निर्णय नं. ४०४३ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०४३ - लिखत पास भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/१९ २४५१ निर्णय नं. ४०४३ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको दे.पु.नं. ७२१ फैसला भएको मिति : २०४६।१२।१९।१ मा पुनरावेदक/प्रतिवादी : जि.झापा अर्जुनधारा गा.पं.वा.नं.८ बस्ने दिलकुमारी मानन्धरसमेत विरुद्ध विपक्षी/वादी : जि.झापा शनिश्चरे गा.पं. वा.नं.२ बस्ने भगिरथ सापकोटा मुद्दा : लिखत पास (१) लिखत छुट्टै मितिको देखिएको हुँदा यस स्थितिमा अ.बं. ८५ नं. आकृष्ट हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. २१) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री यादव खरेल विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पू.क्षे.अ. को फैसलामा कानुनको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनपत्रमा प्रमाण ऐन, २०३१ को दफा २३(७) को व्याख्यात्मक त्रुटि गरेको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत संयुक्त इजलासको आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ । २. दलबहादुरले मबाट रु. १०,४००।– लिई निजका नामको जग्गा बिगहा ०–१–०२–२ त्यसमा बनेको च्यादरको छाना भएको घर एक र टिनको छाना भएको भान्छा घर समेत भोग गर्ने गरी मिति २०२४।४।१५।१ मा राजीनामा लिखत गरी दिएकोमा म्याद भित्र पास गरी नदिएकोले पास गरी पाउँ भन्ने भगिरथ सापकोटाको मिति २०२५।१।५ गतेको फिरादपत्र । ३. प्रतिवादी दलबहादुरका नामको तामेली म्यादमा निज मरेको भनी निजकी स्वास्नी दिलकुमारीले पुनः हकदारका नाममा मिति २०२५।८।१६।१ मा तामेली म्यादमा नै प्रतिउत्तरपत्र नपरी म्यादै गुजारी बसेको । ४. प्रतिवादीले म्यादै गुजारी बसेको समेतबाट वादी दावीको लिखत पास हुने ठहर्छ भन्ने समेत झापा जिल्ला अदालतको फैसला । सो फैसलामा चित्त बुझेन भनी प्रतिवादीको पुनरावेदन परी मेची अञ्चल अदालतबाट इन्साफ हुँदा तमसुकमा लगाएको सहिछाप मधुरो भई भिडाउन नसकिने भन्ने रेखा विशेषज्ञको राय समेत भएको साथै मिति २०२४।४।१५।१ को लिखतमा दलबहादुर श्रेष्ठ मिति २०२१।३।५।५ को लिखतमा दिलबहादुर मानन्धर भनी लेखिएबाट लिखत पास गरी पाउँ भन्ने दावा समेत पुग्दैन भन्ने समेत मेची अञ्चल अदालत इलामको मिति २०२८।१२।२८ गतेको फैसला । ५. मेची अञ्चल अदालत इलामको इन्साफमा चित्त बुझेन भनी पक्ष र विपक्षीले सर्वोच्च अदालतमा पुनरावेदन दिई इन्साफ हुँदा मेची अञ्चल अदालतले सद्दे कीर्ते तर्फ कारवाही गरी त्यसको आधारमा मात्र पास हुने नहुने के हो भन्ने ठहर भई फैसला गर्नु पर्नेमा ल्याप्चे सही मात्र लेखात्मक सही समेत भएको हुनाले कीर्तेतर्फ खारेज हुन्छ भन्ने अञ्चल अदालतले फैसला गरेको मिलेन । लिखततर्फ ठहर फैसला गरी साथै पास हुने नहुने कुराको पनि ठहर हुनु पर्ने अवस्था भएकोले सो बमोजिम नभएकोले मिति २०२८।१२।२८ गतेको मेची अञ्चल अदालतको फैसला बदर गरी दिएको छ । कीर्तेतर्फ र पासतर्फ दुवै थर झगडिया राखी कानुन बमोजिम फैसला गर्नु भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति २०३०।३।२९।६ मा फैसला भई निर्णय हुन मिसिल मेची अञ्चल अदालतमा प्राप्त भइसकेपछि उही व्यक्तिको नाममा यो नालेश परेको देखिँदा नालेश दायर नहुने देखिएपछि सद्दे कीर्तेतर्फ तैकात गरी रहन पर्ने अवस्था पनि देखिन आएन । यो उजूर १८० नं. बमोजिम खारेज गर्नु पर्नेमा ठहर गरेको शुरुको इन्साफ गल्ती ठहर्छ भन्ने म