निर्णय नं. ४०४४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०४४ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/०६ ३०१८ निर्णय नं. ४०४४ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.सा.नं. ७८ फैसला भएको मिति: २०४६।१२।६।२ मा वादी : वीरबहादुर बोहराको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी : वैतडी पुर्चौडी भटना गा.पं. वा.नं. २ बस्ने जयमल बोहरा मुद्दा : कर्तव्य ज्यान (१) हातले हानेको चोट पीरबाट २१ दिन नाघी मरेमा कुटपिटका महल अन्तर्गत कारवाही हुने । बन्दूक जस्तो जोखिमी हतियार प्रयोग भएकोमा मुलुकी ऐन कुटपिटको महल आकृष्ट हुने अवस्था नदेखिने । (प्रकरण नं. २६) फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. सु.प.क्षे.अ. ले साधक निकासा निमित्त जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. २०३३ मार्ग १७ गते अन्यायवाला जयमल बोहरा हातमा बन्दूक लिई अं. ४ बजेको समय भैंसे सपयो भन्ने ठाउँको घरमा पुगी मेरी श्रीमतीसंग भेट भएपछि म लेकम ननार भन्ने ठाउँमा मकै खरीद गर्ने कामले आएको हुँ, मलाई तमाखु दिनु पर्यो भनी स्वास्नीसंग भनेछ । स्वास्नीले निजलाई तमाखु खाना दिई भैंसी घर ल्याउन भनी वनतर्फ गई वनबाट गाई भैंसी घर ल्याउन लागेको बखत मेरो घरदेखि एक डेढ फर्लाड्ड टाढी पुगी मेरी श्रीमतीले केही दाउरा बाँया हातमा समाती दायाँ हातले दूदीलाका स्याउँला तोड्न तोड्न लागेका बखत अन्यायवाला जयमलले स्वास्नीको गहना लिने मुरादबाट लुकी नजिक ४, ६ गज टाढाबाट बन्दूकको गोली प्रहार गरी मेरी श्रीमतीलाई सो बन्दूकको ४ गिराफ पेटमा र १ गिराफ बायाँ पाखुरामा लागी सकेपछि मेरी स्वास्नीले लौ मारिस् भन्ना वित्तिकै अन्यायवाला जयमल सो ठाउँबाट भागी बेपत्ता भएको स्वास्नी बनुली घटनास्थलमा लडी जीवितै रहेको सली बानूक समेतले मेरो घरमा ल्याएका स्वास्नीको मुखबाट सुनी थाहा पाएकोले ज्यान मार्ने उद्योग गरेका कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वीरबहादुर बोहराको मिति २०३३।८।१९ को जाहेरी । ३. जयमल मेरो पहिले देखिको जग्गा मुद्दाको झगडिया हो हाल कुनै झैं झगडा नभई राम्रै मिलाप थियो तापनि पुरानो इवीवाला मानिस हुँदा यसको स्वास्नीलाई मारी दिए यो आफैं वितिन्छ भन्ने अभिप्रायले मेरो स्वास्नी वनुलीको ज्यान मार्ने उद्योगबाट गोली हानेको होला भन्ने समेत जाहेरवाला वीरबहादुरले मिति २०३३।८।२५ मा जिल्ला प्रहरी इलाकामा गरेको कागज । ४. मलाई गते बारको राम्ररी सम्झना छैन आज १० दिन भयो म घरैमा थिएँ । लोग्ने घरमा नभएको अवस्था समय घरमा करीब ४, ५ बजेको समयमा जयमल आई लोग्नेलाई काका कहाँ छन् भनी सोधनी गरी मैले घरमा छैन भनी बताएँ निज तमाखु खाँदै थियो म जंगलतिर भैंसी ल्याउन गएकी थिएँ । भैंसी घरतिर फर्काई मैले दाउरा भाँची हातमा अंगालोमा दाउरा र अली बुटेनबाट घरतिर खुला ठाउँमा पुगी बाटा माथि उभिई दुदीलाका स्याउला भाँच्न भन्दा अगाडि अं. १२, १४ हातबाट मलाई गोली हानेको हो । बन्दूक पड्केको आवाज साथै पेटमा पिडा हुँदा व्यहोस जस्ती भएँ । तुरन्तै होसमा आएपछि जयमल हातमा बन्दूक समाती आइरहेको थियो । म कहाँ आइरहेको अवस्था मैले मलाई मारिस् भनी हल्ला गर्दा निज भागी गएको निजले मलाई मार्ने नियतबाट गोली हानेको हो । हाल केही रिसइवी थिएन पहिलेको झगडा परेको रिसइवीको मानिस हो । बन्दूक अरु कसैलाई नताकी मलाई मात्र ताकी हानेको हो भन्ने समेत वनुलीले मिति २०३३।८।२६ मा जि.प्र.का. मा गरेको कागज । ५. वनुली भैंसी ल्याउन