भनी आरोप लगाई स्पष्टीकरण सोधिएकोमा मैले निर्धारित समयभित्र स्पष्टीकरण दिएपछि मिति २०४४।३।१५।२ मा पर्चा खडा गरी प.सं. २ सा २६।१ मिति २०४४।३।१५।२ को पत्रबाट मलाई एक पद घटुवा गरिएकोले चित्त नबुझी पुनरावेदन गर्दा सोही सजायँलाई कायम राख्ने गरी श्री ५ को सरकारबाट मिति २०४६।५।१२ मा निर्णय भएको व्यहोरा च.नं. २१३ मिति २०४६।५।१३ को बोधार्थ पत्रबाट जानकारी पाएकोले यो रिटनिवेदन गर्न आएको छु । ३. प्रहरी प्रधान