निर्णय नं. ४०४२ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०४२ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/१२ २३४२ निर्णय नं. ४०४२ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल २०४६ सालको रि.नं. १३६७ आदेश भएको मिति: २०४६।१२।१२।१ मा रिट निवेदक : जि.का.कारागार शाखा काठमाडौंमा थुनामा रहेको शुक्रा मुसहर विरुद्ध विपक्षी : श्री पू.क्षे.अ. समेत विषय : बन्दीप्रत्यक्षीकरण (१) निवेदक उपर चलेको दुईवटा डाँका मुद्दामा सफाई पाएको र अर्को मुद्दामा डाँका गरेको ठहरेकोले निवेदकले पहिलापटक डाँका गरेको देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोक्का प्रत्यर्थी तर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. राधाकृष्ण वस्तीको जाहेरीले श्री ५ को सरकार वादी भएको डाँका मुद्दामा पहिलो पटक पारी डाँका गरेको र अशोक पौड्यालको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा दोस्रापटक पारी डाँका गरेको ठहर गरी कानुन विपरीत १८ वर्ष कैद गर्ने निर्णय शुरु जिल्ला अदालत सुनसरीले गरेको र सोही मुताविक जिल्ला कार्यालय कारागार शाखा काठमाडौंलाई लगत कस्ने आदेश दिएको रहेछ । उक्त सुनसरी जि.अ.को फैसला उपर पू.क्षे.अ. मा पुनरावेदन गर्दा शुरु इन्साफ मनासिब ठानी पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम सयकडा दश थप कैद समेत गरेको रहेछ । मुलुकी ऐन चोरीको महलको १४(४) बमोजिम दोस्रो पटक पारी डाँका गर्नेलाई ९ वर्ष कैद र दण्ड सजायँको महलको ४१ नं. अनुसार सबैभन्दा बढी कलमको मात्र कैद गर्नुपर्छ । तर विपक्षीहरुले मेरा हकमा ती कुनै पनि कानुनी प्रावधानको वास्ता नगरी हचुवा तवरले हदैसम्मको १८ वर्ष कैद गरेका रहेछन् । दोस्रापटक गरी डाँका गरेको म निवेदकलाई ९ वर्ष मात्र कैद हुन्छ । मिति २०३६।१।१५ देखि पूर्पक्षका निम्ति थुनामा रहेको हुँदा २०४५।१।१५ मा ९ वर्ष भुक्तान भई जरिवाना बुझाएमा छुटकारा मिल्नु पर्नेमा हालसम्म गैरकानुनी थुनामा रहेको छु । सम्मानीत सर्वोच्च अदालतबाट दुखितलाल हाडी निवेदक र श्री ५ को सरकार विपक्षी भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा दोस्रापटक डाँका गरेकोमा ९ वर्ष कैद र जरिवाना बुझाई ९ वर्ष पुगेका दिन छुट्ने म निवेदकलाई जरिवाना समेत बुझाउन नपाउने गरी १८ वर्ष कैद गरेको गैरकानुनी हुँदा ९ वर्ष म्यादी कैद, ४ वर्ष जरिवाना वापतको कैद र पू.क्षे.अ.मा पुनरावेदन गरे बापत कैद थप भएको भए सो कैद जोडी जम्मा कैद १३ वर्ष १० महीना २४ दिन कैद गर्ने विपक्षीहरुका नाउँमा आदेश दिंदै जरिवाना तिरे तुरुन्तै छाडी दिनु भनी बन्दीप्रत्यक्षीकरणको आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने समेतको रिटनिवेदन । ३. यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश । ४. निवेदक शुक्रा मुसहरलाई राधाकृष्ण वस्तीको जाहेरीले वादी श्री ५ को सरकार भएको डाँका मुद्दामा पहिलापटक डाँका गरेको ठहरी यस अदालतबाट जरिवाना रु. ४,३२६।– कैद वर्ष ६ तथा अशोक पौडेलको जाहेरीले श्री ५ को सरकार भएको डाँका मुद्दामा दोस्रापटक डाँका गरेको ठहरी जरिवाना रु. १०,६४५।५० तथा कैद वर्ष ९ भएकोमा निजले यस अ